फाल्गुन २, २०८२ शनिबार | ११:१४:३५
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन नेपाली फुटबल

वर्ष २०७८ मा फुटबल: १६ भर्सेज ३६ गोल

कोभिड–१९ महामारीका कारण नेपाली फुटबल २०७७ सालमा लथालिंग थियो । यो समयमा कुनै पनि खेलकुद प्रतियोगिता हुन पाएनन् । विश्व खेलकुद नै कोभिडबाट आक्रान्त बनेका बेला नेपाली फुटबलमात्र त्यसबाट अछुतो हुने सम्भावना थिएन ।

०७७ सालको अन्त्यतिर कोरोना संक्रमण कम भएसँगै फुटबलका केही प्रतियोगिता भए । तर अत्यन्तै सीमित संख्यामा । त्यो पनि दर्शकविना । कोभिड महामारीको त्रास कायम राख्दै आएको वर्ष हो, २०७८ । महामारीका कारण हुन नसकेका घरेलु तथा अन्तर्राष्ट्रिय खेलहरू यस वर्ष हुने भए ।

त्यसैले यो वर्ष स्वाभाविक रूपमा नेपाली फुटबलको क्यालेन्डर निकै व्यस्त रह्यो । किनकि घरेलु फुटबलको चटारोसँगै फिफा तथा एएफसीले पुनः तालिका गरेका अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको व्यस्त क्यालेन्डर पनि नेपाली फुटबलसामु थियो ।

यो वर्ष स्वाभाविक रूपमा नेपाली फुटबलको क्यालेन्डर निकै व्यस्त रह्यो । किनकि घरेलु फुटबलको चटारोसँगै फिफा तथा एएफसीले पुनः तालिका गरेका अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको व्यस्त क्यालेन्डर पनि नेपाली फुटबलसामु थियो । देशभित्र सबैभन्दा लोकप्रिय फुटबल निकै चलायमान भयो । अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानबाहिर होस् या भित्र सधैं चर्चामा रह्यो ।

देशभित्र सबैभन्दा लोकप्रिय फुटबल निकै चलायमान भयो । अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानबाहिर होस् या भित्र सधैं चर्चामा रह्यो ।

यहाँको प्रसंग एन्फा विवादको हैन, न त एन्फाले कुवेतबाट झिकाइएका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दिने विवादास्पद अभिव्यक्ति नै अहिलेको चर्चा हो । तर अल्मुताइरीको नेतृत्वमा नेपाली राष्ट्रिय फुटबल टोलीको खेलेका अन्तर्राष्ट्रिय खेलका प्रदर्शन र नतिजा स्मरण भने नयाँ वर्षको सुरुआतमा प्रासंगिक हुने नै छ ।  

नेपाली फुटबल वर्ष २०७८ सालभर नै प्रशिक्षक अल्मुताइरीको वरिपरी घुम्यो । अल्मुताइरीकोे नेतृत्वमा नेपाली राष्ट्रिय फुटबल टोलीले बितेको वर्ष फिफाका आधिकारिक र सामान्य मैत्रीपूर्ण गरी १६ खेल खेल्यो । जसमा नेपालले ९ हार भोग्दा ५ जित तथा २ बराबरी नतिजा निकाल्यो । यसक्रममा नेपालले विपक्षी पोस्टमा १६ गोल गर्न सफल हुँदा त्योभन्दा २० बढी अर्थात ३६ गोल सामना गरेको छ ।

बितेको वर्ष नेपालले खेलेकोमध्ये सबैभन्दा मुख्य प्रतियोगिता कतार फिफा विश्वकप–२०२२ छनोट अन्तर्गत दोस्रो चरण तथा साफ च्याम्पियनसिप थियो । माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनल पुग्नु यो वर्ष नेपाली फुटबलको उत्कर्ष थियो । किनकि दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा नेपाली टोली फाइनल पुगको यो पहिलो अवसर थियो । फाइनलमा भारतसँग पराजित भएपछि नेपाल पहिलो पटक साफ च्याम्पियनसिप जित्ने मौकामा चुकेको थियो ।

०७७ सालको अन्त्यमा नेपाल झरेका प्रशिक्षक अल्मुताइरीले आफ्नो पहिलो खेल भने ०७८ जेठ १५ मा मात्रै पाए । उनले टिमलाई इराक पुर्याउँदा नेपाल ६–२ अन्तरले पराजित भयो । यद्यपि हार भए पनि एसियाली महारथी इराकविरुद्ध दुई गोल गर्नुलाई निकै महत्व मानियो । यस खेलमा ‘डेब्यु’ गरेका मनीष डाँगी र अञ्जन विष्टले एक/एक गोल गरेका थिए ।  

