मंसिर ६, २०८१ बिहीबार | १५:४०:२३
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन पिएम कप क्रिकेट

फरक संरचनामा महिला क्रिकेट, एपिएफको दबदबा कायम

काठमाडौं । नेपाल एपिएफ क्लबलाई च्याम्पियन बनाउँदै प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगिता सकिएको छ । एपिएफले अपराजित रहँदै उपाधि जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न फाइनलमा कोशी प्रदेशमाथि ११ रनको रोमाञ्चक जित निकाल्दै एपिएफ छैटौं पटक च्याम्पियन बन्न सफल भयो । एपिएफ दुई वर्षपछि पुनः यो प्रतियोगिता जित्न सफल भएको हो ।

पुस ५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना भएको प्रतियोगितामा एपिएफ, कोशीसहित सुदूरपश्चिम, बागमती, मधेश, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशले सहभागिता जनाएका थिए ।

रुविबना क्षेत्री, इन्दु बर्मा, सीता रानामगर, सुमन खतिवडा जस्ता सिनियर खेलाडीको दबदबा रहेको प्रतियोगितामा पूजा महतो, ज्योत्सनिका मरासिनी, राजमति ऐरी, ममता चौधरी, लक्ष्मी साउदजस्ता युवा खेलाडीले राम्रो छाप छाडेका छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी रुबिना क्षेत्री

कोशीको कप्तानी भूमिका रुबिना क्षेत्रीले निर्वाह गरेकी थिइन् । उनी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएकी छन् । प्रतियोगिताका १० खेलमा तीन अर्धशतकसहित ३ सय ४४ रन बनाएकी राष्ट्रिय टोलीकी पूर्वकप्तान रुबिनाले ११ विकेट पनि लिएकी थिइन् । 

गण्डकीकी ज्योत्सनिका मरासिनी उदीयमान खेलाडी घोषित भइन् । ७ खेलमा एक अर्धशतकसहित ९१ रन बनाएकी उनले ३ विकेट पनि लिएकी थिइन् ।

मधेशकी पूजा महतो उत्कृष्ट बलर चुनिइन् । पूजाले ७ खेलमा १२ विकेट लिएकी थिइन् । गण्डकी प्रदेशकी सुमन खतिवडा उत्कृष्ट ब्याटर चुनिइन् । उनले ७ खेलमा २ सय १२ रन जोडेकी थिइन् ।

यस्तो रह्यो प्रतियोगितासिंगल राउन्ड रोबिनमा खेल 

यसपटक प्रतियोगिता सिंगल राउन्ड रोबिन पद्धतिमा खेलाइएको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपल्ट यो संरचनामा प्रतियोगिता आयोजना गरेको हो । यसअघि समूहमा विभाजन गरेर खेलाइन्थ्यो । सहभागिता टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइँदा फाइनल पुग्न टोलीले पाँच खेलमात्र खेल्न पाउँथे । 

सुदूरपश्चिम प्रदेशविरुद्ध बलिङ गर्दै एपिएफकी इन्दु बर्मा

यो प्रतियोगिताले खेलाडीहरूलाई केही हदसम्म भए पनि म्याच एक्सपोजर दिएको छ । यसपटक लिग चरणबाटै बाहिरिने टोलीले पनि ७ खेल खेल्ने अवसर पाए । प्रतियोगितामा सबैभन्दा धेरै खेल कोशी प्रदेशले खेल्यो । फाइनलसम्मको यात्रा तय गरेको कोशीले १० खेल खेल्यो । विजेता नेपाल एपिएफ क्लब र दोस्रो क्वालिफायरसम्म पुगेको सुदूरपश्चिम प्रदेशले समान ९ खेल खेलेका छन् ।

कर्णाली प्रदेश जितविहीनप्रतियोगितामा सात खेल खेलको कर्णाली जितविहीन हुँदै बाहिरियो । कर्णाली जित निकाल्न नसक्ने एक्लो टोली बन्यो । कर्णालीले कोशीसँग १० विकेट, सुदूरपश्चिमसँग ८१ रन, लुम्बिनीसँग ३० रन, एपिएफसँग ९२ रन, गण्डकीसँग ४४ रन, वागमतीसँग १० विकेट र मधेशसँग ७८ रनको हार बेहोरको थियो ।

कर्णाली प्रदेश

अप्सरीको ह्याट्रिक विकेटप्रतियोगिताको एकमात्र ह्याट्रिक विकेट कोशी प्रदेशकी अप्सरी बेगमको नाममा रह्यो । अप्सरीले फाइनलमा एपिएफविरुद्ध अन्तिम ओभरमा ह्याट्रिक पूरा गरेकी थिइन् । उनले २० औं ओभरमा पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थपा र तेस्रो बलमा सोनु खड्कालाई आउट गराउँदै ह्याट्रिक विकेट पूरा गरेकी हुन् । अप्सरीले इन्दुलाई नमिता श्रेष्ठ र नेरीले विकेटकिपर काजल श्रेष्ठबाट क्याच गराउँदा सोनुलाई बोल्ड गराएकी थिइन् ।

एपिएफसँग कोशी तेस्रोपल्ट पराजितप्रतियोगितामा कोशी प्रदेश र एपिएफ तीनपटक आमनेसामने भए । तीनै खेल एपिएफले आफ्नो पक्षमा पारेको थियो । लिग चरणमा कोशीले ८ विकेटको हार बेहोरेको थियो । लिग चरणको खेलपछि एपिएफ शीर्ष र कोशी दोस्रो स्थानमा थिए । पहिलो र दोस्रो टोलीबीच पहिलो क्वालिफायरमा भिडन्त भयो, त्यसमा पनि कोशी ५२ रनले स्तब्ध बन्न पुग्यो । 

कोशीविरुद्ध ब्याटिङ गर्दै एपिएफकी कप्तान सीता रानामगर

त्यसपछि कोशीले इलिमिनेटरमा वागमतीलाई हराएर आएको सुदूरपश्चिमसँग दोस्रो क्वालिफायर खेल्यो । सुदूरपश्चिमलाई ९ विकेटले हराएको कोशीले एपिएफसँग उपाधि भिडन्त पक्का गर्यो । तेस्रो पटक पनि एपिएफसँग ११ रनले पराजित हुँदा कोशीले उपविजेतामै चित्त बुझाउनु पर्यो ।

ज्योतिको संन्यासफाइनल खेलपछि राष्ट्रिय क्रिकेट टोलीकी ओपनर ज्योति पाण्डेले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरिन् । ज्योतिले सन् २०११ देखि विभागीय टोली नेपाल एपिएफ क्लबबाट घरेलु क्रिकेट खेल्दै आएकी थिइन् । फाइनलपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदामा एपिएफले ज्योतिलाई गार्ड अफ अनरको सम्मान दिएको थियो । 

सन्यासपछि ज्योतिलाई गर्ड अफ अनरको सम्मान दिँदै एपिएफका खेलाडी 

ज्योतिले नेपालका लागि १७ वटा ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलेकी छन् । ज्योतिले सन् २०१६ मा एसिसी वुमन्स एसिया कपअन्तर्गत पाकिस्तानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय डेब्यू गरेकी थिइन् । उनले अन्तिम खेल सन् २०२३ को जुनमा मलेसियाविरुद्ध खेलेकी थिइन् ।