चैत्र १४, २०८२ शनिबार | २२:०९:३५
हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ?
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

लिभरपुल–युनाइटेड प्रतिद्वन्द्विताको फरक मोड

काठमाडौं । इङ्लिस फुटबलमा जतिबेला पारम्परिक र ऐतिहासिक फुटबल प्रतिद्वन्द्विताको कुरा आउँछ, त्यतिबेला सबैले सम्झने भनेकै लिभरपुलविरुद्ध म्यानचेस्टर युनाइटेड नै हो । भन्ने गरिन्छ, यदि कोही लिभरपुल समर्थक हो भने उनको पहिलो गुन हुनुपर्छ, युनाइटेडप्रति घृणा । र, यसका अनेक पारम्परिक र ऐतिहासिक कारण छन् ।इङ्लिस प्रिमियर लिगमा भोलि आइतबार यिनै दुई क्लब भिड्दै छन् । दुवै इङ्लिस फुटबलका सबैभन्दा सफल क्लब हो । यसपल्टको भिडन्त भने यसअघिका भन्दा धेरै अर्थमा फरक छ । एनफिल्डमा हुने यस खेललाई लिएर अनुमान छ, सायद लिभरपुल ठूलै अन्तरले विजयी हुनेछ । कारण, यो क्लब आफै लयमा छ, अंकतालिकाको शीर्षस्थानमा पनि छ ।

प्रशिक्षकका रूपमा आर्ने स्लट आएयता लिभरपुलको प्रदर्शन अचम्मले राम्रो भएको छ । टोलीको १८ खेलबाट ४५ अंक भएको छ । गत सिजन अन्त्यमा योर्गन क्लोपले टिम छाड्ने भनेपछि अब के हुने हो भन्ने डर तयार भएको थियो । सायद कसैले पनि सोचेका थिएनन् लिभरपुलले यो सिजन यति राम्रो खेल्नेछ ।

युनाइटेड लिभरपुलभन्दा २३ अंकले पछाडि छ अनि चौथो स्थानमा रहेको चेल्सीको भन्दा १३ अंक कम छ । जबकि युनाइटेड रेलिगेसन क्षेत्रबाट सातै अंकमात्र अगाडि हो । 

लिभरपुललाई यसपल्ट कसैले उपाधि जित्नबाट रोक्न नसक्ने अनुमान छ । यसको ठीक विपरीत युनाइटेड असाध्यै खराब हालतमा छ । अहिले ठ्याक्कै टिम १९ खेलबाट २२ अंक लिएर १४औं स्थानमा छ । भर्खरै होभन्दा हुन्छ, क्लबमा नयाँ प्रशिक्षक भित्रिएको । उनी हुन्, रुबेन एमोरिम । उनी आएयता युनाइटेडको लय उल्टै सबैभन्दा खराव बनिरहेको छ ।

त्यसैले एमोरिम स्वयंले भनिसकेका छन्, यसपल्ट क्लबको उद्देश्य रेलिगेसनबाट बच्ने नै हुनेछ । त्यसका लागि टिमले सबैभन्दा पहिला राम्रो खेल्न सुरु गर्नुपर्छ । युनाइटेडमा यसअघिका प्रशिक्षक थिए, एरिक टेन ह्याग । उनले पनि के मात्र गरेनन्, युनाइटेडको खेल उकास्न । तर, सकेनन्, क्लबले पनि हार खाएर उनलाई बर्खास्त गरिदियो ।

लिभरपुल र युनाइटेड प्रतिस्पर्धा गर्दै, फाइल तस्विर ।

युनाइटेड लिभरपुलभन्दा २३ अंकले पछाडि छ अनि चौथो स्थानमा रहेको चेल्सीको भन्दा १३ अंक कम छ । जबकि युनाइटेड रेलिगेसन क्षेत्रबाट सातै अंकमात्र अगाडि हो । त्यसैले एमोरिमको इमान्दारीपूर्ण स्वीकारोक्ति वास्तविकता पनि हो । सायद युनाइटेड रेलिगेसन नै परिहाल्ने छैन । टोलीबाट चाँडै राम्रो प्रदर्शनको आस पनि छैन ।

यहाँनिर एउटा तथ्य भने महत्त्वपूर्ण छ । यो हो, जब यी दुई टिम भिड्ने गर्छन्, त्यतिबेला यसअघिका खेलमा के कस्तो भएको थियो, त्यसले खासै अर्थ राख्दैन । त्यसैले युनाइटेडसामु मौका छ, सके लिभरपुललाई हराउने या नसके रोक्ने । लिभरपुलमाथि यही बेला जित निकाल्ने हो भने यसले टिमको उत्साह नै अर्को हुनेछ । भलै, यो काम सजिलो छैन ।

लिभरपुलले यसपल्ट प्रिमियर लिग जित्छ भने यसले इङ्लिस फुटबलमा जितेको माथिल्लो डिभिजनको उपाधि २० पुग्नेछ । युनाइटेडले पनि जितेको माथिल्लो डिभिजनको उपाधि भनेको २० नै हो । त्यसैले युनाइटेडलाई खुसी नै हुनेछ, यदि लिरभपुललाई उपाधि जित्नबाट रोक्न सानै योगदान दिनसके पनि ।