मंसिर २४, २०८२ बुधबार | १५:५६:१४
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल

काठमाडौं । आर्ने स्लट आएपछि लिभरपुलले पहिलो उपाधिको रूपमा प्रिमियर लिगको ट्रफी उचाल्यो । सिजन २०२४-२५ मा एक मात्र उपाधि उचालेको इङ्लिस च्याम्पियन लिभरपुलमा स्लट दोस्रो कार्यकाललाई थप प्रभाशाली बन्ने योजनामा छन् ।

सोहीअनुसार स्लटले यस पटक नयाँ खेलाडीमाथि नजर लगाएका छन् । उनी सिजनको सुरुबाटै नयाँ खेलाडीप्रति विश्वास गर्ने मुडमा देखिन्छन् । म्यानचेस्टर सिटीबाट प्रिमियर लिगको उपाधि खोसेको लिभरपुल यसपालि च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा केन्द्रित हुनेछ ।

त्यसका लागि नेदरल्यान्ड्सका ४६ वर्षे प्रशिक्षकले चर्चित युवा खेलाडी फ्लोरियन विर्ट्जलाई भित्र्याएका छन् । २२ वर्षीय जर्मन अट्याकिङ मिडफिल्डर युरोपियन च्याम्पियनसिप २०२४ बाट चर्चामा आएका हुन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि बायर लेभरकुसनका मिडफिल्डरमाथि युरोपका चर्चित क्लबको नजर परेको थियो । लेभरकुसनलाई उनले सन् २०२३÷२४ को जर्मन बुन्डेसलिगा उपाधि जिताएका थिए ।

लेभरकुसनमा रहँदा उनले १४० माथि खेल खेलेका छन् । जर्मनीको यु-१५ हुँदै सिनियर टिमबाट उनले ३१ खेल खेलिसकेका छन् । प्लेमेकर रहेका उनलाई लिभरपुलले १२५ मिलियन युरोमा लिएको हो । ‘क्लबको चाहना र योजना के हो ? मलाई राम्रोसँग थाहा छ । क्लबको योजनामा सफल हुन यहाँ आएको हुँ । पहिलो खेल खेल्न उत्साही छु,’ विर्ट्जले अनुबन्ध भएसँगै भनेका थिए ।

बायर लेभरसुनबाट लिभपुर भित्रिएका फ्लोरियन विर्ट्ज ।

विर्ट्ज लिभरपुलले अनुबन्ध गरेको सबैभन्दा ठूलो नाम हो । यसबाहेक अन्य खेलाडी भने खासै चर्चामा छैनन् । यही नामलाई तिखार्ने धुनमा लिभरपुल देखिन्छ ।

हंगेरियन रक्षक मिलोस केक्रेजलाई पनि लिभरपुलले अनुबन्ध गरेको छ । उनी प्रिमियर लिग प्रतिद्वन्द्वी बर्नमाउथबाट अनुबन्धित भएका हुन् । २१ वर्षीय खेलाडीलाई लिभरपुलले ४६ मिलियन युरोमा ५ वर्षका लागि भित्र्याएको थियो ।

गत सिजन लिभरपुलले प्रिमियर लिगमा ३८ मध्ये २५ खेल जितेको थियो । ९ खेल बराबरी खेल्दा मात्र ४ खेलमा पराजित भयो । ८४ अंक जोड्दा टोलीले विपक्षीको पोस्टमा ८६ गोल गर्यो । ४१ गोल बेहोरेको थियो ।

टोलीमा भित्रिने अर्को खेलाडीमा जेरेमी प्रिम्पोङ छन् । २४ वर्षीय राइट ब्याकको पारिवारिक ब्याकग्राउन्ड घाना हो । तर, उनी नेदरल्यान्ड्समा जन्मिएर खेलिरहेका छन् । उनी पनि पछिल्लो सिजन लेभरकुसनमै थिए । जहाँ उनले १०० भन्दा बढी खेल खेले । नेदरल्यान्ड्सको भने यु-१९ टिम हुँदै उनले सिनियर टोलीबाट पनि १३ खेल खेलिसकेका छन् । उनलाई क्लबले ४० मिलियन युरोमा किनेका हो ।

टोलीले गोलकिपर अर्मिन पेक्सीलाई पनि भित्र्याएको छ । २० वर्षीय गोलकिपर ब्राजिलियन स्टार एलिसनको उपस्थितिले बेन्चमै सीमीत हुने सम्भावना छ । उनलाई स्लटले पुस्कास एकेडेमीबाट उठाएका थिए । उनले भर्खरै हंगेरीको यु-२१ टिमबाट खेलेका थिए । सिनियर टिमबाट भने डेब्यू बाँकी नै छ ।

गत सिजन लिभरपुलले प्रिमियर लिगमा ३८ मध्ये २५ खेल जितेको थियो । ९ खेल बराबरी खेल्दा मात्र ४ खेलमा पराजित भयो । ८४ अंक जोड्दा टोलीले विपक्षीको पोस्टमा ८६ गोल गर्यो । ४१ गोल बेहोरेको थियो ।

लिभरपुल छाडेर रियाल मड्रिड पुगेका  ट्रेन्ट एलेक्जान्डर आर्नाेल्ड । 

च्याम्पियन्स लिगमा टोलीको यात्रा अन्तिम १६ मै टुंगिएको थियो । च्याम्पियन बनेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

चार खेलाडीलाई भित्र्याइसक्दा ६ खेलाडी भने मर्सिडिज टिमबाट बाहिरिएका छन् । अलग हुने ठूलो नाम हो ट्रेन्ट एलेक्जान्डर आर्नाेल्ड । उनी रियाल मड्रिड पुगेका छन् । डोमिनिक कर्नेस, हार्भे डेभिज, भिटेजल्लाभ जारोस, कोम्हिम केलेहेर र नाथनियल फिलिप्स पनि लिभरपुल छाडेका छन् ।

खेलाडीको आउने र जाने क्रम चलिरहँदा यस पटक स्टार मोहम्मद सलाह, एलिक्सन म्याक एलिस्टर, डार्बिन नुनेज, लुइस डियाज, डिएगो जोटा, कोडी गाक्पो, भर्जिल भान डाइक, आन्द्रे रोबर्टसन, काल्भिन राम्सी जस्ता खेलाडी भने एनफिल्डम रहनेछन् ।