मंसिर २४, २०८२ बुधबार | १५:२०:१३
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन

आत्मकथा शृंखला-४ः तेन्जिङ नोर्गेको हातबाट पुरस्कार थाप्यौं

काठमाडौं । सेन्ट जेभियर्समा पढ्दै गर्दा पनि फुटबल खेल्ने क्रम जारी रह्यो । मैले पहिलो आधिकारिक फुटबल प्रतियोगिता खेलेको स्कुलबाट नै हो । त्यति बेला ४ फुट २ इञ्चका खेलाडी सहभागी हुने प्रतियोगिता हुन्थ्यो । त्यसको नाम थियो, बालमन्दिर कप । हाम्रो आफ्नै टोलले पनि त्यस प्रतियोगितामा भाग लिने गर्दथ्यो । म त्यस टिममा छनोट पनि भएँ । यो सबै कुरा हुँदा स्कुलमा बिदा चलिरहेको थियो । बिदा सकेर स्कुल पुग्दा थाहा पाएँ, स्कुलकै टिमले पनि त्यो प्रतियोगितामा भाग लिने निश्चित भइसकेको रहेछ ।

म स्कुलको टिममा परे। अझ त्यही टिमबाट खेल्नुपर्ने भयो । संयोग कस्तो भने हाम्रो स्कुल टिमको पहिलो खेल आफ्नै टोलको टिमविरुद्ध पर्यो । मैले आफ्नै टोलविरुद्ध स्कुल टिमबाट खेल्ने सुनेपछि टोलवासी सबैले मलाई सक्दो गाली गरे । खेलमा हामी ५ गोलले विजयी पनि भयौं र सबै साथीभाइले मलाई गद्दारको आरोप लगाए । यो सम्भवतः सन् १९५५ को घटना हो । सेन्ट जेभियर्सको टिम राम्रो थियो, हामी फाइनल पनि पुग्यौं । हामीले फाइनल पुग्नु अगाडि ३-३ खेल जितेका थियौं ।  

तर फाइनलमा पद्मोदयको टिमविरुद्ध पराजित भयौं । स्कोर थियो १-० मात्रै । यो प्रतियोगिताको सम्झना मलाई गाढा रहनुको कारण एउटा अर्को पनि छ । त्यो हो, हामी विजेता उपविजेता खेलाडीलाई पुरस्कार वितरण गर्ने प्रमुख अतिथि थिए, तेन्जिङ नोर्गे शेर्पा । उनी त्यो बेला सबैभन्दा ठूलो सेलिब्रेटी थिए । चारैतर्फ उनको चर्चा थियो, किनभने उनी सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्केको धेरै भएको भएको थिएन । उनको नाममा गीत पनि बनेको थियो ।

तेन्जिङ नोर्गेको हातबाट पुरस्कार पाएकोमा हामीलाई असाध्यै गर्व लागेको थियो । पछि पनि स्कुलबाट वर्षमा एक दुई वटा प्रतियोगिता खेल्ने क्रम जारी रह्यो । 

गीतमा भन्ने गरिएको थियो, ‘हाम्रा तेन्जिङ नोर्गे शेर्पाले चढ्यो हिमाल ।’ सायद तेन्जिङ नोर्गे शेर्पाले नेपालमा कहीं कतै पुरस्कार वितरण गरेको पनि त्यो पहिलो पटक हुनुपर्छ । यो प्रतियोगिता हुँदा सानो टुँडिखेलमा रेलका दुई डब्बा राखिएको थियो । त्यसकै अगाडि खेल भएको थियो । पाहुना दर्शक जतिले तिनै रेलका डब्बामा बसेर खेल हेरेका थिए । रेलका ती डब्बालाई ग्यालरीको रूपमा प्रयोग गरिएको थियो । मैले खेलेको पहिलो ठूलो र आधिकारिक प्रतियोगिता यही हो ।

तेन्जिङ नोर्गेको हातबाट पुरस्कार पाएकोमा हामीलाई असाध्यै गर्व लागेको थियो । पछि पनि स्कुलबाट वर्षमा एक दुई वटा प्रतियोगिता खेल्ने क्रम जारी रह्यो । एकाएक स्कुलबाट फुटबल प्रतियोगितामा खेल्ने क्रम रोकियो । यसको कारण थियो, फुटबल हुने बित्तिकै जहाँ पनि झगडा हुने । खेल हुँदा छेउमै दर्शक हुने गर्थे । पराजित टिमका समर्थकको पहिलो काम नै झगडा गर्ने हुन्थ्यो । केही सानो घटना भयो कि दर्शक साह्रै रिसाउने गर्थे । एक प्रकारले फुटबल हुँदा झगडा हुनु अत्यन्त सामान्य घटना मानिन्थ्यो ।

मैले सेन्ट जेभियर्सबाट क्याम्ब्रिज जाँच दिएको २०२० सालमा हो । यो इङ्ल्यान्ड बोर्डकै जाँच थियो । यसलाई पास गरेपछि मैले अमृत साइन्स क्याम्पस (अस्कल)बाट आईएस्सी पढें । तर पढाइ भने लामो समय चलेन, बीचमै छाडें । यसको कारण थियो, म पूर्णतः खेलकुदमै लाग्ने निर्णयमा पुग्नु । यो मेरो जीवनको एउटा निर्णायक मोड थियो । मलाई भारतको नेसनल इन्स्टिच्युट अफ स्पोर्टस पटियालामा खेलकुद प्रशिक्षकमा डिप्लोमा गर्ने अवसर प्राप्त भयो । हामी त्यहाँ अध्ययन गर्न पाउने सर्वसाधारणका तर्फबाट पहिलो ब्याचका थियौं ।

म भर्खर १७/१८ वर्षकै थिएँ । त्यसभन्दा अगाडि ललितपुरकै एउटा टिमले ‘बी’ डिभिजनसम्म खेलेको थाहा छ, तर मलाई नाम सम्झना छैन । यसले धेरै लामो समय खेलेन । 

हामी चार जना पटियाला गयौं । त्यसमा फुटबलबाट म र धिरेन्द्र श्रेष्ठ थियौं । उहाँलाई सबैले चिन्ने भनेको केदार दाइको नामले हो । एथलेटिक्सबाट लक्ष्मणविक्रम शाह र मधुशमशेर राणा । लक्ष्मणविक्रम मणि शाहका बुवा हुन् । यो हो, ०२६ सालको कुरा । यसबीच मैले फुटबल खेल्ने क्रम भने जारी राखें, पटियाला जानु अगाडिसम्म । मैले लिग फुटबल खेलिरहें र मेरो पहिलो आधिकारिक क्लब हो, फ्रेन्ड्स युनियन । मैले यो क्लबबाट ०२१, ०२२ र ०२३ सालमा सहिद स्मारक लिगको ‘ए’ डिभिजनमा खेलेको थिएँ ।

म भर्खर १७/१८ वर्षकै थिएँ । त्यसभन्दा अगाडि ललितपुरकै एउटा टिमले ‘बी’ डिभिजनसम्म खेलेको थाहा छ, तर मलाई नाम सम्झना छैन । यसले धेरै लामो समय खेलेन । माथिल्लो स्तरको फुटबलमा खेल्ने फ्रेन्ड्स युनियन नै ललितपुरको पहिलो ठूलो नाम हो भन्दा हुन्छ । हामीले ०२३ सालमा लिग उपाधि पनि जित्यौं । यसरी हामी फ्रेन्ड्स युनियन नेपालको माथिल्लो डिभिजनको लिग च्याम्पियन पनि भयो । यो पाटनको सबै ठूलो फुटबल क्लब हो भन्दा हुन्छ । यसलाई समर्थन र सहयोग गर्ने धेरै धाख्वाहरू हुन्थे ।

त्यसैले यसलाई धाख्वाहरूको क्लब पनि भनिन्थ्यो । यही टिमबाट खेल्ने दुई राम्रा खेलाडी पनि थिए । ती हुन् ज्ञानबहादुर धाख्वा र प्रेमकुमार धाख्वा । ज्ञानबहादुर भारतको सिलोङमा पढेर फर्केका थिए । उनलाई फुटबलको राम्रो ज्ञान थियो । त्यसैले उनीले हामीलाई फुटबल सिकाउने काम पनि गर्थे । त्यति बेला टिममा प्रशिक्षक राख्ने चलन भने बसिसकेको थिएन । ज्ञानबहादुर धाख्वा त्यो समयमै ग्य्राजुएसन सकाएर फर्केका थिए, त्यसैले उनी टिमका सिनियर खेलाडी अनि कप्तान थिए ।

जुन दिन दशरथ रंगशालमा फ्रेन्ड्स युनियन र विद्या व्यायाम मन्दिरबीच खेल हुन्थ्यो दर्शकदीर्घा पूर्णतः भरिन्थ्यो । पूरा ललितपुर हाम्रो एकलौटी समर्थक थियो । 

उनैले यसरी खेल्ने भनेर रणनीति तयार पार्थे । खेलाडी चयन गर्ने काम उनकै हुन्थ्यो । लिगमा पनि बरोबर झगडा भइरहन्थ्यो । मेरो आफ्नै खेलजीवन लामो रहेन । ०२३ सालपछि लिग आयोजनाको क्रम पनि टुटेको थियो । हामीले उपाधि जित्दा निर्णायक खेल विद्या व्यायाम मन्दिरविरुद्ध थियो । यो त्यो समयको सबैभन्दा राम्रो टिम थियो । नेपालकै राष्ट्रिय टिमभन्दा पनि हुने । विद्या व्यायाम मन्दिरका अधिकांश खेलाडी सिनियर थिए, हाम्रोमा भने अधिकांश खेलाडी जुनियर ।

जुन दिन दशरथ रंगशालमा फ्रेन्ड्स युनियन र विद्या व्यायाम मन्दिरबीच खेल हुन्थ्यो दर्शकदीर्घा पूर्णतः भरिन्थ्यो । पूरा ललितपुर हाम्रो एकलौटी समर्थक थियो । दुवै टिममा बाहिरका केही खेलाडी थिए । त्यो समय नेपालमा क्यासिनो खोल्ने काम भइसकेको थियो । त्यसमा काम गर्न दार्जलिङ, कालिङपोङ, सिक्किम र देहरादुनबाट नेपाल आउने चलन थियो । त्यसमध्ये केही खेलाडी पनि थिए । हाम्रो टिममा कालिङपोङका राजु राई नामका राम्रा खेलाडी थिए ।यसरी त्यही समय एक प्रकारले विदेशी खेलाडी खेलाउने चलन सुरु भइसकेको थियो भन्दा हुन्छ । त्यतिमात्र होइन, ती खेलाडीलाई पारिश्रमक दिने चलन सुरु भइसकेको थियो । भलै, त्यो पारिश्रमिक धेरै हुन्नथ्यो । एक प्रकारले सेमि-प्रोफेसनल स्थिति थियो । हामी स्थानीय खेलाडीले पारिश्रमक पाउने भन्ने हुँदैनथ्यो । त्यही बेला मैले पहिलो पटक बुट लगाएर खेलें । बुटको मूल्य १६/१७ रुपैयाँ हुन्थ्यो । बुटमा स्टड हुन्थ्यो नै । अनि यो बुट जति च्यातिए पनि सिलाएर नै खेल्ने क्रम जारी हुन्थ्यो । नयाँ फेरेर बुट किन्ने हैसियत कसैको थिएन । (क्रमशः)