फाल्गुन १२, २०८२ मंगलबार | ०१:४९:१७
फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

फुटबलमा ‘डार्क आर्ट्स’

काठमाडौं ।  फुटबलमा ‘डार्क आर्ट्स’, के हो त यो ? कालो जादु ? टुनामुना ? पछिल्लो समय फुटबलमा ‘डार्क आर्ट्स’ बारे चर्चा चुलिएको छ । यसको अर्थ ठ्याक्कै फुटबलमा कालो जादु भने होइन । न त टुनामुना नै । एक साता जति अगाडि इङ्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीबीचको खेल निकै रोमाञ्चक रह्यो ।पहिलो हाफको इन्ज्युरी समयमै १० खेलाडीमा सीमित आर्सनलले सिटीसँग २-२ को बराबरी खेल्यो । खेल मैदानभित्र जति रोमाञ्चक थियो, मैदान बाहिर पनि यसको उतिकै चर्चा रह्यो । कारण थियो, फुटबलमा बिरलै सुनिने शब्द ‘डार्क आर्ट्स’ बारे बहस । के हो त ‘डार्क आर्ट्स’ ? सरल भाषामा भन्नुपर्दा यो फुटबल पिचमा आफू अनुकूल फाइदा उठाउन टिमहरूले प्रयोग गर्ने एउटा विवादास्पद रणनीति हो ।

तथ्यांकअनुसार हेर्ने हो भने ओप्टाका अनुसार प्रिमियर लिगमा सबैभन्दा बढी समय खेर फाल्ने टिममा आर्सनल र एस्टन भिल्ला सँगसँगै पहिलो स्थानमा पर्छन् ।  

विपक्षीको लयमा बाधा पुर्याउन र मनोवैज्ञानिक फाइदा प्राप्त गर्न समय खेर फाल्ने, घाइते भएजस्तो गरेर पिचमा मेडिकल सहायता लिने र झिना मसिना फाउल गरेर वा बललाई पिच बाहिर प्रहार गरेर खेल सुस्त बनाउनु नै हो, खासमा ‘डार्क आर्ट्स’ । यसकै प्रयोग गरेर खेल बराबरी गरेको आरोप आर्सनलमाथि लागेको थियो ।

आर्सनल र म्यानचेस्टर सिटी प्रतिस्पर्धा गर्दै । 

केही सिटी खेलाडीले आर्सनलमाथि सिधा सिधा यस्तो आरोप लगाए । आर्सनलका व्यवस्थापक मिकेल आर्टेटाले यसबारे उत्तर दिएका छन् । उनले यसबारे विगतबाट सिकेको समेत प्रतिक्रिया दिए । उनले भनेका थिए, ‘हामीले जुन खेल खेल्नुपर्ने थियो, त्यही खेल खेल्यौं । फुटबलमा यो सामान्य नै हो ।’ आर्सनल १० खेलाडीमा सीमित भएपछि आर्सनलले यसरी खेलेको थियो ।

तथ्यांकअनुसार हेर्ने हो भने ओप्टाका अनुसार प्रिमियर लिगमा सबैभन्दा बढी समय खेर फाल्ने टिममा आर्सनल र एस्टन भिल्ला सँगसँगै पहिलो स्थानमा पर्छन् । प्रिमियर लिगको नियमअनुसार टिमले गोल-किक र फ्रिकिकबाट खेल फेरि सुचारु गर्नका लागि कुनै पनि निर्धारित समय तोकिएको छैन ।यसको स्थानमा रेफ्रीले नै खेल पुनः सुरु गर्दा खेलाडीले कति बढी समय लिने भन्ने निर्णय गर्नुपर्छ । प्रिमियर लिगमा मात्र नभएर अन्य ठूला लिगमा पनि यस्तै स्थिति छ । आलोचक र विज्ञले ‘डार्क आर्ट्स’ रणनीति अनुचित रहेको र खेल मर्यादा कमजोर पार्ने तर्क गर्छन् । कुनै टिमले आफ्नो फाइदाका लागि यसलाई प्रयोग गर्छन् भने यसले खेलभावना मर्ने आरोप छ ।

तर निश्चित छ, फुटबलमा यो ‘डार्क आर्ट्स’ कहिल्यै हराउने छैन ।