यसपछि नेपालले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा चाइनिज ताइपेइविरुद्ध जेठ २० मा खेल्यो । अञ्जन विष्टले चौथो मिनेटमा गरेको गोलसँगै नेपालले खेलमा अग्रता लियो । खेल सकिन ९ मिनेट बाँकी रहँदा नवयुग श्रेष्ठले गोल थपेर नेपाललाई २–० को जित दिलाए ।

जेठ २४ र २८ मा क्रमशः नेपालले एसियाली महारथी जोर्डन र अस्ट्रेलियासँग खेल्दा ३–० को समान अन्तरमा नतिजा सुम्पियो । विभिन्न अड्कलबाजीबीच नेपाली टोलीले दोस्रो चरण पार गरेको थियो ।

यसपछिको यात्रा साफ च्याम्पियन रह्यो । त्यसैको तयारीस्वरुप नेपालले भारतीय राष्ट्रिय टोलीसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्यो । भदौ १७ गते भारतसँग घरेलु मैदानमा पहिलो खेल खेल्दा १–१ को बराबरी नतिजा निस्कियो । अञ्जन विष्टको गोलसँगै ३६औं मिनेटमा नेपालले अग्रता लिए पनि भारतका अनिरुद्र थापाले ६०औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

भदौ २० गते भएको दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपाल २–१ को नतिजामा पराजित भयो । तेज तामाङले खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेको गोल घरेलु मैदानमा नेपाली समर्थकका लागि सान्त्वना बनेको थियो । त्यसअघि नै कप्तान सुनील क्षेत्री र फारुख चौधरीको गोलमा भारतले २–० को अग्रता लिइसकेको थियो ।

साफ च्याम्पियनसिपकै तयारी लागि नेपाली टिमले करिब तीन साता कतारमा बन्द प्रशिक्षण गर्यो । यस क्रममा नेपालले आफूभन्दा निकै माथि रहेको ओमानसँग मैत्रीपूर्ण खेल खेल्यो । गोप्य रूपमा खेलिएको यस खेलमा नेपाल ७–२ अन्तरले पराजित भयो । असोज १० गते खेलिएको खेलमा नेपालका लागि अनन्त तामाङ र आयुश घलानले गोल गरेका थिए ।

यसपछि असोज १५ देखि ३० सम्म नेपाली टिमको परीक्षा साफ च्याम्पियनसिपमा भयो । घरेलु टोली माल्दिभ्सविरुद्ध १–० र श्रीलंकाविरुद्ध ३–२ को जित तथा बंगलादेशसँग १–१ को बराबरी खेलेपछि भारतसँग ३–० अन्तरले पराजित भए पनि नेपाल टोली पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भयो ।

फाइनलमा भने नेपाल चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग फेरि ३–० कै अन्तरमा पराजित भएर उपाधि जितको स्वर्णिम अवसर गुमायो ।

माल्दिभ्सबाटै तेस्रो पटक राजीनामा घोषणा गरेर नेपाल नफर्कने बताएका अल्मुताइरीले पुनः नेपाल फर्किएर नयाँ सम्झौता गर्न भ्याए । यसपछि आफ्ना अघिल्ला वर्षका योजना प्रस्तुत गरे । त्यही योजनाअनुसार नेपाली टिमले पहिलो पटक अफ्रिकन प्रतिद्वन्द्वी मोरिससविरुद्ध घरेलु मैदानमा खेल्यो । पुस १५ र १८ मा खेलिएका दुवै खेलमा नेपाल १–० को समान अन्तरमा विजयी भयो ।

वर्षको अन्तिममा चैत १० मा नेपालले थाइल्यान्डसँग बैंककमा खेल्यो । बलियो घरेलु टोलीलाई नेपालले २–० को नतिजा सुम्पियो । यस्तै थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल ३–१ ले पराजित भयो ।  

यस खेलसँगै नेपालले वर्ष २०७८ मा खेल्ने अन्तर्राष्ट्रिय खेल सकिएको छ । आगामी वर्षका लागि नेपालले एएफसी एसियन कप–२०२३ छनोटको खेल खेल्ने पक्का छ । अन्य खेलको विषय भने अल्मुताइरीको झोक र एन्फाको योजनाले तय गर्नेछ ।