फिल्डिङ गर्दै नेपाल, ६ ओभरमा चार विकेटको सफलता

काठमाडौं । ट्वान्टी २० विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग टस जितेर फिल्डिङ रोजेको छ ।

पहिलो तीनमध्ये दुई खेलमा हार भोग्नुका साथै श्रीलंकाविरुद्धको खेल वर्षाका कारण वासआउट भएपछि नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ ।

तथापि टेस्ट टोलीविरुद्ध पहिलो जित निकाल्ने उद्देश्यका साथ प्रतिष्ठाका लागि क्यारेबियनको एमोस भेल रंगशालामा बंगलादेशविरुद्ध डटिरहेको नेपाली टोलीले ६ ओभर सकिँदा ३१ रन खर्चेर चार विकेट लिएको छ ।

नेपालका लागि सोमपाल कामीले दुई तथा दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले एक विकेट लिएका छन् ।

अमेरिकाको डालासमा पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको दूर्भाग्यजनक हार भोगेको नेपालको दोस्रो खेल अमेरिकाकै फ्लोरिडामा थियो । जहाँ वर्षाका कारण श्रीलंकाविरुद्धको उक्त खेल हुनै सकेन ।

एमोस भेल रंगशालामै शनिबार भएको तेस्रो खेलमा नेपाल अन्तिम बलमा दक्षिण अफ्रिकासँग एक रनले स्तव्ध भएको थियो । प्रतियोगितामा अगाडि बढ्नका लागि अर्थ नरहे पनि नेपाली क्रिकेटको प्रतिष्ठाका लागि यो खेल निक्कै महत्वपूर्ण छ ।

तस्बिरमा खेलअघि नेपाली खेलाडीहरु वार्मअप गर्दैका तथा खेलदौरान विकेट लिएपछिको खुसी मनाउँदै गरेका दृष्य । तस्बिरहरुः देवेन्द्र सुवेदी, किङसटाउन

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar