मंसिर २६, २०८२ शुक्रबार | १४:४४:०७
एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने नेपालमा पहिलो पटक आयोजित उसुको ओलम्पिक सोलिडेरिटी कोर्स सम्पन्न दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रिका विजयी साफ महिला क्लब च्याम्पियनसिपः ट्रान्सपोर्टले एपिएफलाई रोक्यो विराटनगरलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र ट्रान्सपोर्टबीचको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः इस्ट बङ्गालको लगातार दोस्रो जित, कँराची पराजित शेरलाई डुप्लेसीको विकेट, विराटनगरको ब्याटिङ संकटमा पहिलो ओभरमै विराटनगरले गप्टिल र लोकेशलाई गुमायो एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने नेपालमा पहिलो पटक आयोजित उसुको ओलम्पिक सोलिडेरिटी कोर्स सम्पन्न दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रिका विजयी साफ महिला क्लब च्याम्पियनसिपः ट्रान्सपोर्टले एपिएफलाई रोक्यो विराटनगरलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र ट्रान्सपोर्टबीचको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः इस्ट बङ्गालको लगातार दोस्रो जित, कँराची पराजित शेरलाई डुप्लेसीको विकेट, विराटनगरको ब्याटिङ संकटमा पहिलो ओभरमै विराटनगरले गप्टिल र लोकेशलाई गुमायो
शनिबारको दिन

सिटिङ भलिबलका अग्ला स्टार

काठमाडौं, (खेलाडी)- उत्तरी इरानका मोर्टेजा मेहरजाद विश्वकै दोस्रो अग्ला मानिस हुन् । उनको परिचय यतिमै सीमित छैन । उनी पारा ओलम्पियन पनि हुन् ।

जब उनी हुर्कंदै थिए, आफ्नो उचाइले उनलाई पीडा दिने गर्थ्यो । उनी दिनभर घरमै बस्न रुचाउँथे । किनकि कसैसँग भेट नहोस् । कसैले गिज्याउन नपाओस् । 

हाल ३३ वर्ष पुगेका मेहरजादको उचाइ ८ फिट १ इन्च छ । अहिले आएर त्यही उचाइ मेहरजादका लागि बरदान साबित भएको छ । टोकियोमा सम्पन्न पारा ओलम्पिकमा उनले इरानको प्रतिनिधित्व गरेका छन् ।

बायाँ खुट्टा दाँयाभन्दा ६ इन्च छोटो भएका मेहरजाद इरानी पारा भलिबल टिममा छन् । पारा ओलम्पिककै भाषामा भन्दा ‘सिटिङ भलिबल’ । 

यस स्पर्धाको पुरुषतर्फको फाइनलमा आयोजक जापानलाई हराउँदै इरानले स्वर्ण पदक जित्यो । इरानले स्वर्ण जित्दा मेहरजादको भूमिका उल्लेख्य रह्यो ।

इरानले लगातार दोस्रो पटक स्वर्ण जित्दा मेहरजाद एक्लैले २८ अंक बटुलेका थिए । टिमका अरू कुनै खेलाडीले १७ अंकभन्दा बढी बटुल्न सकेनन् ।

पारा ओलम्पिक स्वर्ण जित्दा मेहरजादलाई सबैभन्दा बढी साथ उचाइले नै दियो । तर, उनको दैनिक जीवन भने उचाइकै कारण असन्तुलित छ । उनी सहजै हिँडडुल गर्न सक्दैनन् । वैशाखी वा ह्विलचियरको साथ चाहिन्छ । यद्यपि टोकियोमा भने उनी सर्वाधिक बलिया भलिबल खेलाडी बनेका थिए ।  

