मंसिर ६, २०८१ बिहीबार | १८:३८:४०
थ्री स्टारको कठिन जित नेपाललाई एकदिवसीय अभ्यास शृंखला दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित थ्री स्टारको कठिन जित नेपाललाई एकदिवसीय अभ्यास शृंखला दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित
शनिबारको दिन महिला फुटबल

पहिलो महिला फुटबल टिम: बाध्यताको उपज

नेपालमा फुटबल कहिलेबाट खेल्न सुरु गरियो ? यसको ठ्याक्कै जवाफ कोहीसँग नहुन सक्छ  । किनभने अभिलेखीकरणको मामलामा नेपाल निकै पछाडि छ  । भनिँदै आएको के हो भने राणा शासनकै बेला नेपालमा फुटबल खेल्न थालिएको हो  ।

सन् १९५१ आइपुग्दा भने नेपाली फुटबललाई व्यवस्थित बनाउन जग बसालियो । त्यो जग थियो, अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थापना । त्यसपछि नेपालले क्षेत्रीय स्तरमा हुने प्रतियोगिता खेल्न थाल्यो । जस्तै, आगा खाँ गोल्डकप फुटबल ।

नेपाली पुरुष फुटबल टिमले सन् १९७२ बाटै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो । सन् १९८२ मा भएको एसियन गेम्सचाहिँ नेपाली पुरुष टिमले खेलेको पहिलो आधिकारिक प्रतियोगिता हो ।

सन् १९७० मा फिफाको सदस्य बनेपछि भने नेपाली फुटबलले अन्तर्राष्ट्रिय मान्यता पायो । विश्व फुटबल नियामक संस्था फिफाको सदस्य बनेको दुई वर्षपछि नेपाल एसियाली फुटबल संघ (एएफसी)सँग पनि जोडियो ।

नेपाली पुरुष फुटबल टिमले सन् १९७२ बाटै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो । सन् १९८२ मा भएको एसियन गेम्सचाहिँ नेपाली पुरुष टिमले खेलेको पहिलो आधिकारिक प्रतियोगिता हो ।

पुरुष टिमले पहिलो पटक आधिकारिक प्रतियोगिता खेलेको चार वर्षपछि महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा पाइला राखेको हो । एकहिसाबमा भन्ने हो भने नेपाली महिला टिमले कुनै पनि विदेशी राष्ट्रिय टिमसँग पहिलो पटक खेलेको पनि त्यही बेला हो ।

प्रतियोगिता थियो एएफसी वुमेन्स एसियन कप १९८६ । आयोजक थियो हङकङ । संयोगवश हङकङले नै सन् १९७५ मा पहिलो संस्करणको वुमेन्स एसियन कप आयोजना गरेको थियो । अब अर्को संयोग, पुरुषतर्फको महादेशीय प्रतियोगिताको पहिलो संस्करण खेलाउने देश पनि हङकङ नै हो ।

नेपालले वुमेन्स एसियन कपमा किन भाग लियो त ? यसको जवाफ आउनसक्छ, महिला फुटबलको विकास गर्न । खास कारण यो थिएन । बरू फिफाको चेतावनीचाहिँ असली कारण थियो ।

फिफाले त्यतिबेला आफ्ना सदस्य देशलाई फुटबल विकासका लागि भन्दै ‘फन्ड’ दिने गर्थ्यो । जुन अहिले पनि जारी छ । त्यतिबेला फिफाले सबै देशलाई उर्दी जारी गर्यो, महिला टिम नबनाउने हो भने ‘फन्ड’को आस नगर्नु ।

अब एन्फा दबाबमा पर्यो । कमल थापाको नेतृत्वमा रहेको एन्फाले त्यसबेलासम्म महिला फुटबल टिम बनाउने विषय सोचेकै थिएन । सोच बनाओस् पनि कसरी ? जबकि समाज नै महिलाप्रति उदार थिएन । महिलालाई खेलमा, त्यो पनि फुटबलमा लाग्न किन सजिलो हुन्थ्यो र ?

बरू भलिबलमा चाहिँ महिलाहरू आउन थालिसकेका थिए । रमा सिंह पनि भलिबल खेल्थिन् ।पद्मकन्या क्याम्पसमा पढ्दै गरेकी उनी आफ्नो बेलाकी राम्रो भलिबल खेलाडी थिइन् ।

अब ‘फन्ड’कै लागि भए पनि महिला टिम बनाउने र अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल गराउनुपर्ने भयो । त्यतिबेला महिला फुटबल छँदै थिएनभन्दा पनि हुन्छ । खेलाडी नै नभएपछि कसरी टिम निर्माण गर्ने ? जबकि कोही महिलाले फुटबल नै खेलेको देखिँदैनथ्यो ।

बरू भलिबलमा चाहिँ महिलाहरू आउन थालिसकेका थिए । रमा सिंह पनि भलिबल खेल्थिन् ।पद्मकन्या क्याम्पसमा पढ्दै गरेकी उनी आफ्नो बेलाकी राम्रो भलिबल खेलाडी थिइन् ।

अब कमल थापाले जुक्ति लगाए, यिनै महिला भलिबल खेलाडीलाई फुटबलतिर सार्ने । त्यसकारण रमा र उनका साथीलाई कमल थापाले ट्रायलमा बोलाए । अझभन्दा ट्रायलमा आउन अनुरोध गरे । दशरथ रंगशालामा भएको त्यो ट्रायलमा काठमाडौंका अरू महिला खेलाडी पनि उपस्थित थिए ।

