आश्विन २९, २०८२ बिहीबार | २२:४०:०९
लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र
शनिबारको दिन

क्लाइमेक्सतिर युरोपेली फुटबल

काठमाडौं । युरोपेली फुटबलमा सिजन २०२४-२०२५ सकिनै लागेको छ । युरोपका घरेलु लिगमध्ये पाँचलाई प्रमुख मानिन्छ र त्यसमध्ये चारमा लिग विजेताको निर्णय भइसकेको छ । यस बाहेक युरोपेली प्रतियोगितामध्ये तीन वटैमा फाइनल कसकसले खेल्ने हुन् भन्ने विषय निश्चित भइसकेको छ ।

क्लाइमेक्सतर्फ पुगेको युरोपेली फुटबललाई सोलोडोलो एकतर्फी नजरले हेर्न भने सकिन्न ।  किनकी युरोपका प्रत्येक देशको फुटबलका आफ्नै विशेषता छन् । मुख्य पाँच पनि एकअर्कासँग केही न केही रुपमा फरक छन् । अनि समग्र युरोपेली प्रतियोगिताहरुमा निस्कने नतिजाले पनि ठूला क्लबको शीर्षता होडलाई थप रोमाञ्चक बनाउने गर्छ । इङल्यान्ड 

इङ्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुल । 

युरोपका शीर्ष पाँच लिगमध्ये सबैभन्दा पहिला इङल्यान्डमा विजेताको निर्णय भयो । धेरै फुटबल पण्डितको अपेक्षा विपरित यसपाली लिभरपुलले इङलिस प्रिमियर लिगको उपाधि जित्यो ।

आर्ने स्लट प्रशिक्षकका रूपमा भित्रिएको पहिलो सिजनमै लिरभपुल च्याम्पियन हुँदा टोलीलाई उपाधिको होडमा आर्सनलले मात्र साँचो अर्थमा चुनौती प्रस्तुत गर्यो । तर जति जति लिग समाप्तीतर्फ अग्रसर थियो, उतिउति आर्सनलको प्रदर्शन कमजोर बन्दै गयो । नतिजा, लिभरपुल लगभग सजिलैसँग विश्वकै सबभन्दा कठिन लिगमा च्याम्पियन बन्यो । एकसमय युरोपेली फुटबलमै दरिलो प्रभाव छोड्न सफल म्यानचेस्टर सिटी भने कमजोर प्रदर्शनका कारण लगातार पाँचौ सिजन घरेलु उपाधिबाट विमूख भयो ।

स्पेन

 स्पेनिस ला लिगाको उपाधि जितेपछि खुसीयाली मनाउँदै बार्सिलोनाका खेलाडी । 

स्पेनिस ला लिगामा उपाधि विजेताको निर्णय भर्खर भएको हो र यसपाली बार्सिलोना च्याम्पियन भयो । ला लिगामा प्रायः रियाल मड्रिड र बार्सिलोनाबीच नै लिग उपाधिको होड चल्ने गर्छ । अनि जित्ने पनि पालो पालो जस्तै हुन्छ ।

यसपाली उपाधि बार्सिलोनाको नाममा रहँदा रियाल दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । स्पान्योललाई २-० को नतिजामा हराएपछि बार्सिलोनाले उपाधि जित्ने निश्चित भएको थियो । यो जितपछि बार्सिलोनाको ३६ खेलमा ८५ अंक भएको छ । समान खेल खेलेको रियालको खातामा ७८ अंक छ । एक खेलमात्र बाँकी रहेको अवस्थामा सात अंकले पछि परेपछि रियालको उपाधि सम्भावना समाप्त भएको हो ।

जर्मनी

जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख । 

जर्मनीमा भने फेरि एकपटक बायर्न म्युनिख नै च्याम्पियन भइसकेको छ । गत सिजन बायर लेभरकुसनले बायर्नको दबदबामा पूर्णविराम लगाउने क्रममा बुन्डेसलिगा जितेर तहल्का मच्चाएको थियो । कमैले मात्र विश्वास गर्न सके, बायर्नले लिग जितेन् भनेर ।

खासमा जर्मन लिगमा कुनै एक टिमको मात्र लगातार प्रभुत्व चल्छ भने त्यो बायर्नकै मात्र हो । यसपल्ट पनि यस्तै भयो । उपाधि जित्ने क्रममा टोलीले यसपाली पनि लेभरकुसनबाट चुनौती भने सामना गर्नुपर्यो । तर अन्त्यमा बायर्न असाध्यै बलियो देखियो । सबैभन्दा मुख्य कुरा, इङ्ल्यान्डका कप्तान ह्यारी केनले बायर्नको जर्सीमा आफ्नो खेल जीवनकै पहिलो उपाधि जिते ।

इटाली

इटालियन सिरी ‘ए’ को लिग लिडर नापोली । 

इटालीयन सिरी ‘ए’ मा भने च्याम्पियन टिमको निर्णय हुन बाँकी छ । विशेषतः इटालीमा अन्तिम खेलसम्म पनि उपाधिको होड मज्जाले चल्नेछ । त्यहाँ दुई टिम यो होडमा छन्, नापोली र इन्टर मिलान । नेपोलीको ७८ अंक छ भने इन्टरको ७७ । दुई चरणका खेल बाँकी रहँदा उपाधि होडमा रहेका दुई टिमबीच एक अंकको मात्र अन्तरका कारण इटालियन सिरी ‘ए’ को रोमाञ्च अन्तिम खेलसम्म पनि उस्तै हुनेछ ।

फ्रान्स

फ्रेन्च लिग वान च्याम्पियन बनेपछि खुसीयाली मनाउँदै पिएसजीका खेलाडी । 

फ्रान्समा आजभोलि एउटै टिमको मात्र वर्चश्व चल्ने गर्छ र यो अरू कोही नभएर पेरिस सेन्ट जर्मन (पिएसजी) हो । उसले यसपल्ट पनि सजिलै घरेलु लिग जित्यो, अप्रिलमै । लिग तालिका हेर्दै पिएसजीको वर्चश्व स्पष्ट हुन्छ । एक खेल बाँकी छँदा पिएसजीको ८१ अंक छ भने दोस्रो स्थानमा रहेको मार्सेको खातामा ६२ अंक मात्रै  ।

युरोपियन प्रतियोगितायुरोपियन च्याम्पियन्स लिगको फाइनलमा इटालीको इन्टर मिलान र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)बीच भिडन्त हुने पक्का भइसकेको छ । यसैगरी महादेशीय क्लब फुटबलमा दोस्रो श्रेणीको मानिने युरोपा लिगको उपाधि भिडन्त दुई इङ्लिस टिमबीच हुने भएको छ । युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाइटेड र टोटनहमले स्थान पक्का गरेका छन् । यसैगरी पछिल्ला वर्षहरुमा स्थापित हुने क्रममा रहेको कन्फ्रेन्स लिगको फाइनलमा भने चेल्सीले रियाल बेटिससँग प्रतिस्पर्धा गर्नेछ ।