जेष्ठ १९, २०८२ आइतबार | ०५:५७:२३
रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल
शनिबारको दिन नेपाली फुटबल

शीर्ष डिभिजनमा प्लानिङ ब्वाइजको उडान

काठमाडौं । राजधानीको पेप्सिकोला टाउन प्लानिङस्थित प्लानिङ ब्वाइज क्लबले यही वर्षको पुसमा हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग पहिलो पटक खेल्ने पक्का भएको छ ।

नेपाली क्लब फुटबलमा शीर्ष डिभिजनको लिग खेल्ने उपलब्धि हासिल गर्नका लागि प्लानिङ ब्वाइजलाई १३ वर्षको संघर्षमय तर उत्साहजनक यात्रा आवश्यक पर्यो । सन् २०१२ मा स्थापना भएको प्लानिङ ब्वाइजले त्यही वर्ष ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिता खेलेको थियो । पहिलो प्रयासमै औपचारिक फुटबल पिरामीडमा छिर्न सफल प्लनिङ ब्वाइजले ‘सी’ डिभिजन लिगमा भने चार सिजन संघर्ष गर्नुपर्यो । अन्ततः तीन वर्ष अगाडि सम्पन्न सहिद स्मारक ‘सी’ डिभिजन लिगमा दोस्रो स्थान हासिल गर्दै टोलीले दोस्रो डिभिजनको हैसियत प्राप्त गर्यो ।

प्लानिङ ब्वाइज(नीलो जर्सी) र झापा एफसी प्रतिस्पर्धा गर्दै, तस्विर सौजन्यः एन्फा । 

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगको ११औं चरणमा मंगलबार बाँसबारी क्लबलाई २-० ले हराएपछि प्लानिङ ब्वाइजको शीर्ष डिभिजन लिग खेल्ने सपना सार्थक भयो ।

क्लबले यसपाली ‘सी’ डिभिजन लिग खेलेकै खेलाडीलाई प्राथमिकतामा राखेर टोली तयार पारेको थियो ।

यो सपना पूरा गर्ने क्रममा प्लािनङ ब्वाइजले एउटा गज्जबको स्मरणीय यात्रा गरेको छ । टोलीले डिभिजन फुटबलमा पछिल्लो दुई सिजन एउटै हार बेहोर्नु परेको छैन । तीन वर्ष अगाडि सम्पन्न सहिद स्मारक ‘सी’ डिभिजन लिगमा क्लबले अपराजित रहँदै दोस्रो डिभिजनको हैसियत प्राप्त गरेको थियो ।  यसपाली पनि अवस्था त्यस्तै छ । बाँकीका दुई खेलमा पनि हार टार्ने हो भने श्रेणी फुटबलमा प्लानिङ ब्वाइजले अर्को एउटा र्कीतिमान बनाउने छ ।

‘हामी अपराजित रहँदै लिगको अन्त्य गर्न चाहन्छौं । अब मात्र दुई खेल बाँकी छन् । दुवै खेलमा आफ्नो तर्फबाट शतप्रतिशत दिन्छौं,’ शीर्ष डिभिजनमा छनोट भएपछि प्लानिङ ब्वाइजका मुख्य प्रशिक्षक सचीन्द्र धिमालले भनेका थिए, ‘सी’ डिभिजनमा पनि हामी अपराजित थियौं । यसपाली पनि त्यही लक्ष्य छ ।’

प्लानिङ ब्वाइज(नीलो जर्सी) र बाँसबारी क्लब प्रतिस्पर्धा गर्दै, तस्विर सौजन्यः एन्फा । 

क्लबले यसपाली ‘सी’ डिभिजन लिग खेलेकै खेलाडीलाई प्राथमिकतामा राखेर टोली तयार पारेको थियो । कप्तान विशाल दर्जी, प्रतापसिंह राई, ओमप्रकाश चौधरी र फागुराम थारुसँगै अन्य ८-९ जना खेलाडी ‘सी’ डिभिजनदेखि नै क्लबसँग साथमा थिए । यी सबै खेलाडी तीन वर्षदेखि सँगै अभ्यास र खेल्ने गरिरहेका थिए । लामो समयदेखि सँगै फुटबल यात्रा अगाडि बढाउँदै आएको समूहमा क्लबले नेपाली राष्ट्रिय यु-१९ टोलीका दुई महत्वपूर्ण खेलाडी सुजन डंगोल र राम थापालाई पनि थपेको थियो । सुजन र राम दुवै भारतमा जारी साफ यु-१९ च्याम्पियनसिपमा नेपाली टोलीबाट पहिलो रोजाईमा मैदान उत्रिइरहेका छन् ।

राम्रो व्यवस्थापन भए शीर्ष डिभिजनको पहिलो सिजनमै च्याम्पियन बन्न सक्ने उदाहरणले प्लानिङको टोलीलाई उर्जा दिएको छ ।

ठ्याक्कै तीन वर्षअघि फरवार्ड फागुरामकै ह्याट्रिकको प्रेरणामा प्लानिङले ओसिस क्लबलाई ५-० को नतिजामा हराउँदै दोस्रो डिभिजनको ढोका खोलेको थियो । यसपाली पनि प्लानिङलाई फागुरामकै रवाफ आवश्यक रह्यो । लिगमा फागुराम उच्च गोलकर्ताको दौडमा शीर्ष स्थानमा छन् । फागुरामले सात गोल गरेका छन् । फागुराम र सुजन (डंगोल)को जोडीले विपक्षी रक्षापंक्तिलाई निक्कै गाह्रो बनाएको थियो । सुजनको नाममा तीन गोल छ ।

स्तरीय खेलाडीको बाहुल्यसँगै अफिसियल र लगानीकर्ताले क्लबलाई राम्रो साथ दिए । कप्तान विशाल टोलीको सफलताको मुख्य कारण टिम वर्कलाई मान्छन् । भन्छन्, ‘डिभिजन फुटबलमा प्रवेश गरेदेखि हामीले शीर्ष डिभिजनको सपना बुनेका हौं । खेलाडीले आफ्नो ठाउँबाट मिहिनेत गरिरहेका थिए नै, हामीलाई व्यवस्थापन पक्षबाट पनि उत्तिकै साथ र हौसला मिल्यो ।’

फागुराम थारु, तस्विर सौजन्यः एन्फा । 

नेपाली फुटबलकै सर्वाधिक सफल मनाङ मर्स्याङ्दी क्लब स्थापना भएको ४३ वर्ष भएको छ । यो अवधिमा मनाङले सबैभन्दा धेरै आठ पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको इतिहास छ । मनाङले लगातार ‘सी’ डिभिजन र ‘बी’ डिभिजन लिगमा च्याम्पियन हुँदै ‘डेब्यू’ सिजनमै शीर्ष डिभिजनमा च्याम्पियन भएको थियो ।

‘नेपालकै ठूलो लिगमा स्थान बनाएका छौं । त्यहाँ पनि आफ्नो शतप्रतिशत दिनेछौं,’  क्लबका महासचिव विनायक लामिछाने भन्छन् । 

२०६६ सालमा स्थापना भएको चर्च ब्वाइज युनाइटेडको कथा पनि त्यस्तै छ । ‘सी’ डिभिजन छनोटमा लगातार पाँचपटक असफल भएको चर्च ब्वाइज जब डिभिजन फुटबलमा उक्लियो । उसले लगातार तीन श्रेणीको उपाधि जितेको छ ।

छोटो समयमा सफलता हासिल गरेको प्लानिङको यात्रा पनि कहिँ न कतै मनाङ र चर्च ब्वाइजसँग मिल्न जान्छ । प्लानिङ र चर्च ब्वाइजको एउटा गज्जबको संयोग के पनि छ भने दुवैले निर्णायक खेलमा बाँसबारी क्लबलाई हराउँदै शीर्ष डिभिजनको हैसियत प्राप्त गरेका हुन् । तीन वर्षअघि ‘बी’ डिभिजन लिगमा बाँसबारीलाई ५-१ ले हराउँदै चर्च ब्वाइज बढुवा भएको थियो । पछि उसले पहिलो प्रयासमै शीर्ष डिभिजन लिग पनि जित्यो ।

‘सी’ डिभिजन लिग च्याम्पियन बनेपछि खुसीयाली साट्दै प्लानिङ ब्वाइज, फाइल तस्विर । 

राम्रो व्यवस्थापन भए शीर्ष डिभिजनको पहिलो सिजनमै च्याम्पियन बन्न सक्ने उदाहरणले प्लानिङको टोलीलाई उर्जा दिएको छ । तर, यसो भनिरहँदा नेपाली फुटबलमा आफ्नो ‘डेब्यु’ सिजनमै रेलिगेसनमा परेका कथा पनि छन् । पछिल्लो सिजनकै कुरा गर्ने हो भने खुमलटार पहिलो सिजनमै रेलिगेसनको शिकार भएको थियो । प्लानिङले यो कुरा पनि राम्ररी बुझेको हुनुपर्छ ।

यस विषयमा क्लबका महासचिव विनायक लामिछाने आगामी चुनौतीका लागि तयार देखिन्छन् । भन्छन्, ‘हामीले जारी सिजन लगभग एक करोड रुपैयाँ खर्च गर्यौं । आज त्यसको फलस्वरुप नेपालकै ठूलो लिगमा स्थान बनाएका छौं । त्यहाँ पनि आफ्नो शतप्रतिशत दिनेछौं । जुनसुकै डिभिजन भए पनि जित्नकै लागि खेल्ने हो ।’