मंसिर ६, २०८१ बिहीबार | १५:४१:२४
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन एर्लिङ हल्यान्ड

एर्लिङ हाल्यान्ड उदयको नालीबेली

हाल्यान्ड परिवारमा एर्लिङ एक्लो स्टार होइनन् । उनका बुवा एल्फीले नर्वेको राष्ट्रिय फुटबल टिमबाट करिब ६ वर्ष खेलेका थिए । उनकी आमा मारिता हेप्टाथलनकी राष्ट्रिय च्याम्पियन थिइन् । एर्लिङ हालान्ड खेलकुदीय वातावरणमै हुर्किए । यसो भएपछि उनमा खेलकुदप्रतिको रुचि स्वतः जागृत हुने नै भयो  । करियरका रूपमा भने उनले बुवाले खेलेको खेललाई छाने ।

हालान्ड परिवारका कान्छा सन्तान हुन् एर्लिङ । सानैबाट उनी दाजु एस्टार र दिदी गाब्रियलसँग फुटबल खेल्थे । आफूभन्दा ठूलासँग खेल्दा जो कोही बालकलाई पनि सजिलो हुँदैन । यसकारण एर्लिङका लागि दाजु र दिदीविरुद्ध खेल्न शारीरिक रूपमा कठिन थियो । फलतः उनले स्किलको सहयोग लिनुपथ्र्यो । यो उनका लागि आफूलाई कौशलले निपुण खेलाडी बनाउने अभियानको सुरुआती बिन्दु थियो ।

हुर्कंदै गर्दा हाल्यान्ड फुटबलमा मात्रै सीमित थिएनन् । उसो त अरूतिर जस्तै नर्वेमा पनि बालबालिका एकभन्दा बढी खेलमा रमाउँथे । हाल्यान्डले पनि फुटबलबाहेक अरू पनि खेल खेले । कालान्तरमा यसले हाल्यान्डलाई सहयोग पुर्याएको विश्वास गरिन्छ । खेलकुद विज्ञानमा गरिएका कयौं शोधले के देखाएको छ भने सानो छँदा एकभन्दा बढी खेल खेलेका खेलाडीले पछि गएर आफ्नो करियरमा राम्रो गरेका छन् । बेलायतमा विभिन्न खेलमा च्याम्पियन बनेकाहरूमाथि शोध गर्दा उनीहरूले किशोरावस्था वा त्योभन्दा अगाडि एकभन्दा बढी खेल खेल्ने गरेको पाइएको थियो ।

हाल्यान्ड तीन वर्षको हुँदा उनको परिवार ब्रायन नाम गरेको सानो नगरमा सरेको थियो । जहाँको जनसंख्या मुस्किलले १२ हजार थियो । नर्वेको दक्षिण पश्चिमी तटमा रहेको यो नगरमा बालबालिकाका लागि खेल्ने ठाउँ प्रशस्त थियो । त्यहाँ हुर्किंदै गर्दा हाल्यान्डले विभिन्न खेल खेले । ‘म ह्यान्डबल पनि खेल्थें । म त्यतिबेला सायद ९ वर्षको थिएँ । ह्यान्डबलबाहेक म ट्र्याक एन्ड फिल्डका खेलहरूमा पनि संलग्न थिएँ अनि गल्फमा पनि मलाई रुचि थियो,’ हाल्यान्डले भनेका छन् ।

धेरैलाई थाहा नहुन सक्छ, हाल्यान्डले लङजम्पमा विश्व कीर्तिमान राखेका छन् । पाँच वर्षको हुँदा हाल्यान्डले जनवरी, २००६ मा १६३ सेन्टिमिटर जम्पको कीर्तिमान राखेका थिए । यो कीर्तिमान आजको दिनमा पनि कायम छ । पछि उनले लङजम्पलाई निरन्तरता दिएनन् । तर उनी अरू खेलमा सक्रिय थिए । १४ वर्षको हुँदा उनी ह्यान्डबल, एथलेटिक्स र क्रसकन्ट्री स्कीका परिपक्व खेलाडी बनिसकेका थिए ।

