आश्विन २९, २०८२ बिहीबार | २२:४२:५३
लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र
शनिबारको दिन फिफा विश्वकप २०२६ एसियाली छनोट

के भइरहेछ एसियाली विश्वकप छनोटमा ?

काठमाडौं । एसियाली विश्वकप फुटबल छनोट अहिले तेस्रो चरणमा छ । यो क्षेत्रका फुटबल शक्तिहरू अमेरिकासहित तीन देशमा हुने सन् २०२६ मा हुने विश्वकपमा सिधा प्रवेशका लागि प्रयासरत छन् । के छ अहिलेको स्थिति ? तेस्रो चरणमा कुल १८ टिम छन् । तिनलाई तीन समूहमा विभाजन गरिएको छ । भनेपछि प्रत्येक समूहमा ६-६ टिम छन् ।

प्रत्येक टिमले अर्कोसँग दुईपल्ट खेल्नेछन् । अहिले प्रत्येक समूहमा ६ चरणको खेल सकिसकेको छ, अब ६ खेलमात्रै बाँकी छ । प्रत्येक समूहको शीर्ष दुई स्थानमा रहने टिमले विश्वकपमा सिधा प्रवेश पाउनेछ ।

सबैभन्दा पहिले समूह ‘ए’ मा जाने हो भने अपेक्षाअनुसार १६ अंकसहित इरान नै अगाडि छ । इरानलाई सायद अब रोक्न सकिन्न ।

विश्वकपको एसिया छनोट आफैंमा लामो छ । यसको चौथो चरण पनि हुनेछ । यसमा ६ टिम हुनेछन् । यी हुनेछन् तेस्रो चरणको प्रत्येक समूहमा तेस्रो र चौथो स्थानमा रहेका टिम ।

प्रश्न हो, दोस्रोमा को होला ? सम्भवतः उज्वेकिस्तान आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकप छनोट हुने बलियो सम्भावनाबाट गुज्रिरहेको छ । टोलीसँग १४ अंक छ । यो तेस्रोमा रहेको यूएईमाथि ३ अंकको अग्रता हो ।

समूह ‘बी’ मा दक्षिण कोरिया अगाडि छ र टोलीसँग १४ अंक छ । उसको पछाडि इराक ११ अंकमा छ । यस समूहबाट पनि दक्षिण कोरिया विश्वकपमा छनोट हुने लगभग निश्चित जस्तै छ ।

जापानिज राष्ट्रिय फुटबल टोली । 

समूह ‘सी’ मा जापानको १६ अंक छ । यो टिम लगभग विश्वकपमा छनोट भइसक्यो भन्दा हुन्छ । दोस्रोमा छ अस्ट्रेलिया । टोलीसँग ७ अंकमात्र छ । टोलीको ठीक पछाडि ६ अंकसहित इन्डोनेसिया छ । इन्डोनेसियापछि साउदी अरेबिया ६ अंकमै छ ।

यस्तोमा इन्डोनेसियाले पनि विश्वकप छनोटको सपना छोडेको छैन । भर्खरै इन्डोनेसियाले साउदी अरेबियालाई हराएर तहल्का मच्चाएको थियो । जापानलाई छाडेर यो समूहमा जे पनि हुनसक्छ, किनभने पुछारका दुई स्थानमा रहेका बहराइन र चीनसँग पनि ६ अंक नै छ ।

विश्वकपको एसिया छनोट आफैंमा लामो छ । यसको चौथो चरण पनि हुनेछ । यसमा ६ टिम हुनेछन् । यी हुनेछन् तेस्रो चरणको प्रत्येक समूहमा तेस्रो र चौथो स्थानमा रहेका टिम । यी ६ टिमलाई पनि दुई समूहमा विभाजन गरेर खेल हुनेछ । यसको समूह विजेता दुई टिम विश्वकपमा पुग्नेछन् । दोस्रो स्थानमा रहने टिमको सम्भावना अझै कायम हुनेछ ।

पाँचौं चरणमा दुई टिम हुनेछ । तिनीहरूबीच प्लेअफ चल्नेछ । यी हुनेछ चौथो चरणको समूह उप–विजेता । यसको विजेताले विश्वकप प्रवेशका लागि अन्तरमहादेशीय प्लेअफ खेल्नेछ । छनोटको दोस्रो चरणबाट बाहिरिएका २४ टिमले भने अब सन् २०२७ को एसिया कप छनोट खेल्नेछन् । यसमा नेपाल पनि पर्दछ । 

ओमानविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै इराकका खेलाडी ।