मंसिर २४, २०८२ बुधबार | १५:२१:४१
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन नेपाली फुटबल

एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ?

काठमाडौं । एएफसी एसियन कप फुटबल छनोटको समूह ‘एफ’मा रहेको नेपालले उज्वेकिस्तानको तास्केन्दमा घरेलु टोलीसँगै दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंका र लाओससँग प्रतिस्पर्धा गर्दै छ ।

राउन्ड रोविन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ ।

एसिया कप इतिहासमा नेपालले अहिलेसम्म छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो एक वर्ष बाक्लो एक्सपोजर पाएको नेपाली महिला फुटबल टोलीका लागि उज्वेकिस्तानमा इतिहास रच्ने अवसर छ । नेपालले जुन २९ मा लाओससँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपालले जुलाई २ मा श्रीलंका र जुलाई ५ मा घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ ।

यस्ता छन् नेपालका प्रतिद्वन्द्वी 

उज्वेकिस्तान

फिफा वरियताका हिसाबमा हेर्ने हो भने उज्वेकिस्तान यो समूहको बलियो टोली हो । पछिल्लो एक वर्षमा उज्वेकिस्तानले ११ खेल खेलेको छ । त्यसमध्ये उज्वेकिस्तानले सात खेलमा हार बेहोर्दा मात्र तीन खेलमा जित हासिल गरेको छ । उज्वेकिस्तानले पछिल्लो महिना भारतसँग दुई मैत्रीपूर्ण खेलमा जित हासिल गर्दा फेब्रुअरीमा जोर्डनलाई पराजित गरेको थियो । भारत र जोर्डन दुवै वरीयतामा उज्वेकिस्तानभन्दा तल छन् ।

उज्वेकिस्तानको छनोट चरण पार गर्न नसकेको इतिहासले पनि नेपाली टोलीको मनोविज्ञानमा ठूलो अर्थ राख्छ । यद्यपि दुई वर्षअघि चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा उज्वेकिस्तानी महिला टोलीले चौथो स्थान हासिल गरेको थियो । उता नेपाली टोली भने समूह चरणबाटै बाहिरिएको थियो ।

यद्यपि उज्वेकिस्तानले आफूभन्दा तल्लो स्तरका टोलीसँग पनि नतिजा सुम्पिएको छ । सात हारमध्ये उज्वेकिस्तानले बेलारुसविरुद्ध दुई तथा जाम्बियासँग एक खेलमा पराजय बेहोरेको थियो । बेलारुस र जाम्बिया दुवै फिफा वरीयतामा उज्वेकिस्तानभन्दा तल रहेका टोली हुन् । बेलारुससँगको दुई मैत्रीपूर्ण खेल तास्केन्दमा भएको थियो । बेलारुसको यो जितले नेपाली खेलाडीलाई उर्जा दिन सक्छ । घरेलु समर्थकको फाइदाबीच पनि उज्वेकिस्तानलाई हराउन सकिन्छ भन्ने आँट भर्न सक्छ ।

उज्वेकिस्तानको टोली , तस्वीर सौजन्यः उज्वेकिस्तान फुटबल महासंघ । 

उज्वेकिस्तानले एएफसी छनोट प्रतियोगिताको तयारीस्वरुप दक्षिण एसियाली प्रतिद्वन्द्वी भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको हो । दुवै खेलमा नतिजा आफ्नो पक्षमा आए पनि भारतमाथि जित निकाल्न उज्वेकिस्तानलाई गाह्रो भएको थियो । दुवै खेलमा उज्वेकिस्तानले १-० को जित हासिल गरेको थियो । वरियतामा नेपालभन्दा ४९ स्थानमाथि रहेको उज्वेकिस्तानलाई हराउन सक्ने अर्को आधार यही नै हो ।

उज्वेकिस्तानी फुटबल अहिले पुरुष फुटबल टोलीको सफलतामा रमाइरहेको छ । उज्वेकिस्तानले दुई साताअघि मात्र फिफा विश्वकप २०२६ मा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । उत्तरी अमेरिकामा उज्वेकिस्तानले अर्को वर्ष इतिहासमै पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै छ । यो हर्षोल्लासमा निश्चय पनि महिला टोली आफ्ना समर्थकलाई निराश बनाउन चाहने छैन । टोलीले अहिलेसम्म छनोट चरण पार गरेर एसिया कपमा स्थान बनाउन सकेको छैन । यसपालि घरेलु समर्थकको साथ पाएको उज्वेकिस्तानसँग पहिलो पटक एसियन कपमा पुग्ने अवसर छ । महिला टोलीले पनि ऐतिहासिक उपलब्धि हासिल गर्ने हो भने उज्वेकिस्तानी फुटबलमा ‘डबल सेलेब्रेसन’ हुनेछ ।

उज्वेकिस्तानको छनोट चरण पार गर्न नसकेको इतिहासले पनि नेपाली टोलीको मनोविज्ञानमा ठूलो अर्थ राख्छ । यद्यपि दुई वर्षअघि चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा उज्वेकिस्तानी महिला टोलीले चौथो स्थान हासिल गरेको थियो । उता नेपाली टोली भने समूह चरणबाटै बाहिरिएको थियो ।

उज्वेकिस्तानले तीन वर्षपछि आफैं महिला एसियन कप आयोजना गर्दै छ । घरेलु भूमिमा प्रतियोगिता हुने भएकाले उज्वेक टोली स्वतः प्रतियोगिताका लागि छनोट हुनेछ । यस्तोमा उज्वेक टोली घरेलु भूमिमा हुने एसियन कपअघि कम्तीमा पनि एकपटक छनोट चरण पार गरेर फाइनल चरण खेल्न चाहन्छ ।

उज्वेकिस्तानको टोली, तस्वीर सौजन्यः उज्वेकिस्तान फुटबल महासंघ । 

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल र उज्वेकिस्तान अहिलेसम्म एकपटक मात्र आमने-सामने भएका छन् । उज्वेकिस्तानसँग नेपाली फुटबलको इतिहास पनि जोडिएको छ । नेपालले उज्वेकिस्तानविरुद्ध नै पहिलो अन्तर्राष्ट्रिय गोल गरेको थियो । सन् १९९९ मा फिलिपिन्समा सम्पन्न एएफसी वुमेन्स च्याम्पियनसिपमा नेपालले एउटै मात्र गोल गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग ६–१ को हार बेहोर्दा पेमा डोल्मा लामाले देशका लागि ऐतिहासिक पहिलो गोल गरेकी थिइन् ।

श्रीलंका

फिफा वरियताका आधारमा श्रीलंका यो समूहको सबैभन्दा कमजोर टोली हो । पछिल्लो एक वर्षमा मात्र चार अन्तर्राष्ट्रिय खेल खेलेको श्रीलंकाले अहिलेसम्म एएफसी एसियन कपको छनोट प्रतियोगितामा सहभागिता जनाएको छैन । उज्वेकिस्तानमा श्रीलंकाले पहिलो पटक छनोट प्रतियोगिता खेल्दै छ ।

नेपालले श्रीलंकासँग अहिलेसम्म हार बेहोरेको छैन । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले श्रीलंकासँग सात पटक खेलेको छ । यी सबैमा नेपालले शतप्रतिशत जित हासिल गरेको इतिहास छ । त्यसैले पनि श्रीलंकाविरुद्ध नेपाललाई यसपालि पनि गाह्रो नरहने अनुमान गर्न सकिन्छ ।

गत एक वर्ष श्रीलंकाले चारमध्ये तीन खेल काठमाडौंमा खेलेको थियो । काठमाडौंमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सातौं संस्करणमा श्रीलंका आयोजक नेपाल रहेकै समूहमा थियो । श्रीलंकाले साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो । दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोर मानिने भुटानसँग ४-१ को हारेको श्रीलंकाले त्यसपछि नेपालसँग ६-० को फराकिलो हार बेहोर्यो । श्रीलंकालाई ६ गोल अन्तरले हराउँदै नेपालले शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का पारेको थियो ।

साफ महिला च्याम्पियनसिप २०२४ मा नेपालविरुद्ध उत्रिएको श्रीलंकन टोली, तस्वीरः सरोज सापकोटा/खेलाडी

नेपालले श्रीलंकासँग अहिलेसम्म हार बेहोरेको छैन । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले श्रीलंकासँग सात पटक खेलेको छ । यी सबैमा नेपालले शतप्रतिशत जित हासिल गरेको इतिहास छ । त्यसैले पनि श्रीलंकाविरुद्ध नेपाललाई यसपालि पनि गाह्रो नरहने अनुमान गर्न सकिन्छ ।

लाओस

लाओस फिफा वरियतामा नेपालभन्दा मात्र सात स्थान तल छ । लाओसले वर्ष २०२५ मा कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेन । पछिल्लो वर्ष लाओसले चार खेल खेल्दा कुनैमा पनि जित हासिल गर्न सकेन ।

सन् २००५ मा पहिलो पटक लाओस महिला फुटबल टोली तयार पारिएको थियो । दुई वर्षपछि लाओसले पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल खेल्यो । लाओसले तीन वर्षअघि भारतमा सम्पन्न एसियन कपको २०औं संस्करणका लागि पहिलो पटक छनोट प्रतियोगितामा चुनौती पेस गरेको थियो । उज्वेकिस्तानमा यसपालि लाओसको दोस्रो सहभागिता रहनेछ ।

अभ्यास गर्दै लाओस, एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त लाओस महिला फुटबल टोली, तस्वीर सौजन्यः लाओस फुटबल संघ  । 

लाओस नेपाली महिला टोलीका लागि नयाँ प्रतिद्वन्द्वी हो । नेपालले लाओससँग अहिलेसम्म खेलेको छैन । पछिल्लो समय नेपाली पुरुष फुटबल टोलीले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा लाओससँग इतिहासमै पहिलो पटक दुर्भाग्यजनक हार बेहोरेको थियो । निश्चित छ, नेपाली महिला टोलीले पनि लाओसलाई कम आँकलन गर्ने भुल गर्नुहुन्न ।