आश्विन २९, २०८२ बिहीबार | २२:४०:०७
लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र
शनिबारको दिन नेपाली फुटबल

महिला फुटबलमा आस पलाएको वर्ष

काठमाडौं । महिला घरेलु फुटबलको हकमा वर्ष २०८० सकारात्मक रह्यो । चेलीहरूले फुटबलबाहेक अन्य कुरा सोच्नै भ्याएनन् ।

वर्षको सुरुआती महिना वैशाखमा सुर्खेतको कर्णाली रंगशालामा एन्फा राष्ट्रिय महिला लिगको छनोट खेल भएको थियो । तीन महिनापछि अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालय मैदानमा एन्फा राष्ट्रिय महिला लिग २०२४-२५ सुरु भयो । यो लिग नेपाली महिला फुटबल इतिहासकै सबैभन्दा लामो लिग रह्यो । दुई चरणमा खेलाइएको लिग ६ महिनासम्म चलेको थियो ।

पहिलो चरणमा १० टोलीको सहभागिता थियो । सिंगल राउन्ड रोबिन पद्धतिअनुसार अंकतालिकामा शीर्ष पाँचभित्र अटाएका टोलीले दोस्रो चरण अर्थात् सुपर लिगमा स्थान बनाए । सुपर लिग डबल राउन्ड रोविन पद्धतिमा खेलाइएको थियो । जहाँ शीर्ष चारमा अटाउनेले इलिमिनेटर र क्वालिफायर शैलीको प्लेअफ समीकरणमा स्थान बनाएको थियो । अन्त्यमा च्याम्पियन बन्यो सशस्त्र प्रहरी बलको एपिएफ क्लब । फाइनलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ४-० ले हराएको थियो ।

एन्फा राष्ट्रिय महिला लिगको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै एपिएफ क्लबका खेलाडी, तस्विरः सरोज सापकोटा/खेलाडी

फिटनेसमा संघर्ष गरिरहेका खेलाडीलाई लिगले फाइदा पुर्याउँदा लय गुमाएका र चोटबाट पुनरागमन गरेका खेलाडीले आफ्नो पुरानो लय समात्न सफल भए ।

यो लिग नेपाली फुटबल इतिहासकै लामो रहँदा यसको ढाँचालाई लिएर एन्फाले आलोचना सामना गर्नुपर्यो । किनभने च्याम्पियन टोली एपिएफले नेपाल पुलिसविरुद्ध लिग चरण र प्लेअफ गरी कुल पाँच पटक प्रतिस्पर्धा गर्नुपरेको थियो । अनेकौं प्राविधिक त्रुटि र क्लबहरूको आन्तरिक झमेलाबीच लिगका केही सकारात्मक पक्षहरू रहे । सुरुमा त साढे दुई वर्षपछि महिला खेलाडीले बल्ल घरेलु लिग खेल्ने मौका पाए । यसबाहेक विर्सना चौधरी, सजनी थोकर, सेमिहाङ्मा लिम्बू, मनमाया दमाई, सावित्री किसन, सुष्मा तामाङ, सुक्रिया मियाँजस्ता युवा खेलाडीहरू आफ्नो परिचय दिन सफल भए ।

अन्तर्राष्ट्रिय च्याम्पियनसिपपछि महिला फुटबलमा मोफसलमै दुइटा आमन्त्रण प्रतियोगिता भए । यी दुवै प्रतियोगितामा एपिएफ च्याम्पियन बन्यो । 

फिटनेसमा संघर्ष गरिरहेका खेलाडीलाई लिगले फाइदा पुर्याउँदा लय गुमाएका र चोटबाट पुनरागमन गरेका खेलाडीले आफ्नो पुरानो लय समात्न सफल भए । जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाउने नेपाली टोलीलाई भयो ।

यति लामो लिगलाई आधार मानेर अन्तर्राष्ट्रिय फुटबलका दुई प्रतियोगिता कात्तिकमा सम्पन्न साफ च्याम्पियनसिप र फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि टोली निर्माण गरिएको थियो । पहिलो चरणमा गरेको प्रदर्शनका आधारमा कात्तिक महिनामा घरेलु भूमिमा आयोजना भएको साफ च्याम्पियनसिपको सातौं संस्करणका लागि टोली निर्माण गरिएको थियो । साफ च्याम्पियनसिपमा बिडम्बनापूर्ण छैटौं हारपछि पुस महिनामा लिगको दोस्रो चरण सुरु भयो । नेपाली टोलीले दोस्रो चरणलगत्तै लेवनान, किर्गिस्तान र म्यानमारसम्मिलित अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेलेको हो । यो प्रतियोगितामा पनि नेपाल फाइनलमा निराश बन्न पुग्यो । साफ च्याम्पियनसिपमा बंगलादेशसँग २-१ ले पराजित भएको नेपाली टोलीमाथि यो प्रतियोगितामा म्यानमारले २-० को जित हासिल गरेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालको यो १३औं  फाइनल हार हो ।

एन्फा राष्ट्रिय महिला लिग २०२४–२५ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दै, तस्विर सौजन्यः एन्फा ।

अन्तर्राष्ट्रिय च्याम्पियनसिपपछि महिला फुटबलमा मोफसलमै दुइटा आमन्त्रण प्रतियोगिता भए । यी दुवै प्रतियोगितामा एपिएफ च्याम्पियन बन्यो । फागुन अन्तिम साता इलाममा भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपमा एपिएफले फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २-१ ले हरायो । त्यस्तै चैत महिनामा चितवनमा भएको राष्ट्रिय महिला फुटबल प्रतियोगितामा पनि एपिएफले बाजी मार्यो । यसपालि पनि आर्मीले उपविजेतामा चित्त बुझायो । एपिएफ टाइब्रेकरमा ४-२ ले विजयी भएको थियो ।

महिला खेलाडीले वर्ष २०८२ को सुरुआती हप्ता नै लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको पहिलो संस्करण खेल्नेछन् । नेपालगन्जमा हुने यस प्रतियोगिता वैशाख ५ देखि १५ सम्म हुँदै छ । यही वर्ष एन्फाले महिला फ्रेन्चाइज लिग गर्ने गरी वार्षिक क्यालेन्डर पनि पारित गरेको छ । घरेलु लिगमा कुनै पनि ढिलासुस्ती नगर्ने हो भने महिला खेलाडीले यस वर्ष पनि फुटबलबाहेक अन्य कुरा सोच्न भ्याउने छैनन् ।