काठमाडौं । नेपालका प्रकाश अधिकारीले चौथो एसियाली पारा खेलकुदको ब्याडमिन्टनमा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
चीनको हाङझावस्थित बीजे जिम्न्याजियममा भएको पुरुष सिंगल्सको एसएल ४ क्याटगोरीको समूह ‘डि’ मा प्रकाशले इराकका अली अल्सादीलाई २-१ ले पराजित गरे । प्रकाश २१-१९, १९-२१, २१-१९ ले विजयी भए ।
यो पनि पढ्नुहोस्
ब्याडमिन्टनकै पुरुष सिंगल्सको एसयु ५ समूह ‘जी’ मा इन्डोनेसियाका द्वी कुर्निया ओडी लिस्टयान्टोले नेपालका हेमबहादुर गुरुङलाई २१-८, २१-१० को सोझो सेटमा पराजित गरे ।
एसियाली पारा खेलकुदको औपचारिक उद्घाटन भने अक्टोबर २२ तारिखमा हुनेछ । पारा खेलकुदमा नेपालबाट विभिन्न १० खेलमा १९ खेलाडी सहभागी छन् ।
![](https://img.youtube.com/vi/Jc6zr_-kLBU/maxresdefault.jpg)
Kheladi Talks with Ajay Phuyal - Paras Khadka
![](https://img.youtube.com/vi/Jc6zr_-kLBU/maxresdefault.jpg)
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar