आश्विन २९, २०८२ बिहीबार | २२:३२:०२
लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र
शनिबारको दिन एनभिए महिला तथा पुरुष भलिबल लिग

एनभिए लिगः एभरेस्टको दाउ लगातार उपाधि

काठमाडौं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ बुटबलको एभरेस्ट भलिबल क्लब शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा उत्रदै गर्दा लगातार उपाधि जित्ने योजनामा हुनेछ । 

नेपाली महिला भलिबलमा नयाँ महारथीको रुपमा उदाएको एभरेस्टले उपाधिका लागि बिभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्दैछ ।

नेपाल भलिबल संघ (एनभिए)ले आयोजना गरेको प्रतियोगितामा एभरेस्ट अपराजित रहँदै फाइनल पुग्यो । उसले लिग चरणको पाँचै खेल  जित्यो । १४ अंक जोड्दा १४ सेट जित्यो भने तीन सेटमा पराजित भएको छ । टोलीले ४५४ अंक जोड्दा ३२७ अंक गुमाउँदै शीर्ष स्थानमा छ ।

पुलिस र एभरेस्ट भिड्दै

दोस्रो स्थानमा ४ जित र १  हारसहित ११ अंक जोडेको पुलिस रह्यो । पुलिस एभरेस्टसँग ३-१ को सेटमा पराजित भएको थियो । पुलिसले १३ सेट जित्दा ६ सेट गुमायो । त्यसमध्ये ४४९ अंक जोड्दा ३८६ अंक विपक्षीलाई सुम्पियो ।

यसपटक एभरेस्टले पाँच खेल जित्दा सुर्या र अनुश्री समान दुई पटक प्लेयर अफ दि म्याच बनेका छन् । अरुणा एक पटक प्लेयर अफ दि म्याच भइन् । यो तथ्यले पनि एभरेस्टमा तीन खेलाडीको प्रदर्शन र भूमिका प्रष्ट पार्छ ।

९ अंक जोडेको अर्काे विभागीय टोली एपिएफ, ५ अंकको न्युडायमन्ड स्पोर्टस क्लब र अर्काे विभागीय टोली त्रिभुवन आर्मी तथा अंकको जोड्न नसकेको  कर्णाली प्रदेश भने उपाधिबाट टाढा रहे । अब, तेस्रो स्थानको लागि एपिएफ र न्यु डायमन्डबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको लागि बुटबलको स्कुलले भारतीय राष्ट्रिय महिला टोलीका तीन खेलाडी तथा नेपाल राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीलाई अनुबन्ध गरेको थियो । तीनै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि पाँचौं संस्करणबाट प्रतियोगितामा जोडिएको एभरेस्ट लगातार उपाधि नजिक पुगेको हो ।

गत चैत १० गते भएको आठौं महिला तथा पुरुष च्याम्पियनसिपको फाइनलमा एभरेस्टले नेपाल पुलिस क्लबलाई  ३-१ को सेटमा हराउँदै ऐतिहासिक उपाधि जितेको थियो । फाइलनमा पहिलो सेट एभरेष्टले २५-९१ ले जितेको थियो । दोस्रो सेटमा पुलिसले कमब्याक गर्दै २५–२२ को जित निकालेको थियो । त्यसपछिका दूई सेटमा पुलिसले २५-१८, २५-१९ को जित निकाल्दै पहिलो पटक भलिबल संघको आयोजना गर्ने प्रतियोगिता जितेको थियो ।

भलिबल एतिहासमा पहिलो पटक उपाधि जित्दा एभरेस्टले भारतकी केपी अनुश्री र सौम्यालाई अनुबन्ध गरेको थियो । यस पटक जिन्सी जोन्सन उपलब्ध भइनन् । अरुणासहित यसपटक मिना सुनार, यमकली कुँवरले राम्रो प्रदर्शन गरिरहेका छन् ।

एभरेस्टले पहिलो खेलमा कर्णाली प्रदेश, दोस्रो खेलमा आर्मी, तेस्रो खेलमा न्यु डायमन्डलाई सोझो सेटमा पराजित गरेको थियो । चौथो खेलमा एपिएफविरुद्ध पुनरागमन ३-२ तथा पुलिसविरुद्ध ३-१ को सेटमा जित निकालेको हो ।

यसपटक एभरेस्टले पाँच खेल जित्दा सुर्या र अनुश्री समान २  पटक प्लेयर अफ दि म्याच बनेका छन् । अरुणा  १ पटक प्लेयर अफ दि म्याच भइन् । यो तथ्यले पनि एभरेस्टमा तीन खेलाडीको प्रदर्शन र भूमिका प्रष्ट पार्छ । प्रशिक्षक अर्जुन घिमिरले लगातार उपाधि जित्न शनिबार पुलिसविरुद्ध खेल्ने बताउँछन् ।  

शुक्रबार खराब प्रदर्शन गर्दै ३-१ को सेटमा पराजित पुलिस फाइनलमा भने बदला लिने योजनामा छ । स्पाइकर उषा भण्डारीको लक्ष्य पनि यही छ । 

उषासँगै पुलिसमा राष्ट्रिय टोलीबाट खेलिरहेका पुनम चन्द, लिबेरो शान्तिकला तामाङ, लक्ष्मी चन्द छन् । यस्तै, मनिषा चौधरी, कोपिला राना, कमला पुनले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए पुलिस एभरेस्टविरुद्ध लगातार दुई हार बेहोरेको बदला लिन सक्छ ।

एभरेस्टले पहिलो खेलमा कर्णाली प्रदेश, दोस्रो खेलमा आर्मी, तेस्रो खेलमा न्यु डायमन्डलाई सोझो सेटमा पराजित गरेको थियो । चौथो खेलमा एपिएफविरुद्ध पुनरागमन ३-२ तथा पुलिसविरुद्ध ३-१ को सेटमा जित निकालेको हो ।

यता, पुलिसले पहिलो खेलमा आर्मीलाई ३-२ सेट, दोस्रो खेलमा न्यु डायमन्डलाई ३-१, तेस्रो खेलमा एपिएफ र चौथो खेलमा कर्णालीलाई सोझो सेटमा पराजित गरेको थियो । पाँचौ खेलमा अपराजित यात्रा टुंगिँदा एभरेस्टसँग ३-१ ले पराजित भयो ।