मंसिर २४, २०८२ बुधबार | १५:२१:४२
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन

आत्मकथा शृंखला–१३: ‘ढाकामा गभर्नरले दिएको त्यो रात्रिभोज’

काठमाडौं । –पद्मकृष्ण श्रेष्ठ ढाका बसाइको एउटा मीठो अनुभव हाम्रो सम्मानमा दिइएको एउटा रात्रिभोज पनि रह्यो । त्यो खासमा तत्कालीन पूर्वी पाकिस्तानको फुटबल संघले दिएको आतिथ्यता नै थियो । तर त्यसमा सबैभन्दा ठूलो भूमिका खेलेका थिए, त्यहाँका गभर्नरले । अझभन्दा हुन्छ, त्यो रात्रिभोज नै उहाँको आयोजनामा भएको थियो । त्यतिबेला पूर्वी पाकिस्तानको सबैभन्दा ठूलो र उच्च पद भनेकै गभर्नर हुन्थ्यो ।

गभर्नरले मूल पाकिस्तानको प्रतिनिधित्व गरेर ढाकामा सबै राजनीतिक र प्रशासनिक काम गथ्र्यो । त्यो बेला पूर्वी पाकिस्तानमा ठूला र उच्च पदमा जति थिए, ती सबै पाकिस्तानतिरकै थिए, कोही बंगाली थिएनन् । ती गभर्नरको नाम मलाई ठ्याक्कै याद भएन । पछि उनी पाकिस्तानको ठूलै पदमा पुगे भनेको सुनेको थिएँ, सम्भवतः राष्ट्रपति नै  । रात्रिभोजका बेला मैले उहाँलाई चिन्ने कुरा नै भएन ।

रात्रिभोजका क्रममा चारैतर्फ मेच राखिएको थियो र आफ्नो सुविधाअनुसार सबै बसेका थिए । म एउटा कुनामा थिएँ, यस्तोमा एक जना ठूलै पदका देखिने व्यक्ति मसँगै बस्न आउनुभयो । उहाँको पोसाक भने सामान्य नै थियो, खास विशेष केही पनि थिएन । त्यति मात्र होइन, उहाँसँग निजी सुरक्षाकर्मी पनि थिएन । उहाँले नै कुरा सुरु गर्नुभयो । कुराकानी अंग्रेजीमा भएको थियो ।

 खासमा हाम्रा लागि धेरै अर्थमा तत्कालीन पूर्वी पाकिस्तानको भ्रमण सुखद रह्यो । हामीलाई दिइएको आतिथ्यता साँच्चै उच्चस्तरको थियो । 

कसैले मलाई उहाँ नै गभर्नर हो भनेर पनि भनेनन् । घोषणा पनि गरिएको थिएन, व्यवस्थापन पनि त्यस्तै थियो । कुराकानीकै क्रममा उहाँले मलाई अंग्रेजी त राम्रो रहेछ नि भनेर प्रशंसा गर्नुभयो । मैले हाँस्दै ठीकै हो भने । यसैक्रममा उहाँले मलाई आफू गभर्नर भएको बताउनुभयो । त्यसपछि म जुरुक्क उठें र अभिवादन गरें । उहाँले हात पनि मिलाउनुभयो ।

उहाँ म बसेको ठाउँमै आउनु पनि संयोग मात्रै थियो, आखिरमा उहाँले पनि मलाई चिन्ने कुरा थिएन । कुराकानीकै क्रममा उहाँले बसाइका बारेमा सोध्नुभयो । मैले सबै राम्रो रहेको जानकारी दिएँ । उहाँ खुसी पनि हुनुभयो । अहिले सम्झना आउँदा मलाई अझै पनि अचम्म लाग्छ । मैले त्यति बेला पूर्वी पाकिस्तानको सबैभन्दा सर्वोच्च पदमा रहेका व्यक्तिसँग कुरा गरिरहेको थिएँ ।

तर मलाई सुरुमै त्यसबारे केही पनि थाहा भएन । फेरि जे भयो, राम्रै भयो । सुरुमै थाहा भएको भए, म आत्तिने थिएँ कि † थाहा नभएकै कारण मैले उहाँसँग आत्मविश्वासले कुरा गर्न पाएँ । खासमा हाम्रा लागि धेरै अर्थमा तत्कालीन पूर्वी पाकिस्तानको भ्रमण सुखद रह्यो । हामीलाई दिइएको आतिथ्यता साँच्चै उच्चस्तरको थियो । हामीलाई गुनासो गर्नुपर्ने ठाउँ केही पनि थिएन ।

पूर्वी पाकिस्तानको त्यो बसाइका क्रममा हामीले एउटा के पनि महसुस गरेका थियौं भने त्यहाँ पाकिस्तान विरोधी भावना धेरै थियो । 

त्यही बेला पनि ढाकामा फुटबल निकै लोकप्रिय थियो । त्यहाँ व्यावसायिक फुटबल सुरु भइसकेको थियो । भौतिक पूर्वाधार पनि राम्रो थियो । यदि त्यो स्थितिको फुटबललाई राम्रोसँग व्यवस्थित ढंगले अगाडि बढाइएको भए, अहिलेको बंगलादेशी फुटबल साँच्चै उच्चस्तरको हुन्थ्यो । बंगलादेशले किन फुटबलमा सोचे जस्तो विकास गर्न सकेन, यो महत्त्वपूर्ण प्रश्न हो ।

पूर्वी पाकिस्तानको त्यो बसाइका क्रममा हामीले एउटा के पनि महसुस गरेका थियौं भने त्यहाँ पाकिस्तान विरोधी भावना धेरै थियो । हामीसँग कुराकानी गर्ने केहीले अब बंगलादेशको स्वतन्त्रताका लागि आन्दोलन सुरु हुनेछ भनेर भनेका पनि थिए । नभन्दै हामी पूर्वी पाकिस्तान गएको केही समयमै आन्दोलन सुरु भयो । सन् १९७१ मा आइपुग्दा बंगलादेश एउटा स्वतन्त्र देशको अस्तित्वमा आयो । (क्रमशः)

याे पनि

https://kheladi.com/football/27380

https://kheladi.com/football/27278

https://kheladi.com/football/27177

https://kheladi.com/football/27078

https://kheladi.com/football/27003

https://kheladi.com/football/26920

https://kheladi.com/football/26732

https://kheladi.com/football/26652

https://kheladi.com/football/26434

https://kheladi.com/football/26330

https://kheladi.com/football/26196