मानबहादुर अर्थात भलिबलका ‘रोलरकोष्टर’

काठमाडौं । मानबहादुर श्रेष्ठ नेपाली भलिबलका लागि नौलो नाम होइन ।  सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेका मानबहादुर हाल राष्ट्रिय भलिब टोलीको कप्तान हुन् ।

नेपाल भबिल संघले गत साउन १ गते विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट व्यवसायीक भलिबल खेल्दै आएका मानबहादुरलाई नेपालको १२ औं कप्तानको रूपमा नियुक्त गरेको थियो ।

एसियाली खेलकुदमा लगातार स्वर्ण जितिरहेकोे इरानसँग खेल्न पाउँदा निकै खुसी र उत्साहित थियौं । उनीहरु हामी भन्दा निकै अग्ला थिए । ६ जना बस्दा कोर्ट नै ढाकिए जस्तो लाग्थ्यो ।

मानबहादुरको कप्तानीमा नेपालको बिच भलिबल टोलीले केही महिना अगाडि बंगलादेशमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो ।

मानबहादुरको कप्तानीमा नेपालले भर्खरै सम्पन्न १९औं एसियाली खेलकुदमा सहभागिता जनायो । तर नेपालको प्रदर्शन भने राम्रो हुन सकेन ।

एसियाडमा नेपालले बहराइ र इरान दुवैसँग पराजय व्यहोरेको थियो । नेपालले बहराइनविरुद्ध १ सेट मात्र आफ्नो पक्षमा पार्न सक्यो । कप्तान मानबहादुर नेपालका लागि एसियाली खेलकुदमा सहभागिता जनाउनु नै खुसीको क्षण रहेको बताउँछन् ।

‘एसियाली खेलकुदमा खेलकुदमा सहभागिता जनाउन पाउनु नै हाम्रा लागि खुसिको क्षण हो । पछिल्लो समय महिला टोलीले राम्रो प्रदर्शन गरिरहेको हुँदा पुरुष टोलीको सहभागिता अन्योल थियो,’ मानबहादुरले भने ‘अन्तिम समयमा आएर एसियाली खेल्दै छौं भन्ने थाहा पाउँदा खुसी लागेको थियो । चीन गएर अनुभव बटुल्ने अवसर मिल्यो । यसले हाम्रो स्तर कहाँ रहेछ भन्ने पत्ता लगाउन सहज भयो ।’

महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्ध खेल दौरानको घटनालाई लिएर आर्मीका हरिहजुरलाई राष्ट्रिय टोलीको कप्तानबाट हटाइएको थियो ।

मानबहादुर स्वर्ण पदक विजेता इरानविरुद्ध खेल्न निकै गाह्रो भएको बताउँछन् । ‘एसियाली खेलकुदमा लगातार स्वर्ण जितिरहेकोे इरानसँग खेल्न पाउँदा निकै खुसी र उत्साहित थियौं । उनीहरु हामी भन्दा निकै अग्ला थिए । ६ जना बस्दा कोर्ट नै ढाकिए जस्तो लाग्थ्यो । हामी भने मान्छे नै नपुगेको हो की जस्ता लाग्ने,’ मानबहादुर इरानसँगको खेलेको अनुभव सुनाउँछन्, ‘इरानी खेलाडीको स्पाइक, सर्भिस निकै तिब्र गतिमा आउने गर्थ्याे । हामीले त्यतीको गतिमा अहिलेसम्म खेलेकै थिएनौं । उनीहरुको सर्भिस माथि फालेको देखिन्थ्यो अनि एकै चोटी नेट कटेपछि मात्र थाहा हुन्थ्यो । हामीलाई रिसिभ गर्न निकै गाह्रो भयो,’ उनले भने, ‘भलिबल पनि क्रिकेट बल आए जस्तो लाग्थ्यो । इरानसँगको खेलले धेरै कुरा सिकाएको छ । अब हामी यसलाई मनन गर्दै अगाडि बढ्ने छौं ।’

एसियाली खेलकुदअघि नेपालका तत्कालिन कप्तान हरिहजुर थापा, सदस्य धनबहादुर भट्ट र राजेन्द्र विष्ट लगायत खेलाडी कारवाहीमा परे ।

महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्ध खेल दौरानको घटनालाई लिएर आर्मीका हरिहजुरलाई राष्ट्रिय टोलीको कप्तानबाट हटाइएको थियो ।

यसैगरी धनबहादुरलाई ६ र राजेन्द्रलाई ३ महिनाको प्रतिबन्ध गरियो । हरि अधिकारीले भने टोलीमा स्थान बनाउन सकेनन् । ४ नियमित सदस्यको अनुपस्थितीले टोलीको प्रदर्शनमा केही असर परेको मानबहादुरले स्विकार गरे ।

‘राष्ट्रिय टोलीका नियमित सदस्य रहेका खेलाडी अनुपस्थित हुँदा यसले प्रदर्शनमा असर त गरि हाल्छ । नयाँ खेलाडीमा जोश जाँगर त छ तर अनुभवको कमी छ । तालमेल मिलाउन केही गाह्रो भइरहेको थियो,’ मानबहादुरले भने ।

भलिबल संघले मलाई कप्तान बनाउँदा निकै खुसी लागेको थियो । अघिल्लो दिनसम्म पनि यसबारे केही थाहा थिएन । मैले कप्तान बन्छु भनेर कल्पना नै गरेको थिइन्

