अस्ट्रेलियाको जितले इङ्ल्यान्ड सुपर ८ मा

काठमाडौं । अस्ट्रेलियाले स्कटल्यान्डमाथि पाँच विकेटको जित निकालेपछि साविक विजेता इङ्ल्यान्ड आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ ।

लगातार चौथो जितसँगै समूह ‘बी’ को अस्ट्रेलिया चार खेलमा आठ अंकका साथ शीर्ष स्थानमा रह्यो । पारजित स्कटल्यान्डसँग समान पाँच अंक रहे पनि रनरेटमा अघि रहँदा इङ्ल्यान्डले दोस्रो स्थानमा रहेर अघिल्लो चरणको यात्रा तय गर्यो ।

सेन्ट लुसियास्थित डारने शामी राष्ट्रिय क्रिकेट मैदानमा आइतबार स्कटलयान्डले प्रस्तुत गरेको १८१ रनको लक्ष्य अस्ट्रेलियाले दुई बल बाँकी छँदा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले ४९ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी मार्कस स्टोइनिसले २९ बलमा नौ चौका र दुई छक्काको मद्दतले ५९, टिम डेविडले अविजित २४ र ग्लेन म्याक्सवेलले ११ रन बनाए ।

चौथो विकेटका लागि हेड र स्टोइनिसले ८० रनको साझेदारी गरे । स्कटल्यान्डका लागि मार्क वाट र स्याफन शरिफले समान दुई तथा ब्राड ह्विलले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८० रनको योगफल तयार पारेको थियो ।

स्कटल्यान्डका लागि ब्रान्डन म्याकलमले ३४ बलमा ६ छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे ।  कप्तान रिची बेरिङ्टनले ४२, ओपनर जर्ज मुन्सीले ३८ तथा म्याथु क्रसले १८ रन बनाए ।

दोस्रो विकेटका लागि म्याकलमले र मुन्सीले ८९ रनको साझेदारी गरे । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले दुई तथा एडम जाम्पा, एस्टन अगर र नाथन एलिसले समान एक विकेट लिए ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar