नेपाललाई छैटौं सफलता

काठमाडौं । कप्तान रोहित पौडेलले १२औं ओभरमा बंगलादेशका स्टार अलराउन्डर शाकिब अल हसनको विकेट लिएका छन् ।

बंगलादेशविरुद्ध एमोस भेल रंगशालामा जारी ट्वान्टी २० विश्वकपअन्तर्गतको महत्वहिन खेलमा रोहितको यो दोस्रो व्यक्तिगत विकेट हो ।

टस जितेर फिल्डिङ रोजेको नेपालले १२ ओभरको समाप्तीमा ६३ रन खर्चेर ६ विकेट लिइसकेको छ । नेपालका लागि कप्तान रोहित र तिब्र गतिका बलर सोमपाल कामीले दुई/दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । अर्को विकेट भने बंगलादेशले रनआउटको रुपमा गुमाएको थियो । ऐरीले दक्षिण अफ्रिकाविरुद्ध शनिबार एक रनले पराजित भएको खेलमा पनि तीन विकेट लिएका थिए ।

पहिलो तीनमध्ये दुई खेलमा हार भोग्नुका साथै श्रीलंकाविरुद्धको खेल वर्षाका कारण वासआउट भएपछि नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ ।

तथापि टेस्ट टोलीविरुद्ध पहिलो जित निकाल्ने उद्देश्यका साथ प्रतिष्ठाका लागि बंगलादेशविरुद्ध डटिरहेको छ ।

अमेरिकाको डालासमा पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको दूर्भाग्यजनक हार भोगेको नेपालको दोस्रो खेल अमेरिकाकै फ्लोरिडामा थियो । जहाँ वर्षाका कारण श्रीलंकाविरुद्धको उक्त खेल हुनै सकेन ।

एमोस भेल रंगशालामै शनिबार भएको तेस्रो खेलमा नेपाल अन्तिम बलमा दक्षिण अफ्रिकासँग एक रनले स्तव्ध भएको थियो । प्रतियोगितामा अगाडि बढ्नका लागि अर्थ नरहे पनि नेपाली क्रिकेटको प्रतिष्ठाका लागि यो खेल निक्कै महत्वपूर्ण छ ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar