चैत्र २६, २०८१ मंगलबार | ०१:५४:२८
आत्मविश्वासी रियाल लण्डनमै आर्सनललाई हराउने दाउमा न्युक्यासलको सहज जित, दबाबमा लेष्टर आरसिबीको तेस्रो जित किक बक्सिङ विश्वकपमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने सहारा क्लबलाई राज्यले सहयोग गर्नुपर्छः राखेप उपाध्यक्ष ध्रुव आचार्य दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान आत्मविश्वासी रियाल लण्डनमै आर्सनललाई हराउने दाउमा न्युक्यासलको सहज जित, दबाबमा लेष्टर आरसिबीको तेस्रो जित किक बक्सिङ विश्वकपमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने सहारा क्लबलाई राज्यले सहयोग गर्नुपर्छः राखेप उपाध्यक्ष ध्रुव आचार्य दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान
शनिबारको दिन नोभाक जोकोभिच

जोकोभिचले सक्ने छन् त ?

काठमाडौं । राफेल नाडालले औचापरिक रूपमा संन्यास लिएको पनि लामै समय भइसकेको छ । यो पुस्ताका तीन महान टेनिस खेलाडीमध्ये नाडालसँगै रोजर फेडेररले पनि खेल्न छाडेको त धेरै समय भइसकेको छ । यस्तोमा बाँकी छन् त नोभाक जोकोभिच मात्रै ।

अहिले टेनिसको चर्चा किन त ? भयो के भन्दा वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपन सुरु हुन अब धेरै दिन पनि रहेन् । मेलबर्नमा खेलिने यो प्रतियोगिता जनवरी १२ बाट सुरु हुनेछ । अहिले यसकै पृष्ठभूमिमा केही एटीपी प्रतियोगिता भइरहेका छन् ।

साँच्चै २५औं ग्रान्डस्लाम उपाधि नै जित्ने हो भने उनले मार्गरेट कोर्टको सर्वकालीन कीर्तिमानको बराबरी गर्नेछन् ।

नयाँ वर्ष र नयाँ सिजनसँगै एक खाले चर्चाले बाक्लो रूप भने लिन थालिसकेको छ । र, यो हो, के जोकोभिचले एक अर्को ग्रान्डस्लाम उपाधि जित्न सक्ने छन् त ? अझ ठ्याक्कै अस्ट्रेलियन ओपन नै । त्यो भनेको हुनेछ, यी खेलाडीले जित्ने कीर्तिमान २५ औं ग्रान्ड स्लाम ।

सुरुमै फेडेरर र नाडालको कुरा किन भन्दा यी दुई खेलाडी मात्र होइन्, जोकोभिच पनि अब पुरानो समयका खेलाडी रहेनन् । उनी आफै ३७ वर्षका भए । जोकोभिचलाई पनि अब चोटले धेरै तनाव दिन थालिसकेको छ । यसै कारणले उनको प्रदर्शन पनि पहिलो जस्तो रहेन् ।

राफेल नाडालसँग नोभाक जोकोभिच (बायाँ) । 

तर मूल कुरा उनले खेल्न भने छाडेका छैनन्, न त छाड्ने संकेत गरेका छन् । बरू उल्टै दाबी गर्छन्, आफू अझै ग्रान्डस्लाम जित्न सक्षम खेलाडी हो भनेर । साँच्चै २५औं ग्रान्डस्लाम उपाधि नै जित्ने हो भने उनले मार्गरेट कोर्टको सर्वकालीन कीर्तिमानको बराबरी गर्नेछन् ।

त्यसैले तय छ, मेलबर्नमै मात्र होइन, अब आउने पूरा सिजन विश्व टेनिसमा चर्चाको विषय हुनेछ, के जोकोभिचले एक अर्को ग्रान्ड स्लाम जित्ने छन् त ? जित्ने छैनन् भने उनले सन्यास चाहिँ कहिले लिनेछन्?

जोकोभिचले अहिले नै भनेका छन्, ‘म नयाँ सिजनका लागि उत्साहित छु । अहिले अस्ट्रेलियन ओपनकै लागि तयारी पनि गरिरहेको छु । ’ फेरि जोकोभिच मेलबर्नमा सबैभन्दा सफल खेलाडीमध्ये एक हुन्, उनले यो उपाधि १० पटक जितेको छ ।

एउटा कुरा भने तय छ, जोकोभिचले भन्दा बढी ग्रान्डस्लाम नाडाल र फेडेररले जित्न सक्ने छैनन्, किनभने उनीहरूले खेल्न छाडिसके । अब हुने भनेको खालि जोकोभिचले बढी ग्रान्ड स्लाम जित्ने नै हो । यही एक कुराले पनि उनलाई अझ राम्रो खेल्ने प्रेरित राख्नेछ ।

कार्लोस अल्कारेजसँग नोभाक जोकोभिच (बायाँ) । 
राफेल नाडालसँग नोभाक जोकोभिच (बायाँ) । 
कार्लोस अल्कारेजसँग नोभाक जोकोभिच (बायाँ) ।