अन्तिम खेलमा पाकिस्तान विजयी

काठमाडौं। पाकिस्तानले आइसिसी ट्वान्टी-२० विश्वपकपको आफ्नो अन्तिम खेलमा पाकिस्तान विजयी भएको छ ।  

फ्लोरिडास्थित सेन्ट्रल ब्रोवर्ड रिजिनल पार्क मैदानमा आइतबार पाकिस्तानले आयरल्यन्डविरुद्ध तीन विकेटको जित निकाल्यो ।

जितसँगै चार खेलमा चार अंक जोडेको पाकिस्तान समूह ‘ए’ को तेस्रो स्थानमा रह्यो । चौथो स्थानको आयरल्यान्डले समान खेलबाट एक अंक जोड्यो ।

आयरल्यान्डले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पाकिस्तानले १८.५ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले अविजित ३२, मोहम्मद रिजवान, सइम आयुव र अब्बास अफ्रिदीले समान १७ तथा शहिन शाह अफ्रिदीले अविजित १३ रन बनाए ।

आयरल्यान्डका लागि ब्यारी म्याकर्थीले तीन, कर्टिस क्याम्फरले दुई तथा मार्क आदिर र बेन ह्वाइटले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०६ रनको योगफल तयार पारेको थियो ।

आयरल्यान्डका लागि ग्यारेथ डेनालीले ३१, जोश लिटिलले अविजित २२, मार्क आदिरले १५ र कर्टिस क्याम्फरले ११ रन बनाए ।

पाकिस्तानका लागि  इमाद वासिम र शहिन शाह अफ्रिदीले समान  तीन मोहम्मद अमिरले दुई र हरिस रौफले एक विकेट लिए ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar