आश्विन २९, २०८२ बिहीबार | २२:३२:१९
लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

लिभरपुल राम्रो कि आर्सनल ?

काठमाडौं । इङ्लिस प्रिमियर लिगको यो सिजन आजदेखि सातौं चरणमा प्रवेश गर्दैछ । लिग यहाँसम्म आइपुग्दा एउटा महत्त्वपूर्ण प्रश्न तयार भएको छ र यसले सम्भवतः च्याम्पियन हुने टिम को हुनेछ, त्यसको पनि धेरै हदसम्म उत्तर दिनेछ ।

प्रश्न हो, लिभरपुल राम्रो कि आर्सनल ? टिम क्लबमध्ये कोसँग राम्रो टिम त ? अहिलेका लागि लिभरपुल १५ अंकमा शीर्षमा छ भने आर्सनल १३ अंकमा दोस्रो । जम्मा दुई अंकको दूरी । कुनै पनि बेला तलमाथि हुने सम्भावना पूरा छ ।

माइकल ओवेन लिभरपुलका पुराना खेलाडी हुन् । उनले भन्दै आएका छन्, लिभरपुल भन्दा एउटा टिमका रूपमा आसर्नल धेरै राम्रो छ । भर्खरै लिभरपुलले लगातार दुई खेल गुमाएको छ । लिगमा क्रिस्टल प्यालेससँग । अनि युरोपेली च्याम्पियन्स लिगमा गालातासारेसँग ।

यस्तो भन्न सुरु भएको छ, साँच्चै लिभरपुल टिममा समस्या चाहिँ छ है । आर्ने स्लटको लिभरपुलले नयाँ सिजन सुरु भएयता जसरी एकपछि अर्को खेल जितेको थियो, त्यसमा भाग्यको ठूलो हात थियो ।

अहिलेको लिभरपुल टिम गत सिजन लिग जितेको टिमभन्दा धेरै फरक छ । टिमलाई अझ बलियो बनाउन लिभरपुलले कीर्तिमानी रकम खर्चेको छ, एकपछि अर्को खेलाडीमा । बर्नमाउथ, न्युकासल, आर्सनल, बर्नली र एभरटनमाथि प्राप्त जितमा भाग्यकै खेल बढी थियो नै ।

खेलको अन्त्यतिरका गोलकै मदतले लिभरपुल विजयी रहेको थियो । तर प्यालेसविरुद्धको खेलमा लिभरपुलका कमजोरी एकपछि अर्को देखिए । समस्या अगाडि पनि देखिएको छ, पछाडि पनि देखिएको छ ।

प्यालेस आफैमा लयमा रहेको टिम हो र उसले आफ्ना पछिल्ला १९ खेल गुमाएको छैन्, त्यो पनि अप्रिल महिनायता । प्यालेसविरुद्ध खेलपछि कप्तान भर्जिल भान डाइकले भनेका छन्, ‘चिन्ता लिने समय पनि त्यति धेरै भइसकेको छैन्, तर टिमको प्रदर्शनमा सुधार भने पक्कै चाहिन्छ ।’

आर्सनलले भने लिगमा पछिल्लो पटक न्युकासल युनाइटेडलाई हराएको छ भने च्याम्पियन्स लिगमा ओलम्पियाकोजमाथि जित दर्ता गरेको छ । यस्तो तिनै ओवेले भनेका छन्, आर्सनलको च्याम्पियन हुने जस्तो खेल छ ।

न्युकासलविरुद्धको त्यस खेलमा आर्सनल फेरि एकपल्ट हार्ने छाँट देखिएको थियो । निक वाल्टमेडले गोल गर्दै न्युकासललाई सुरुमै अगाडि राखेको थियो । त्यसपछि आर्सनलको खेल त्यस्तो रह्यो, जसले उसलाई च्याम्पियन हुन लायक मान्न सकिन्छ ।

सबैभन्दा पहिले मिखेल मेरिनोले हेडबाट बराबरी गोल गरे । त्यसपछि मार्टिन ओडेगार्डको पासमा ग्याब्रिएलले निर्णायक गोल गरे । यो निर्णायक गोल सम्भव भएको थियो, खेलको ९६ औं मिनेटमा ।

जितपछि आर्टेटाले भने, ‘सिक्ने भनेकै इतिहासबाट त हो । आजको खेलले हामीले केही न केही सिकेकै जस्तो देखियो है ।’ एउटा तथ्य के भने आर्सनलका लागि यो सिजनको खेल तालिका सजिलो थिएन् । उसले पछिललो सिजन शीर्ष पाँचमा रहेका टिममध्ये तीन बलिया प्रतिद्वन्द्वी सामना गरिसकेको छ ।

अब भने उसको सामु हुनेछन्, वेस्ट ह्याम, फुलहम, क्रिस्टल प्यालेस, बर्नली र सन्डरल्यान्ड । यी प्रतिद्वन्द्वी टिमलाई हेर भन्न सकिन्छ, सम्भवतः आर्सनलले लिभरपुललाई उछिन्न सक्छ ।