चैत्र १३, २०८२ शुक्रबार | १३:३१:११
खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात
शनिबारको दिन पेरिस ओलम्पिक

तेस्रो पटक ओलम्पिक गरिरहेको पेरिस सहर

काठमाडौं । एक शताब्दीपछि विश्व खेलकुदको महाकुम्भ ओलम्पिक फ्रान्सको राजधानी पेरिस सहर फर्किएको छ ।

शुक्रबार सम्पन्न ३३औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोह निकै विशेष रह्यो । आधुनिक ओलम्पिकको इतिहासमा पहिलो पटक उद्घाटन रंगशाला बाहिर गरिएको थियो ।

उद्घाटन समारोहको कार्यक्रम फ्रान्सको सबैभन्दा प्रख्यात सेन नदीमा भएको थियो । हरेक देशका खेलाडी डुंगामा सयर गर्दै समारोहमा भाग लिएका थिए ।

हरेक देशका खेलाडीलाई फरक फरक डुंगा रहेको थियो । विश्वका १० हजार ५०० खेलाडीको सहभागिता थियो । यो कुल ६ किलोमिटरको दूरीमा चलेको थियो ।

पेरिस ओलम्पिकमा ३२ खेलका ३२० स्पर्धा समावेश गरिएको छ । जसमा सात नेपाली खेलाडीले आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । यसपटक ब्रेकडान्सिङ नयाँ खेलको रूपमा थपिएको छ ।

पेरिसले ग्रीष्मकालिन ओलम्पिकको तेस्रो पटक आयोजना गरिहेको छ । यो अवसर प्राप्त गर्ने पेरिस सहर लन्डनपछि दोस्रो हो ।

यसअघि पेरिस सहरले सन् १९०० र १९२४ को ओलम्पिक आयोजना गरेको थियो ।

पेरिस ओलम्पिक इतिहास

सन् १९००

पेरिसले सन् १९०० मा दोस्रो संस्करणको ओलम्पिक आयोजना गरेको थियो । यो ओलम्पिकमा पहिलो पटक महिला खेलाडीले सहभागिता जनाएका थिए ।  

मे १४ देखि २८ अक्टोबरसम्म भएको प्रतियोगितामा सहभागी १२ हजार २२६ मध्ये महिला खेलाडीको संख्या २२ थियो ।

२६ देश सहभागी यो ओलम्पिकमा १९ खेलका ९५ स्पर्धा समावेश गरिएको थियो । आयोजक फ्रान्स २७ स्वर्ण, ३८ रजत र ३७ कांस्य पदकसाथ शीर्षस्थानमा रह्यो । ओलम्पिकको इतिहासमा एक पटक मात्र आयातकार पदक प्रदान गरिएको छ । त्यो थियो सन् १९०० । फ्रेडरिक भर्ननले यी पदकको डिजाइन गरेका थिए। त्यतिबेला यसको निकै चर्चा भएको थियो ।  यो ओलम्पिकमा सबैभन्दा धेरै फ्रान्सबाट ७२० तथा सबैभन्दा कम भारत, इरान, रोमानिया र पेरुबाट समान १ खेलाडीले सहभागिता जनाएका थिए ।

सन् १९२४

पेरिसले सन् १९२४ मा दोस्रो पटक ओलम्पिक आयोजना गरेको थियो । जुलाई ५ देखि २७ सम्म भएको प्रतियोगितामा १९ खेलमा १२६ स्पर्धा समावेश गरिएको थियो ।

४४ देशका ३ हजार ८९ खेलाडीले सहभागिता जनाउँदा १३५ महिला खेलाडी थिए । अमेरिका ४५ स्वर्ण, २७ रजत र २७ कांस्य पदक जित्दै शीर्षस्थानमा रह्यो ।

आयोजक फ्रान्सले भने १३ स्वर्ण, १५ रजत र १० कांस्य पदकसहित तेस्रो स्थान हासिल गरेको थियो । यो ओलम्पिकमा सबैभन्दा धेरै आयोजक फ्रान्सबाट ४०१ तथा सबैभन्दा कम फिलिपिन्सबाट १ खेलाडीले सहभागिता जनाएका थिए ।