काठमाडौं । क्लब फुटबल सम्हाल्नु कति गाह्रो हुन्छ, भनिसाध्य हुन्न । अझ इङ्लिस प्रिमियर लिगको क्लब हुनुपर्छ, तनावको कुरै बेग्लै हुने गर्छ । त्यसमाथि यदि हामी चेल्सीको कुरा गरिरहेका छौं भने त त्यहाँ जे पनि हुनसक्छ । यसपल्टको सिजन सुरु हुनु अगाडि लागिरहेको थियो, लन्डनको यो क्लबमा सबथोक राम्रो चलिरहेको छ । इटालीका मुख्य प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा चेल्सीले राम्रो गर्नेछ ।
तर, लिग ठ्याक्कै बीच भागमा पुग्दा थाहा भयो, त्यहाँ त केही पनि राम्रो भइरहेको छैन । अनि नयाँ वर्ष २०२६ को पहिलो दिन समाचार आयो, चेल्सी र प्रशिक्षक मारेस्का एक आपसमा छुट्टिएका छन् ।
एक प्रकारले भुनभुन हल्ला चलिरहेको थियो, चेल्सीले मारेस्कालाई हटाउन बेर छैन भनेर । कारण थियो, यी इटालीका प्रशिक्षक र चेल्सीको ‘हाइरेकी’ बीच तनाव चलिरहेको थियो ।
जनवरी लाग्दा चेल्सीका लागि शीर्ष चारमा रहनु पनि कष्टकर देखिएको छ । अझभन्दा चेल्सी युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने स्थिति नै छैन ।
अझ भनौं यी दुईबीच कुरा मिलिरहेको थिएन । आखिरमा यो सत्य नै साबित भयो । दुई पक्ष यसरी एक आपसमा छुट्टिनु यो मात्र कारण भने थिएन । क्लबले एकाएक लय गुमाएको थियो, विशेषतः डिसेम्बर महिनामा । त्यस अगाडिसम्म चेल्सी प्रिमियर लिगको उपाधिकै सामेल थियो । लागिरहेको थियो, यसपल्ट चेल्सीले प्रिमियर लिग उपाधिमा आफ्नो चुनौती पेस गर्नेछ ।
तर जनवरी लाग्दा चेल्सीका लागि शीर्ष चारमा रहनु पनि कष्टकर देखिएको छ । अझभन्दा चेल्सी युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने स्थिति नै छैन । किनभने क्लब पाँचौं स्थानमा झरेको छ । अहिलेका लागि चेल्सी ३० अंकमा शीर्ष चारको ठीकमुनि छ । टोलीको अगाडि लिभरपुलको ३२ अंक छ, त्यो पनि एक खेल कम खेलेर । मुख्य समस्या के पनि हो भने चेल्सी र शीर्षमा रहेको आर्सनलबीचको दूरी १५ अंक पुगिसकेको छ ।

यस्तोमा चेल्सी व्यवस्थापनले के निर्णय गर्यो भने मारेस्कालाई हटाउनु नै ठीक हो । नयाँ प्रशिक्षक आएसँगै क्लबले लय समात्न सक्नेछ । नत्र डिसेम्बरमा प्रिमियर लिगमै सबैभन्दा खराब प्रदर्शन गर्ने टिममा परेको थियो चेल्सी ।
चेल्सीले लिगका आफ्नो अन्तिम सात खेलमध्ये एकमा मात्र जित निकालेको थियो र त्यो एभरटनविरुद्ध थियो । त्यो जितपछि भने मारेस्का भन्थे, ‘पछिल्लो ४८ घण्टा असाध्यै खराब रह्यो ।’
चेल्सीले डिसेम्बरमा ६ खेलबाट ६ अंकमात्र प्राप्त भएको थियो । प्रिमियर लिगमा मंगलबार चेल्सीले बर्नमाउथसँग खेल्दा २–२ को बराबरी खेलेको थियो, जुन खासमा निराशाजनक नै थियो । पूरा घटनाक्रम फेरि केही फरक दृष्टिकोणले हेर्ने हो भने चेल्सीको पछिल्लो यात्रा आफैंमा असाध्यै खराब पनि होइन । यस्तो किनभन्दा चेल्सीको अहिले चारै प्रतियोगितामा चुनौती कायम छ ।
यही त हो, क्लब चलाउनुको दबाब । नत्र पोहार सिजन मात्रै चेल्सीले सबैभन्दा पहिले युरोपा कन्फ्रेन्स लिग जितेको थियो ।
त्यसमा एक त प्रिमियर लिग नै भयो । टोलीका सामु शीर्ष चार असाध्यै धेरै टाढा रहेको छैन् । युरोपेली च्याम्पियन्स लिगमा १३ औं स्थानमा छ । यो शीर्ष आठ स्थानबाट २ अंकमात्र टाढा हो ।
शीर्ष आठको स्थान किन महत्त्वपूर्ण छ भने यी टिम सिधै क्वाटरफाइनल पुग्नेछ । लिग कपमा चेल्सी सेमिफाइनल पुगेको छ, अन्तिम चारको त्यस खेलमा आर्सनलविरुद्ध खेल्दै छ ।
एफए कपमा चेल्सीको अबको खेलमा चार्ल्टनको सामना गर्दै छ । तर चेल्सी जत्तिको टिमका लागि यो स्थिति खराब हो । यही त हो, क्लब चलाउनुको दबाब । नत्र पोहार सिजन मात्रै चेल्सीले सबैभन्दा पहिले युरोपा कन्फ्रेन्स लिग जितेको थियो, रियल बेटिसलाई फाइनलमा ४–१ ले हराएर । त्यसपछि क्लब वर्ल्डकप जितेको थियो, पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई फाइनलमा ३–० ले हराएर ।