सिटिङ भलिबलमा खेलाडीहरू बसेर खेल्छन् । कोर्टमा हातको सहाराले यताउति गर्छन् । यो खेलको कुनै बेला सर्वाधिक बलियो टिम थियो ब्राजिल । उसको उदयमा दुई अग्ला खेलाडीको भूमिका अतुलनीय थियो । ती खेलाडी ६ फिट ७ इन्च अग्ला थिए । इरानको सफलतामा पनि अग्ला खेलाडीकै प्रदर्शन महत्वपूर्ण देखिएको छ । 

स्वर्ण विजेता बनेका मेहरजादसँग सुनाउनका लागि दुःखद खबर पनि छ । त्यो हो, उनको स्वास्थ्य । ‘पिट्युटरी ग्लान्ड’ले उत्पादन गर्ने एक प्रकारको हार्मोनका कारण उनी निरन्तर बढिरहेका छन् । उनी चाँडै नै विश्वकै सबैभन्दा अग्ला मानिस हुनेवाला छन् । हाल टर्कीका सुल्तान कोसेन विश्वकै सबैभन्दा अग्ला मानिस हुन् । उनको उचाइ ८ फिट साढे ३ इन्च छ । 

यस किसिमको मानसिक पीडाबाट मेहरजादलाई भलिबलले केही हदसम्म मुक्ति दिएको छ ।

‘उचाइ र स्वास्थ्य अवस्थाका कारण म असाध्यै तनावमा थिएँ । मलाई लाग्थ्यो, म जेलमा छु । म घरबाहिर पनि निस्किन्न थिएँ । तर सिटिङ भलिबलले मलाई राहत दिएको छ,’ मेहरजादले बेलायती अखबार दी टेलिग्राफसँग भनेका छन् ।

उनको पीडा कम गराउन हादी रेजाइले पनि सहयोग गरेका छन् । रेजाइ मेहरजादका प्रशिक्षक हुन् । मेहरजादबारे स्थानीय टेलिभिजनले रिपोर्ट प्रशारण गरेपछि रेजाइले उनलाई टिममा बोलाएका थिए ।

‘मेरो कर्तव्य भनेकै नयाँ खेलाडीको खोजी गर्नु र उनीहरूलाई मौका दिनु हो । मेरा लागि सबै खेलाडी समान छन् । कोही व्यक्तिभन्दा टिम महत्वपूर्ण हुन्छ । म यही सन्देश सबै खेलाडीलाई दिन्छु । मेहरजाद हाम्रो टिमको महत्वपूर्ण सदस्य हो । ऊ अहिलेभन्दा अझै राम्रो खेलाडी बन्न सक्छन्,’ रेजाइ भन्छन् । 

रेजाइले समग्र टिमको प्रदर्शनलाई महत्व दिए पनि यसपालिको पारा ओलम्पिकमा इरान स्वर्ण विजेता बन्दा सबैभन्दा बढी कसैको भूमिका छ भने त्यो मेहरजादकै हो ।

इरानसँग पराजित भएको जर्मनीका खेलाडीको प्रतिक्रियाले पनि यही पुष्टि गर्छ । जर्मन टिमका फ्लोरियन सिंगरले मेहरजादको स्पाइक रोक्न आफूहरूलाई हम्मेहम्मे परेको बताएका थिए । 

सामान्यतः ७ फिटभन्दा अग्ला खेलाडीहरू बास्केटबलमा हुन्छन् । तर ८ फिट कटेपछि चाहिँ जो कोही पनि समस्यामा पर्न सक्छन् ।

उचाइकै कारण मेहरजाद बेलायतका प्रायः ढोकाबाट छिर्न सक्दैनन् । न त उनी टोकियोको मेट्रो रेलमा नै यात्रा गर्न सक्छन् ।  मेहरजादले झेलिरहेका यस्ता समस्या अनगिन्ती छन् ।

तर खेलकै कारण उनी उत्साही रहिरहन्छन् । किनभने खेलले उनलाई दिएको सन्देश यही हो, ‘जीवनमा समस्यामात्रै होइन’ । 
(एजेन्सीको सहयोगमा)