मंसिर २७, २०८२ शनिबार | ०२:२३:४८
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत
शनिबारको दिन नेपाली फुटबल

बेवास्तामा परेकै हो नेपाली फुटबल ?

काठमाडौं । एपिएफ क्लब र ट्रान्सपोर्ट युनाइटेडबीच दशरथ रंगशालामा भएको फुटबल खेल । एपिएफ टिमले जति आक्रमण गरे पनि गोल गर्न सकेन । ट्रान्सपोर्टले लगातार बलियो चुनौती तेस्र्याइरह्यो । नेपालको महिला राष्ट्रिय टिमले भुटानलाई हराउन गाह्रो हुन थालेको पृष्ठभूमिमा अब यस्तै रोग क्लब स्तरमा पनि सरेको छ । यो सायद नेपाली महिला फुटबल पछाडि परेको प्रमाण नहुन सक्छ । तर एउटा तथ्य भने निश्चित छ, भुटानी फुटबल अगाडि बढिरहेको छ ।अहिले दशरथ रंगशालामा वुमेन्स साफ क्लब च्याम्पियनसिप फुटबल चलिरहेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पछिल्लो समय देखाएको सक्रियताबीच यो एउटा राम्रो प्रतियोगिता हो ।

यही प्रतियोगिता धेरै हदसम्म नेपाली फुटबलका लागि ‘रियालिटी चेक’ भएको छ, कम्तीमा दुई मापदण्डमा । यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर एपिएफले खेलिरहेको छ । एपिएफले यो हैसियत पाएको हो, लिग च्याम्पियनका रूपमा ।

फेरि एपिएफको टिम भन्नु नै एक प्रकारले नेपालको राष्ट्रिय महिला फुटबल टिमभन्दा हुन्छ । यही प्रतियोगिता सुरु हुनु एक दिन जति अगाडि मात्रै एपिएफका लागि टोलीका सबै खेलाडी उपलब्ध भए । खास भन्ने हो भने एपिएफले यो प्रतियोगितालाई भनेर तयारी नै गर्न पाएन् । राष्ट्रिय टिम इन्डोनेसियामा थियो । त्यसैले खेलाडी जति उतै थिए । एपिएफको पहिलो खेल नसरिनविरुद्ध थियो, त्यसको एक दिन अगाडि मात्र लगातार यात्रा गरेर एपिएफ खेलाडी काठमाडौं आइपुगेका थिए । थकित थिए । अनिद्राले गलेका थिए ।

साफ वुमेन्स क्लब च्याम्पियनप घोषणा भएको अहिले होइन, धेरै अगाडि हो । यस्तोमा अखिल नेपाल फुटबल संघ (एन्फा) एकातर्फ यो प्रतियोगिता अनि अर्कोतर्फ राष्ट्रिय टिमको खेल तालिकाका लागि ठीक समन्वय गर्न चुकेकै देखियो । सायद एन्फालाई लागेको छ, आफूले चाहेमा जस्तो गरे पनि हुन्छ । एन्फालाई के पनि लागेको हुनसक्छ भने यो क्लब च्याम्पिनयसिप ख्यालख्यालको प्रतियोगिता हो ।

सायद हो नै । त्यसैले प्रतियोगिताका क्रममा एन्फाका पदाधिकारी दशरथ रंगशालामा बिरलै मात्र देखिन्छन् । जति देखिन्छन्, तिनको ध्यान प्रतियोगिताको समन्वयमा देखिन्न । उनीहरू सबैको ध्यान अन्यत्र नै देखिन्छ । हाम्रा दर्शक पनि के कम ? तिनीहरू पनि दशरथ रंगशाला आउनै छाडेका छन् । नेपाली फुटबल मन पराउने दर्शकलाई पनि अचेल यतातिर के भइरहेको छ, त्यसमा ध्यान कम हुन थालेको छ ।

यस्तो पनि भएको हुनसक्छ, नेपाली फुटबलको बेथितिमा दिक्क भएका आम खेलप्रेमीले सबैभन्दा पहिले गुनासो गरे । एन्फा चुपचाप नै रह्यो । त्यतिले नपुगेपछि आक्रोश पनि पोखे ।

एन्फा झन पो चुपचाप रह्यो । अब भने आम फुटबलप्रेमीले यो खेलप्रति नै वेवास्ता गर्ने दिन आएको छ । नेपाली फुटबललाई लिएर एउटा तीतो सत्य यही भएको छ ।

हुन पनि, आम फुटबलप्रेमीले यस्तो भएन, उस्तो भएन् भन्ने गरेको गुनासोमा एन्फाले ध्यानै दिएन । त्यो गुनासो आक्रोशमा परिवर्तन हुने बेला एन्फालाई लाग्यो, यी सबै त आफ्ना विरोधी हुन् । विरोधीको कुरा त सुन्नु नै हुन्न । यो क्रम धेरै बढेपछि अब तिनै खेलप्रेमीले नेपाली फुटबलप्रति बेवास्ता गर्न थालेका छन् । कसैलाई यो तथ्यमा होइन जस्तो लाग्न सक्छ । यस्तै हो भने दशरथ रंगशालामा अझै साफ वुमेन्स क्लब च्याम्पियनसिपका केही खेल बाँकी छन्, त्यहीं गएर अनुभव पनि गर्न सकिन्छ । 

 नेपाली फुटबलको डाडु पन्यू आफूखुसी चलाउनमै मस्त रहेका एन्फा पदाधिकारीलाई जे लागे पनि यो नेपाली फुटबलको लागि निक्कै निराशाजनक कुरा हो । यति निराशाजनक की, यहाँबाट माथि उठ्न र स्वभाविक लय समाउन लामो समय लाग्न सक्छ । धेरै मेहनत आवश्यक हुन सक्छ । सायद त्यतिले पनि नपुग्न सक्छ । किनकी भनिन्छ नी, ‘कसैले माया गर्छ भने त्यो धेरै राम्रो हो । रिसाएकै छ भने पनि धेरै आत्तिनु पर्दैन । किन रिसायो भन्ने बुझेर आफूलाई सच्याए रिसाउने फेरि खुसी हुन सक्छ । तर कसैले दिक्क भएर तपाईंलाई बेवास्था अर्थात इग्नोर गर्न थाल्यो भने सम्झनुस तपाईंहरुबीचको सम्बन्धको डोरी चुँडिन सक्छ वा चुँडिइसक्यो ।’

हो, नेपाली फुटबललाई माया गर्ने समर्थक धेरै लामो समयसम्म रिसाए । प्रशासन सुध्रिने अपेक्षाका साथ रिस पोखे । आलोचना गरे । तर त्यसबाट पनि आजित भएपछि अहिले समर्थकहरु फुटबललाई नै इग्नोर गर्ने अवस्थामा पुगिसकेका छन् । तर, समर्थक र नेपाली फुटबलबीचको सम्बन्धको डोरी चाँही अझै चुँडिइसकेको छैन । बेलैमा सुध्रिएर प्रस्तुत भए सम्बन्ध फेरि मायामै फर्किन सक्छ । तर एन्फा नेतृत्वको रवैया यस्तै हुने हो भने सम्बन्धको त्यो डोरी चुँडिनेछ र फेरि जोड्न सकिने छैन । हेक्का रहोस !