असार १८, २०८२ बुधबार | १०:३८:०१
डर्टमन्डले क्वार्टरफाइनलमा रियाल मड्रिडको सामना गर्ने फ्रेन्च लिग वानमा फर्किए ओलिभर जिरुड कठिन जित निकाल्दै रियाल मड्रिड क्वार्टरफाइनलमा नेपाल र श्रीलंका भिड्दै जानिक सिनर दोस्रो चरणमा पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन डर्टमन्डले क्वार्टरफाइनलमा रियाल मड्रिडको सामना गर्ने फ्रेन्च लिग वानमा फर्किए ओलिभर जिरुड कठिन जित निकाल्दै रियाल मड्रिड क्वार्टरफाइनलमा नेपाल र श्रीलंका भिड्दै जानिक सिनर दोस्रो चरणमा पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

स्लट आएपछि जागेको लिभरपुल

काठमाडौं ।  यसपल्टको युरोपेली क्लब फुटबलमा कुनै एक क्लबको प्रदर्शनले सबै आश्चर्यमा परेका छन् भने त्यो लिभरपुल हो । आश्चर्य के तथ्यमा होइन भने लिभरपुलले यस पटक राम्रो खेलिरहेको छ । क्लबमा एकसेएक खेलाडी छन् । लिभरपुलले राम्रो नखेले कसले खेल्छ त ? त्यसमध्ये एक मोहम्मद सलाह नै भए ।

खासमा सबैलाई आश्चर्य लागेको तथ्य हो, नयाँ व्यवस्थापक आर्ने स्लटले जसरी टिमलाई अगाडि बढाएका छन् । त्यो भने अविश्वसनीय छ । उनी आएयता लिभरपुलले कीर्तिमानी प्रदर्शन गरिरहेको छ । यसलाई भन्न सुरु भएको छ, ‘लिभरपुलमा स्लटको प्रभाव’ ।

कुरा यसरी सुरु हुन्छ, गत सिजन अन्त्यतिर व्यवस्थापक योर्गन क्लोपले सबैलाई स्तब्ध पार्दै एउटा घोषणा गरेका थिए । उनको त्यो घोषणा थियो, लिभरपुल छाड्ने । किनभने लगातारको दबाबले गर्दा उनी त्यसलाई अझ बढी सहन सक्ने स्थितिमै रहेनन् । एक प्रकारले उनी आराम चाहन्थे ।

कप्तान भर्गिल भान डाइकसँग आर्ने स्लट । 

लिभरपुलमा क्लोपको स्थान कोही लिजेन्डरीको भन्दा कम छैन । उनको नेतृत्वमा लिभरपुलले लगभग सबै उपाधि जित्यो, युरोपेली च्याम्पियन्स लिगदेखि एफए र लिग कप । सबैभन्दा ठूलो जित त इङ्लिस प्रिमियर लिग नै थियो । नत्र लिभरपुलले प्रिमियर लिग सुरु भएयता लिग जितेकै थिएन ।

लिभरपुलको यो कीर्तिमानी प्रदर्शनमा स्लट आफैं पनि खुसी छन् । उनी तर्क गर्छन्, आखिरमा कीर्तिमान भनेको कीर्तिमान नै हो, यसले खुसी त दिन्छ नै । तर मूल प्रश्न अर्कै छ । यो कीर्तिमानी प्रदर्शनले लिभरपुललाई के उपाधि दिलाउने छ त ?

यस्तोमा स्लट आएपछि लिभरपुलमा के हुनेछ भन्ने एक प्रकारको शंका थियो । हुन त स्लटबाट धेरै सुन्न पाइएको थिएन । नेदरल्यान्ड्सतिर कतै उनी गुपचुप काम गरिरहेका थिए । लिभरपुलको नजरमा परिहाले । अहिले तिनैले तहल्का मच्चाइरहेका छन् ।

लिभरपुलले भर्खरै युरोपेली च्याम्पियन्स लिगमा लाइप्जिगलाई हराएको छ । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा लिभरपुलको प्रदर्शन शतप्रतिशत राम्रो देखिरहेको छ । प्रिमियर लिगमै पनि लिभरपुल अहिले शीर्षस्थानमा छ । दुवैतिर अगाडि छ ।

यो क्लबको इतिहास १३२ वर्ष पुरानो छ । यति धेरै समयमा नभएको अहिले भइरहेको छ । लिभरपुलले यसपालि नै पहिलो पटक सिजनको सबै ६ अवे म्याच जितेको छ । सिजनको सुरुआती १२ मध्ये ११ खेलमा विजयी स्लट नै पहिलो प्रशिक्षक हुन् ।

खेलका दौराअ आफ्ना खेलाडीलाई निर्देशन दिँदै आर्ने स्लट । 

लिभरपुलको यो कीर्तिमानी प्रदर्शनमा स्लट आफैं पनि खुसी छन् । उनी तर्क गर्छन्, आखिरमा कीर्तिमान भनेको कीर्तिमान नै हो, यसले खुसी त दिन्छ नै । तर मूल प्रश्न अर्कै छ । यो कीर्तिमानी प्रदर्शनले लिभरपुललाई के उपाधि दिलाउने छ त ?

फुटबल पण्डित जति एउटा तथ्यमा के सहमत छन् भने कीर्तिमानी प्रदर्शन आफ्नो स्थानमा छ, तर यसले उपाधि दिलाउन सकेन भने त्यसको खासै ठूलो अर्थ हुन्न । यो तथ्य अहिलेको लिभरपुलमा पनि लागू हुन्छ । पछि सम्झिने भनेको त च्याम्पियन टिमलाई मात्र हो ।

यसमा स्लट आफैं पनि सहमत छन् । मान्छन्, कुनै उपाधि जित्न सकिएन भने कीर्तिमानी प्रदर्शनको कुर्न अर्थ रहन्न । उनी मान्छन्, सिजन अगाडि बढ्दै गएपछि सबै प्रस्ट भएर आउने छ । त्यसैले अहिलेका लागि स्लट र लिभरपुलको काम आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्ने हो ।