अब जसोतसो काठमाडौंमा त टिम बन्यो । तर एउटा टिमले मात्रै त देशको महिला फुटबल धान्ने कुरा आएन । त्यही टिमसँग खेल्न अर्को टिम पनि चाहियो । यसकारण अरू टिम कता बनाउने भनेर छलफल चल्यो । त्यहीबीचमा अर्को जुक्ति लगाइयो, पोखरा र धरानमा पनि टिम बनाउने ।

पोखरा र धरान नै किन रोजियो ? यसको कारण रोचक छ । यी दुवै लाहुरेका सहर । अरू ठाउँमा भन्दा पोखरा र धरानका महिला टाठाबाठा हुन्छन् भन्ने अनुमान थियो । अनि त्यतिबेला उनीहरू विदेशबाट फर्किएकाले फुटबलमा चासो होला भन्ने आस थियो ।

अब टिमको संख्या तीन भयो । दशरथ रंगशालामा तीन टिम आपसमा भिड्ने भए । महिला फुटबल भनेपछि दशरथ रंगशाला खचाखच भयो । दशरथ रंशगालाबाहिर पनि उत्तिकै घुइँचो । यही खेलहरूबाट राष्ट्रिय टिमको गठन भयो । कप्तान चुनिइन् उनै रमा सिंह ।

‘हामी खेलाडीमै आत्मविश्वास थिएन । एन्फाले पनि बाध्यात्मक स्थिति आएको भएर मात्र हामीलाई खेल्न पठाएको थियो । सबैलाई थाहा थियो हामी त्यहाँ कुनै खेल जित्न सक्दैनौँ,’ विगत सम्झिन्छन् तत्कालीन कप्तान रमा ।

महिला राष्ट्रिय टिमका लागि पहिलो अन्तर्राष्ट्रिय खेल दार्जिलिङ एघारविरुद्ध थियो । यो टिमसँग नेपाली टिमले दुई खेल खेल्यो । यी दुई खेल वुमेन्स एसियन कपका लागि तयारी थियो ।

तयारी धेरै हिसाबले फितलो रह्यो । मुख्य कुरा त टिम निर्माणको जग नै कमजोर थियो । अर्को कुरा दशरथ रंगशालाको अवस्था । खराब स्थितिमा रहेको मैदानमा अभ्यास गरेर हङकङ पुगेको नेपाली टिम आत्मविश्वासी थिएन ।

‘हामी खेलाडीमै आत्मविश्वास थिएन । एन्फाले पनि बाध्यात्मक स्थिति आएको भएर मात्र हामीलाई खेल्न पठाएको थियो । सबैलाई थाहा थियो हामी त्यहाँ कुनै खेल जित्न सक्दैनौँ,’ विगत सम्झिन्छन् तत्कालीन कप्तान रमा ।

नेपालले पहिलो खेलमा हङकङको सामना ग¥यो । १–० ले पराजित भयो । दोस्रो खेल थाइल्यान्डसँग थियो भने तेस्रो खेल इन्डोनेसियाविरुद्ध । यी दुई खेलमा नेपालले ११ गोल खायो । तीन खेलमा खाएको कुल गोल पुग्यो १२ ।

पहिलो नेपाली महिला टिमकी कप्तान रमा अहिले पनि त्यो खेल सम्झिन्छन्, ‘हामीलाई हङकङको मैदान अर्कै लाग्यो, दौडिँदा पनि लच्केको जस्तो । जब कि काठमाडौंमा हामीले अभ्यास गरेको मैदान असाध्यै साह्रो (हार्ड) थियो । खासमा भन्ने हो भने हामी हङकङका दौडिनै सकेनौं । प्रतिस्पर्धा गर्नुको त परको कुरा ।’

कतिसम्म भने नेपाली टिमका खेलाडीलाई जुत्तासमेत अन्तिम क्षणमा दिइएको थियो । कतिलाई ती जुत्ता ठीक पनि भएन । कतिले त स्पोर्ट्स जुत्ता लगाएरै वुमेन्स एसियन कप खेले ।

पहिलो नेपाली टिम १२ गोल खाएर नेपाल फर्किएपछि खिस्सी उडाउनेको संख्या धेरै थियो । त्रिभुवन विमानस्थलमा पत्रकारले समेत १२ गोल कसरी खाइयो भनेर सोधे । केही समयपछि आफैं पनि पत्रकार बनेकी रमालाई ती प्रश्नले खिन्न नबनाउने कुरै भएन ।

‘हामीलाई अभ्यासका लागि बल पनि पर्याप्त दिइएको थिएन । एउटा बल फुटे अर्को बल आउन कयौं दिन लाग्थ्यो । बल नभएपछि हामीले कसरी अभ्यास गर्ने ? दौडेर दिन बिताउँथ्यौं,’ रमा पुराना दिन सम्झिन्छन् ।

‘तयारी कस्तो थियो, सुविधा के थिए, पर्याप्त अभ्यास गरियो कि गरिएन आदि प्रश्न सोध्नुपर्ने, उल्टै खिस्सी पो उडाइयो,’ रमा सुनाउँछिन् । त्यसबेला फिफाको ‘फन्ड’ पाइराख्न मात्रै नेपालले महिला टिम पठाएको तथ्य बिर्सिए । महिला टिमको निर्माण नै औपचारिकतामा सीमित थियो ।

एन्फाले महिला टिम र महिला फुटबललाई प्राथमिकतामा राखेकै थिएन भनेर बुझ्न त्यसबेलाको अभ्यास सम्झिए पुग्छ ।

‘हामीलाई अभ्यासका लागि बल पनि पर्याप्त दिइएको थिएन । एउटा बल फुटे अर्को बल आउन कयौं दिन लाग्थ्यो । बल नभएपछि हामीले कसरी अभ्यास गर्ने ? दौडेर दिन बिताउँथ्यौं,’ रमा पुराना दिन सम्झिन्छन् ।