सन् २००५ मा ब्रायन नगरको क्लब ब्रायन एफकेले इन्डोर मैदान निर्माण गर्यो । यो मैदानको निर्माण भएसँगै हाल्यान्ड र उनका साथीहरूले १२ महिना नै फुटबल खेल्न मौका पाउने भए । नभए त त्यहाँ जाडो महिनामा फुटबल मैदान हिउँले ढाकिएको हुन्थ्यो । त्यस्तोमा फुटबल खेल्न सम्भव हुँदैनथ्यो । नयाँ इन्डोर मैदानमा हाल्यान्ड र उनका साथीहरू नियमित खेल्थे । हाल्यान्ड र उनका साथीहरू कुनै टिममा थिएनन् । यसो भएपछि उनीहरू बिना प्रशिक्षण खेल्थे ।

हाल्यान्ड ६ फिट ४ इन्च अग्ला छन् । किशोर अवस्थामा उनी खासै अग्ला थिएनन् । पछि उनी ह्वात्तै बढेका हुन् । उचाइ ढिलो बढ्दा हाल्यान्डलाई फाइदा भएको छ । किनभने किशोर हुँदा होचा रहेका हाल्यान्ड अरू अग्ला खेलाडीसँग भिड्दा शारीरिक होइन, प्राविधिक खेल देखाउने प्रयास गर्थे । यो उनको बाध्यता थियो । त्यही बाध्यताले उनलाई अहिले स्किलफुल स्ट्राइकर बनाएको छ । उनीसँग अहिले बलियो शरीर र कौशल दुवै छ ।

औपचारिक प्रशिक्षणबिना खेल्दा साना उमेरका खेलाडीहरू बढी क्रिएटिभ हुने बताइन्छ । सन् २०१४ को विश्वकप जितेको जर्मन टिमका खेलाडीबारे अध्ययन गर्दा सानो हुँदा अधिकांशले औपचारिक तालिमबिना खेल्ने गरेको तथ्य पत्ता लागेको थियो । हाल्यान्ड आठ वर्षको उमेरमा ब्रायन एफकेसँग आबद्ध भए । अब भने उनको औपचारिक तालिमको चरण सुरु भयो । नर्वेजियन फुटबलको नियमअनुसार उनले १२ वर्ष नपुग्दासम्म इलेभेन ए साइड भने खेल्न पाएनन् । नर्वेमा १२ वर्षमुनिका खेलाडीलाई स–सानो समूहमा राखेर अभ्यास गराइन्छ । त्यसरी नै खेल खेलाइन्छ । यसो गर्दा खेलाडीले धेरै समय बल आफ्नो नियन्त्रणमा राख्न सक्ने विश्वास गरिन्छ । जसले गर्दा उसको खेलकौशल पनि बढ्छ ।

हाल्यान्ड ६ फिट ४ इन्च अग्ला छन् । किशोर अवस्थामा उनी खासै अग्ला थिएनन् । पछि उनी ह्वात्तै बढेका हुन् । उचाइ ढिलो बढ्दा हाल्यान्डलाई फाइदा भएको छ । किनभने किशोर हुँदा होचा रहेका हाल्यान्ड अरू अग्ला खेलाडीसँग भिड्दा शारीरिक होइन, प्राविधिक खेल देखाउने प्रयास गर्थे । यो उनको बाध्यता थियो । त्यही बाध्यताले उनलाई अहिले स्किलफुल स्ट्राइकर बनाएको छ । उनीसँग अहिले बलियो शरीर र कौशल दुवै छ  ।

‘हाल्यान्ड ११–१३ वर्षको हुँदा चलाख थिए । शारीरिक रूपमा उति धेरै बलियो नभएपछि उनी छरितो खेल देखाउने प्रयास गर्थे । सानैमा सिकेको कौशलले उनलाई अहिले फाइदा भएको छ,’ हाल्यान्डलाई ब्रायन एफकेको एकेडेमीमा तालिम दिएका प्रशिक्षक आल्फ इन्गिभ बे्रनस्टेन सुनाउँछन् ।

