स्कटल्यान्डले दियो अस्ट्रेलियालाई १८१ रनको लक्ष्य

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपको सुपर ८ मा स्थान बनाउन निर्णायक खेल खेलिरहेको स्कटल्यान्डले अस्ट्रेलियालाई एक सय ८१ रनको लक्ष्य दिएको छ ।

समूह ‘बी’ को खेलमा स्कटल्यान्डले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८० रन बनाएको हो । स्कटल्यान्डको लागि ब्रान्डन म्याकलमले सर्वाधिक ६० रन बनाए ।

उनले ३४ बलमा दुई चौका र ६ छक्का प्रहार गरेका हुन् । कप्तान रिची बेरिंघटनले ४२, ओपनर जर्ज मुन्सीले ३८ तथा म्याथु क्रसले १८ रनको योगदान गरेका हुन् ।

छैटौं बलमै पहिलो विकेट गुमाएको स्कटल्यान्डको लागि मुन्सी र म्याकलमले ८९ रनको दोस्रो बलियो साझेदारी गरेका थिए । अस्ट्रेलियाका ग्लेन म्याक्स्वेलले सर्वाधिक दुई विकेट हात पारे ।

स्कटल्यान्ड आजको खेलमा अस्ट्रेलियालाई हराउँदै सुपर ८ मा पुग्ने योजनामा छ । यदि स्कटल्यान्डले यो खेल जिते साविक विजेता इङ्ल्यान्ड समूह चरणबाटै घर फर्कनेछ । 

समूह ‘बी’ अस्ट्रेलिया ६ अंकसहित सुपर ८ मा प्रवेश गरिसकेको छ । अब, पाँच अंकका इङ्ल्यान्ड र स्कटल्यान्ड मध्ये एक टोलीले अघिल्लो चरणमा प्रवेश गर्नेछन् । नामिबिया र ओमान यसअघि नै समूह चरणबाट बाहिर भइसकेका थिए । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar