काठमाडौं । अहिले चलिरहेको एन्फा राष्ट्रिय महिला लिग फुटबल हो चाहिँ के ? लिग ? कप ? कि फ्रेन्चाइज लिग ? अथवा अरू कुनै । यसमा ती सबै स्वरूपका केही न केही गुण छन् । त्यसैले प्राविधिक रूपमा असाध्यै धेरै विरोधासापूर्ण देखिन्छ ।
जसरी यो प्रतियोगिता चलिरहेको छ । यो यस्तै हो भनेर भन्नै गाह्रो छ । किनभने जसरी यसको आयोजना भएको छ, त्यो आफैमा अन्योलपूर्ण छ । अझ यो प्रतियोगितालाई सरासर हेर्दा लाग्छ, यो एउटा प्रतियोगिता होइन, बरू तीनवटा प्रतियोगिता हो ।
तर, आयोजना सकिएको भने एउटै छैन । प्रतियोगितालाई लम्ब्याउने नाममा भएको यो एउटा गलत अभ्यास भएको छ । सबैभन्दा पहिले, राम्रोलाई राम्रो नै भनौं, यसपल्ट महिला लिगले लामो समय पाएको छ, धेरै खेल भए ।
वैशाखमा सुर्खेतमा महिला लिग छनोट भएको थियो । त्यसमा सात टिम थिए, एक आपसमा ६ चरणमा खेले । यस्तोमा २१ खेल भए । कोशी र सुदूरपश्चिम शीर्ष दुई स्थानमा रहे । सहभागी अरू टिम थिए कर्णाली, मधेश, गण्डकी, लुम्बिनी र बागमती ।
प्रायः महिला फुटबलमा गुनासो हुन्थ्यो, खेलाडीले खेल्नै पाएन । प्रतियोगिता आकलझुक्कल हुन त हुन्थ्यो, तर नाम मात्रको हुन्थ्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई महिलाको प्रतियोगिता सुरु गरेपछि सकाउनै हतार हुन्थ्यो ।
यसपल्ट गजब नै भयो । वैशाखमै महिला फुटबल लिगको छनोट सुरु भयो । अहिले लिगकै दोस्रो चरण चलिरहेको छ । प्लेअफ त अझ बाँकी नै छ ।
मज्जाले दाबी गर्न सकिन्छ, वर्ष २०८१ मा जत्तिको महिला फुटबलको खेल कहिले पनि भएकै थिएन । यो त्यही वर्ष रह्यो, जतिबेला पुरुषतर्फ लिगका एकै खेल भएका छैनन्, त्यो भनेको माथिल्लो डिभिजनको ।
वैशाखमा सुर्खेतमा महिला लिग छनोट भएको थियो । त्यसमा सात टिम थिए, एक आपसमा ६ चरणमा खेले । यस्तोमा २१ खेल भए । कोशी र सुदूरपश्चिम शीर्ष दुई स्थानमा रहे । सहभागी अरू टिम थिए कर्णाली, मधेश, गण्डकी, लुम्बिनी र बागमती ।
त्यसपछि भदौमा महिला लिगको पहिलो चरण सुरु भएको थियो । त्यसमा १० टिम थिए । ती हुन् एपीएफ, आर्मी र पुलिस । सँगै वालिङ, कोशी, बागमती, संकटा, चन्द्रपुर, कर्णाली र सुदूरपश्चिम ।
फाइनल पुग्दैमा उपाधि जित्यो भनेर ढुक्क हुन सक्ने स्थिति हुन्न । यो त लिग खेलिरहेको एपिएफप्रति अन्याय नै भयो । यो त महिला लिगलाई राम्रो गर्न खोज्ने असली नियतको खराब परिणाम नै हो । विश्व फुटबलमा जसरी अहिले लिग चलिरहेको छ, त्यो नै सर्वमान्य हो ।
यसरी पहिलो चरणमा ४५ खेल भएको थियो । अहिले दोस्रो चरण चलिरहेको छ, केहीले यसलाई सुपर लिग पनि भनेका छन् । यसमा पाँच टिम छन्, तिनी तीन विभागीय टिम, अनि बागमती युवा र वालिङ नगरपालिका टिम ।अझ त यो दोहोरो राउन्ड रोबिनको आधारमा चल्यो, त्यस अर्थमा २० खेल हुनेछ । तर प्रतियोगिताले अहिलेसम्म च्याम्पियन टिम पाएको छैन । प्लेअफका चार खेल बाँकी नै छ ।
यस्तोमा यसपल्ट महिला फुटबलमा पर्याप्त खेल भए । अझ त्यो पनि एक दिन बिराएर खेल्नुपर्ने बाध्यता । केही पनि नभइरहेको महिला घरेलु लिगमा यति धेरै खेल हुनु राम्रो हो ।
लिगको ढाँचालाई लिएर मात्र प्रश्न हो । यो प्रतियोगिता ठ्याक्कै लिग हुन्थ्यो त एपिएफ क्लबले यसको उपाधि जितिसकेको अवस्था हुन्थ्यो । अझभन्दा उपाधिका लागि यो नै एकमात्र दाबेदार देखिएको छ । प्लेअफमा कुनै एक खेलमा उसका लागि खराब दिन रह्यो भने उपाधि उसको नहुन सक्छ । यो जोखिम छ । एपिएफलाई सबैभन्दा पहिले क्वालिफायर-१ काट्नुपर्यो, होइन भने इलिमिनेटर खेल्नुपर्ने डर पनि छ ।
विशेषज्ञ राखेर नेपालमा महिला फुटबल कसरी अगाडि बढाउनुपर्छ भनेर छलफल चलाउँदा पनि भयो । यति कुरा गर्दैगर्दा एन्फाले यसपल्ट महिला फुटबल यति धेरै लामो समय चलाएकोमा धन्यवाद भने भन्नैपर्छ ।
अझ फाइनल पुग्दैमा उपाधि जित्यो भनेर ढुक्क हुन सक्ने स्थिति हुन्न । यो त लिग खेलिरहेको एपिएफप्रति अन्याय नै भयो । यो त महिला लिगलाई राम्रो गर्न खोज्ने असली नियतको खराब परिणाम नै हो । विश्व फुटबलमा जसरी अहिले लिग चलिरहेको छ, त्यो नै सर्वमान्य हो । सयौं वर्षदेखि यसको स्वरूप परीक्षणबाट गुज्रिइसकेको छ । अहिले यो नै ठीक छ । त्यो भनेको सबैले सबैविरुद्ध खेल्ने । एकपल्ट वा दुईपल्ट ।
अन्त्यमा जो अगाडि रह्यो, जसले बढी अंक जित्यो त्यही विजेता । नेपाली महिला लिगका लागि सही स्वरूप पनि यही हो, अन्य हुन सक्दैन । धेरै खेल खेलाउन अन्य उपाय हुन सक्छन् ।
त्यो लिगको छनोटलाई दोस्रो डिभिजन भनेको भए ? अब हुने प्लेअफलाई अलग्गै प्रतियोगिता मानेर सुपर कपको जस्तो रूप दिन पाएको भए ? यी त सबै सम्भावना मात्रै हुन्, कुनै ठ्याक्कै उपाय भने होइन ।
खास कुरा के भने एन्फाले अबको वर्षमा अहिले जसरी महिला फुटबल भएको छ, त्यसको आकार अझ बढाउनुपर्नेछ । त्यसलाई अझ व्यवस्थित बनाउनुपर्नेछ । विश्व फुटबलमा जुन सर्वमान्य ढाँचा छ, त्यसैलाई अगाडि बढाउनुपर्छ ।
विशेषज्ञ राखेर नेपालमा महिला फुटबल कसरी अगाडि बढाउनुपर्छ भनेर छलफल चलाउँदा पनि भयो । यति कुरा गर्दैगर्दा एन्फाले यसपल्ट महिला फुटबल यति धेरै लामो समय चलाएकोमा धन्यवाद भने भन्नैपर्छ ।