मानबहादुरले आफु कप्तानमा नियुक्त भएपछि मन्दिर दर्शन गर्न पुगेको सुनाए । ‘भलिबल संघले मलाई कप्तान बनाउँदा निकै खुसी लागेको थियो । अघिल्लो दिनसम्म पनि यसबारे केही थाहा थिएन । मैले कप्तान बन्छु भनेर कल्पना नै गरेको थिइन्,’ मानबहादुरले भने, ‘नेपालको चर्चित खेलको कप्तान बन्दाको अनुभव कस्तो हुन्छ होला, टोलीलाई कसरी अगाडि बढाउने होला भन्ने जस्ता सोचले मलाई कप्तान भएको थाहा पाएको दिन निदा नै लागेन,’ मानबहादुरले आफ्नो अनुभव सुनाए, ‘लामो समय देखि टोलीसँगै रहे पनि यो मेरा लागि नयाँ अनुभव थियो । कप्तान भएपछि पशुपतिनाथ, मनकामना, तालबारही जस्ता मन्दिर दर्शन गर्न गए । यो मेरो लागि सबैभन्दा खुसीको क्षण थियो ।’

अहिलेको तयारी र लगानीले एसियाली खेलकुद जस्तो ठुला प्रतियोगितामा पदको कल्पना पनि गर्न नसकिने कप्तान मानबहादुरको बुझाइ छ ।

‘हामीलाई दक्षिण एसियाली क्षेत्रमै गाह्रो भइरहेको अवस्थामा अबको दुई चार वर्षमै एसियाली खेलकुदमा पद जित्ने कल्पना गर्न सकिँदैन । पदक नै जित्न सकिँदैन भन्ने त होइन । तर हाम्रो पालामा भने सम्भवन छैन,’ मानबहादुरले भने, ‘अबको १५-२० वर्षपछि पदक जित्ने लक्ष्य राख्ने हो भने अहिले देखि नै योजना बनाएर अघि बढ्नु पर्छ । यसमा नेपाल सरकार, खेलकुद परिषद् र भलिबल संघले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’

नेपाल सरकारले भलिबलका लागि कुनै बजेट पारित गरेको छैन । मैले वर्षौ देखि कभर्डहल बन्छ भन्ने सुन्दै आएको छु । तर, मेरो छोराले पनि खेल्नमा शंका छ ।

भलिबलमा केही सुधार भए पनि त्यो पर्याप्त नरहेको उनको बुझाइ छ । ‘भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको छ । पहिलाको अवस्थालाई हेर्दा अहिले निकै सहज भएको छ । विभिन्न प्रतियोगिताहरु भइरहेका छन् । थोरै भए पनि भलिबल संघको रोहबरमा अमेरिकामा रहेका पूर्व भलिबल खेलाडीहरुले हामीलाई मासिक भत्ता उपलब्ध गराउनु भएको छ,’ मानबहादुरले थपे, ‘ विस्तारै खेलाडीको जीवन स्तरमा सुधार आउँदैछ । तर, अन्तर्राष्ट्रिय पदक नै जित्ने हिसाबमा भने यो पर्याप्त छैन ।’

राष्ट्रिय खेल घोषणा भएर पनि राज्यको वेवास्तामा पर्दा र आफ्नै कभर्डहल नहुँदा भने मानबहादुरको दुखेसो छ । ‘राष्ट्रिय खेल भएर पनि आफ्नै कभर्डहल नहुँदा भने दुःख लाग्छ । नेपाल सरकारले भलिबलका लागि कुनै बजेट पारित गरेको छैन । मैले वर्षौ देखि कभर्डहल बन्छ भन्ने सुन्दै आएको छु । तर, मेरो छोराले पनि खेल्नमा शंका छ,’ उनले भलिबलको यथार्थ सुनाए । ‘प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा कभर्डहल भएको खण्डमा खेलाडीहरु उत्पादन हुन्छन् । वर्ष भरि खेल्ने, प्रशिक्षण गर्ने अवसर मिल्छ अनि मात्र नेपाली भलिबलको प्रगति हुन्छ ।’

मानबहादुर २०७६ मा भएको आठौं राष्ट्रिय खेलकुद नखेली जापान गएका कारण विभाग र भलिबल संघले प्रतिबन्ध लगाएको थियो । मानबाहदुरले प्रतिबन्धमा पर्दा पनि कडा मिहेनत गरेको सुनाए  ।

‘भलिबल खेलाडीहरुले मेरो खेल जीवनबाटै धेरै कुरा सिक्नु पर्छ जास्तो लाग्छ । प्रतिबन्धमा परे पनि मैले कहिल्यै पनि हरेस खाइन । २,३ वर्ष कोर्ट बाहिर बस्नु पर्दा मेरो खेल स्तर निकै खस्किएको थियो । तर, पनि दिन रात मिहेनत गरेर राष्ट्रिय टोलीमा फर्किन सफल भए,’मानबहादुर केही भावुक बने, ‘राष्ट्रिय टोलीको खेल हुँदा दर्शकको रुपमा उपस्थित हुन्थ्ये । उनीहरु बाहिरिएपछि प्रशिक्षण गथ्र्ये । यो बीचमा मैले निकै दुःख गरेको छु । त्यसैको फल स्वरुप म अहिले राष्ट्रिय टोलीको कप्तानको रुपमा छु ।’

याे पनिः

भारतमाथि ‘जिङ्क्स’ तोड्ने पाकिस्तानी प्रयास

हेपिएको खेलको उचो प्रदर्शन

बिर्सनै नसकिने हाजार्ड

एसियाली खेलकुदः जम्बो टोलीको फुच्चे प्रदर्शन


 


 

 


 

  •  


 


 

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar