मंसिर ६, २०८१ बिहीबार | १५:२८:४१
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन बार्सिलोना

तपाई जेरार्ड पिकेलाई चिन्नुहुन्छ ?

काठमाडौँ । ‘क्युलर्स, मलाई केही भन्नु छ,’ यही नोभेम्बर महिनाको एक साँझमा जेरार्ड पिकेले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखे । यो एक वाक्यको सन्देश बार्सिलोना समर्थक (क्युलर्स) ले थाहा पाइहाले । पिकेको बार्सिलोना यात्रा अन्त्य हुँदैछ भनेर । पिकेले बार्सिलोनाका लागि १५ वर्ष खेले । जन्मिएको दिनबाटै उनी बार्सिलोनाको समर्थक बनिहाले । पूरा परिवारै बार्सिलोना समर्थक भएपछि उनीसँग अर्को विकल्प थिएन ।बार्सिलोनाका लागि ६ सय १५ खेल खेलेका पिकेको बिदाई भिडियो छोटो थियो, तर देखाउनु पर्ने कुरा जति सबै भएको । बार्सिलोनाको जर्सी लगाएका फुच्चे पिकेदेखि बार्सिलोनाका स्थापित खेलाडी पिकेसम्म । यी सबै क्षण भिडियोमा कैद थिए । भिडियोको सबैभन्दा महत्त्वपूर्ण सन्देश चाहिँ यस्तो थियो, पिकेले बिदा लिँदैछन् । कमसेकम अहिलेका लागि ।

  ‘तपाइँहरु मलाई चिन्नु हुन्छ । त्यसकारण सबैलाई थाहा छ, ढिलो चाँडो म फर्कीआउनेछु,’ पिकेले भनेका छन् । हो पिके एकदिन बार्सिलोना फर्कनेछन् । फरक भूमिकामा । सायद क्लब निर्देशक बनेर । वा अध्यक्ष नै पनि हुनसक्छन् । जे होस्, उनले बार्सिलोनामा पुनरागमन गर्नेछन् । यो चाहिँ झुटो कुरो होइन । नोभेम्बर ६, शनिबारको रात, बार्सिलोनाविरुद्ध अल्मेरिया । पिकेले क्याम्प नोउमा खेलेको अन्तिम खेल यही हो । खेल सकिएपछि पिकेले सबैसँग बिदा मागे।  भक्कानिए । आँसुसरी बने । त्यहीबेला वाचा गरे, म फर्केर आउनेछु । त्यसको तीन दिनपछि पिकेले बार्सिलोनाका लागि अन्तिम खेल खेल्ने तालिका थियो । तर ओसासुनासँगको त्यो खेलमा मैदान प्रवेश नगरी रातो कार्ड पाए । ‘फोर्थ अफिसियल’ सँग अनावश्यक विवाद गरेको भन्दै उनलाई सिधा रातो कार्ड दिइएको थियो ।संन्यास लिने पिकेको निर्णय अपेक्षित थिएन । तब त कार्लोस पुयोल छक्क परे । ‘म स्तब्ध भएको छु,’ पुयोलको प्रतिक्रिया थियो । स्तब्ध हुने सूचीमा पुयोल एक्लो थिएनन् । किनभने पिकेले संन्यास लिँदैछन् भनेर कसैलाई थाहा थिएन । कतिसम्म भने बार्सिलोनाकै कोही खेलाडीलाई पिकेले आफ्नो योजना सुनाएका थिएनन् । बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले पनि पिकेले यही समयमा संन्यास घोषणा गर्दैछन् भनेर अनुमान गर्न नसकेको बताएका छन् ।पिकेले आफूलाई मन लागेको बेला निर्णय लिए । बार्सिलोनाभित्र र बाहिर महिनौँदेखि पिकेको संन्यासको हल्ला चलिरहेको थियो । त्यसबेला पिके केही बोलेनन् । ‘अब बोल्ने पालो मेरो,’ संन्यास घोषणा गर्दा पिकेको स्वभाव यस्तो थियो ।

फुटबलमा वफादारिताको खुबै चर्चा हुन्छ । वफादारिताको परीक्षाबाट एउटा खेलाडी पटक पटक गुज्रिनु पर्छ । पिकेले यो परीक्षा निकै अगाडि पास गरेका हुन् । तर उनको लाब्धांक पत्र बार्सिलोना समर्थकले बिर्सिसके । कुनै समय पिके विश्वका उत्कृष्ट रक्षकको सूचीमा पर्थे । यो तथ्यको अब के महत्व ?

पछिल्लो समय पिकेका लागि उपयुक्त रहन सकेको थिएन, छैन । घर व्यवहार लथालिंग बनेको छ । श्रीमती शाकिरासँग उनी डिभोर्स गर्दैछन् । क्याम्प नोउमा पिकेविरुद्ध हुटिङ गर्नेको संख्या बढ्दै थियो । उनीहरु यस्तो भन्दै थिए, पिके अब बार्सिलोनाका लागि खेल्न सक्दैनन् । प्रशिक्षक जाभी हर्नान्डेजको नजरमा पिके चौथो वा पाँचौँ रोजाइका रक्षक थिए । बार्सिलोनाका प्रमुख कार्यकारी अधिकृतका लागि पिके आर्थिक भार थिए । पिके मात्र होइन बार्सिलोनालाई आर्थिक संकटमा पु¥याएको आरोप अरु खेलाडीमाथि पनि छ ।

फुटबलमा वफादारिताको खुबै चर्चा हुन्छ । वफादारिताको परीक्षाबाट एउटा खेलाडी पटक पटक गुज्रिनु पर्छ । पिकेले यो परीक्षा निकै अगाडि पास गरेका हुन् । तर उनको लाब्धांक पत्र बार्सिलोना समर्थकले बिर्सिसके । कुनै समय पिके विश्वका उत्कृष्ट रक्षकको सूचीमा पर्थे । यो तथ्यको अब के महत्व ?

पिकेलाई उनकै साथी प्रशिक्षक जाभीले समेत नयाँ क्लब खोज्न भनिसकेका थिए । जाभीलाई पिकेको जवाफ थियो, ‘बार्सिलोनामा तिमी संसारकै सर्वोत्कृष्ट रक्षक ल्याऊ । म उसँग पनि प्रतिस्पर्धा गर्न तयार छु ।’ तर यो परिस्थिति सिर्जना भएन ।

एउटा खेलाडीको लागि सबैभन्दा गाह्रो कुरा के होला ? बिदाइको सामना । पिकेको हकमा बार्सिलोनाबाट बिदाइको सन्देश करियरको अन्त्य हुने थियो । किनभने उनलाई अनुबन्ध गर्न कुनै क्लबले इच्छा देखाएका होइनन् । फेरि एक खेलाडीका लागि करियर सकिनु भनेको दरिलो आर्थिक स्रोत बन्द हुनु पनि हो । पिकेले यो कोणबाट पनि सोचेको हुनुपर्छ ।

सन् २०२० को च्याम्पियन्स लिग भिडन्तमा बार्सिलोना बायर्न म्युनिखसँग ८-२ ले हारेको थियो । त्यसबेला पिकेले भनेका थिए, यदि बार्सिलोना बलियो हुन्छ भने म टिममा आफ्नो ठाउँ छाड्न तयार छु । तर पिकेको स्थान्तरणले बार्सिलोनाको सबै समस्या समाधान हुँदैन थियो । त्यही भएर त उनी बार्सिलोनामा यो सिजनसम्म टिकेका हुन् ।

उसो त उनको खेल स्तर खस्किएकै हो । यो सिजन उनले कम खेलेका छन् । तर जति खेले, ती खेलमा उनको प्रदर्शन तारिफयोग्य रहन सकेन । इन्टर मिलानसँग बार्सिलोना बराबरीमा रोकिनुको मुख्य कारण पिके नै थिए ।पिकेले पटक पटक दोहोर्याएका हुन् बार्सिलोनाबाटै संन्यास लिने आफ्नो मनसाय । ‘जबसम्म उच्चस्तरमा खेल्न सक्छु, बार्सिलोनाबाट खेल्छु । नसकेको दिन संन्यास लिन्छु, त्यो पनि बार्सिलोनामै रहँदा,’ पिकेले गत अक्टोबरमा यसो भनेका थिए । बेन्चमा रहेर संन्यास लिने कुरा आफूलाई स्वीकार्य नहुने उनको भनाइ थियो । तर उनले भने अनुसारको किन हुनथ्यो र !

बिदाइ भिडियोमा पिकेको एउटा वाक्यले असाध्यै तान्छ । ‘बच्चा हुँदा म फुटबलर बन्न चाहन्न थिए । तर बार्सिलोनाका लागि खेल्न चाहन्थे । म किन यस्तो सोच्थे थाहा छैन । तर त्यसबेलाको मनस्थितिबारे सोचिरहेको छु,’ पिकेले भनेका छन् ।

अन्त्य कुन समय र परिस्थितिमा हुन्छ, त्यो महत्त्वपूर्ण हो । फुटबलरका लागि सामान्यतया ३५ वर्ष संन्यास लिने उमेर नै हो । तर पिकेले संन्यास लिएको परिस्थिति उनी आफैँले सिर्जना गरेका होइनन् । आफ्नो ‘लेगेसी’ माथि नै प्रश्न उठ्न थालेपछि मात्र उनले निर्णय लिएका हुन्, संन्यासको ।

पिके फुटबलर मात्र थिएनन् । खेलकुद व्यापारमा पनि उनको संलग्नता छ । विश्वक टेनिसको प्रख्यात प्रतियोगिता डेभिस कपका मालिक, बलुन विश्वकपका संस्थापक, व्यावसायिक तास खेलाडी । यी उनका अरु परिचय हुन् । सबैभन्दा जब्बर परिचय त बार्सिलोना समर्थक । कतिपय अवस्थामा उनी बार्सिलोनाका खेलाडीभन्दा बढी समर्थक झैँ देखिन्थे ।

कुरा गत साताको हो । बार्सिलोना भ्यालेन्सियासँग भिडिरहेको थियो। पिके बेन्चमा थिए । उनले खेल्ने सम्भावना थिएन । लगाएको प्याड खोल्ने प्रयासमा थिए । सकेनन् । सँगै रहेका सर्जियो बुस्क्वेट्सले पिकेको प्याड खोल्न मद्दत गरे । यो आफैँमा एउटा संकेत थियो, अब पिके आफ्नो जुत्ताको प्याड खोल्न, तुना खोल्न पनि सक्ने अवस्थामा छैनन् ।पिके सन् २००८ मा मात्र बार्सिलोना फर्किएका थिए । केही सिजन म्यानचेस्टर युनाइटेड र एक सिजन रियल जारागोजाबाट खेलेपछि मात्रै पिके बार्सिलोनालाई सिनियर टिममा स्थान दिइयो । जब मौका पाए, उनी स्थापित भए । लगातार १५ सिजन खेले । पिके फुटबलर मात्र थिएनन् । खेलकुद व्यापारमा पनि उनको संलग्नता छ । विश्वक टेनिसको प्रख्यात प्रतियोगिता डेभिस कपका मालिक, बलुन विश्वकपका संस्थापक, व्यावसायिक तास खेलाडी । यी उनका अरु परिचय हुन् । सबैभन्दा जब्बर परिचय त बार्सिलोना समर्थक । कतिपय अवस्थामा उनी बार्सिलोनाका खेलाडीभन्दा बढी समर्थक झैँ देखिन्थे ।

पिकेले बार्सिलोनामा कुल ३० उपाधि जिते । विश्वकप र युरो विजेता बने । उनी यो हदसम्म सफल हुनेछन्, भनेर कसले सोचेको थियो र ?

अन्त्यमा एउटा रोचक घटना सम्झिउँ बार्सिलोनाका तत्कालिन प्रशिक्षक लुई भान हाल पिकेको घर पुगेका थिए, उनका हजुरबुवालाई भेट्न । बात मार्दै जाँदा पिकेका हजुरबुवाले भनिदिए, मेरो नाती कुनै दिन बार्सिलोनको खेलाडी बन्नेछ । त्यसपछि, भान हाल पिकेको नजिक पुगे अनि उनलाई धकेलिदिए । 

फुच्चे पिके लडिहाले। भुइँमा लडेका पिकेको छेउमा पुगेर भान हालले भने, ‘तिमी बार्सिलोनाको डिफेन्डर बन्न सक्दैनौँ, तिमी कमजोर छौँ,’ तर कालान्तरमा भान हालको त्यो अनुमान गलत साबित भयो । किनभने पिके बार्सिलोनाको इतिहासकै सर्वोत्कृष्ट रक्षक बनेका छन् ।