हाल्यान्ड सिनियर आफ्ना पालाका नाम चलेका खेलाडी थिए । उनी लिग खेल्न इंग्ल्यान्डसम्म पुगेका थिए । लिड्स युनाइटेड, नटिङ्घम फरेस्ट हुँदै म्यानचेस्टर सिटीसम्मको जर्सी लगाए । युरोपियन क्लब फुटबलको पर्याप्त अनुभव बोकेका एल्फीले छोराको तालिममा भने कहिले पनि दख्खल दिएनन् । न त उनले आफ्नो छोरा यस्तो खेलाडी बनोस् भनेर नै सोचे । ‘एल्फीले हामीलाई कहिले पनि दबाब दिएनन् । हामीलाई आफ्नै तरिकाले उनका छोरालाई अभ्यास गरायौं,’ बे्रनस्टेन सम्झिन्छन् ।

एल्फीले छोराको करियरमा कहिले पनि हैकम नजमाएको बताइन्छ । उनले जुनियर हाल्यान्डलाई आफ्नो रोजाइको क्लब जान दिने गरेका छन् । उसो त छोरा हाल्यान्डका लागि आफ्ना पिताभन्दा ठूलो आइडल अरू कोही छैनन् । ‘मैले सधैं ठूला क्लबबाट ठूला लिगमा खेल्ने सपना बोकेको छु । यसो गर्न कत्तिको मिहिनेत गर्नुपर्छ भन्ने थाहा छ । म स्थापित खेलाडीहरूको प्रदर्शनबाट सिक्ने प्रयास गर्छु । सधैं उनीहरूको करियरलाई पछ्याएको छु । मेरा लागि आइडल खेलाडी धेरै छन् । तर, कोही पनि मेरो बुवाभन्दा ठूलो आइडल छैनन्,’ हाल्यान्डले सन् २०२० मा भनेका थिए ।

खेल मनोविज्ञका रूपमा प्रख्यात रहेका डेभ कोलिन्सले गरेको शोधअनुसार स्थापित खेलाडीका बुवाआमाले एल्फीले जस्तै छोराछोरीको तालिममा दख्खल नदिने गरेको पाइएको छ । जबकि तालिममा दख्खल दिने, क्लब र प्रशिक्षक परिवर्तन गरिरहनेका छोराछोरीको करियर चाँडै अन्त्य हुने गरेको उक्त शोधको निचोड छ ।

एल्फीले छोराको करियरमा कहिले पनि हैकम नजमाएको बताइन्छ । उनले जुनियर हाल्यान्डलाई आफ्नो रोजाइको क्लब जान दिने गरेका छन् । उसो त छोरा हाल्यान्डका लागि आफ्ना पिताभन्दा ठूलो आइडल अरू कोही छैनन् । ‘मैले सधैं ठूला क्लबबाट ठूला लिगमा खेल्ने सपना बोकेको छु । यसो गर्न कत्तिको मिहिनेत गर्नुपर्छ भन्ने थाहा छ । म स्थापित खेलाडीहरूको प्रदर्शनबाट सिक्ने प्रयास गर्छु । सधैं उनीहरूको करियरलाई पछ्याएको छु । मेरा लागि आइडल खेलाडी धेरै छन् । तर, कोही पनि मेरो बुवाभन्दा ठूलो आइडल छैनन्,’ हाल्यान्डले सन् २०२० मा भनेका थिए ।

एउटा युवा खेलाडी स्टारमा परिणत हुन के के आवश्यक पर्छ त ? मिहिनेत, कौशल, तालिम, सायद जिन पनि । हाल्यान्डसँग यी सबै तत्व छन् । उनी अहिलेबाटै क्रिस्टियानो रोनाल्डोको खानपिन शैली पछ्याइरहेका छन् । मैदानबाहिर र भित्र उत्तिकै मिहिनेती छन्, अनुशासित छन् । हालै उनले टिम पनि नयाँ छानेका छन् । अर्को सिजन उनी आफ्नै बुवाले कुनै समय खेलेको सिटी जाँदै छन् । यो उनको करियरमा नयाँ खुड्किलो हुनेछ । र, विश्वकै उत्कृष्ट खेलाडीमा परिणत हुने मौका पनि ।