आश्विन ५, २०८१ शनिबार | ०७:०१:०५
राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने
शनिबारको दिन आरसिटी

आरसिटीको नयाँ प्रयोग

काठमाडौं । नेपालकै सर्वाधिक सफल क्लबमध्येको एक रानिपोखरी कर्नर टिम आरसिटीले एउटा नयाँ प्रयोगको थालनी गरेको छ । काठमाडौं कमलाक्षीस्थित क्लब भवनमा आरसिटीले गत सोमबार मात्र विद्यमान संग्राहलयको उद्घाटन गर्यो । एकहिसाबमा भन्ने हो भने नेपाली फुटबलमा यो एउटा नौलो सुरुआत हो ।

के हो विद्यमान संग्रहालय भनेको ? आरसिटीले भवनको सानो कोठामा आफूले अहिलेसम्म जितेका शिल्ड, पदक, प्रमाणपत्र, पुराना जर्सी तथा खेलपोशाक तथा तस्बिरहरु संग्रहित गरेको छ । नेपाली फुटबल मन पराउनेका लागि यो संग्रहालय ज्ञानको कोठा बन्न सक्छ जहाँ उनीहरुले आरसिटी र केही राष्ट्रियस्तरका उपलब्धिहरुलाई नजिकबाट बुझ्न सक्नेछन् ।

आरसिटीको.स्थापना वि.सं १९८९ मा भएको हो । अहिले क्लब ९१ वर्ष पुरानो भइसक्यो । यो अवधिमा आरसिटीले कति उपाधि जित्यो त ? यस्को उत्तर खोज्न खेलप्रेमीले केही दुःख गर्नु पर्दैन, संग्राहलय धाए पुग्छ ।

आरसिटीले इतिहासमै पहिलो पटक लगातार तीन पटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । यो उपलब्धि आरसिटीले २०२८, ०२९ र ०३० सालमा हासिल गरेको हो । 

‘हाम्रो पहिलो लक्ष्य भनेको विद्यार्थीहरुलाई आरसिटी र समग्र नेपाली फुटबलको इतिहासलाई देखाऔं भन्ने हो । विद्यालय हप्ताको ६ दिन खुल्छ । उनीहरुको भ्याउने समयलाई मध्यनजर गर्दै संग्रहालय खोल्ने योजना बनाएका छौं । यसबारे थप छलफल गर्नेछौं,’ संग्राहलयका संयोजक नरेश वैद्यले बताए ।

आरसिटीले इतिहासमै पहिलो पटक लगातार तीन पटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । यो उपलब्धि आरसिटीले २०२८, ०२९ र ०३० सालमा हासिल गरेको हो । संग्राहलयमा आरसिटीले तीन पटक लिग जितेर कब्जा गरेको ट्रफी पनि राखिएको छ । जसले नेपाली फुटबलमा खास महत्व राख्छ । त्यसपछि पनि आरसिटीले थप तीन पटक लिग जित्यो । पछि, आरसिटीलाई उछिन्दै मनाङ अघि बढ्यो । मनाङले कीर्तिमानी आठ पटक लिग जितेको छ ।

आरसिटी क्लबको संग्रहालयमा संग्रहित तस्विरहरु । 

एउटा रोचक कुरा के पनि छ भने २०७० मा मनाङले सातौं पटक लिग जित्दा आरसिटी रेलिगेसनमा परेको थियो । आरसिटी रेलिगेसनमा परेको यो दोस्रो पटक थियो । पहिलो पटक उसले २०५२ सालमा ‘बी’ डिभिजनमा झरेको थियो । २०७० यता भने उसले शीर्ष डिभिजनको हैसियत प्राप्त गरेको छैन । पछिल्लो ‘बी’ डिभिजन लिगमा आरसिटी निकै नजिक रहँदा पनि ‘ए’ मा उक्लन सकेन । दोस्रो स्थानमा लिग अन्त्य गरेको खुमलटारसँग आरसिटी ‘हेड टु हेड’ मा पछि परेको थियो ।

भित्र छिर्ने बित्तिकै हाइलाइटेड होस् भनेर ‘ए’ डिभिजन लिगलाई संग्रहालयको बीचमा राखिएको छ । जसले संग्रहालयको रौनकतालाई थपेको छ । यसबाहेक संग्रहालयमा आरसिटीले जितेका त्रिभुवन च्यालेन्ज शिल्ड, महेन्द्र गोल्ड कप, खुकुरी ट्रफी, बर्थडे कप, बुढासुब्बा गोल्ड कप जस्ता ट्रफीहरु पनि सुसज्जित गरिएका छन् ।

विगतमा सञ्चालनमा आइसकेको संग्रहालयको महानगरपलिका वडा नं. २७ को आर्थिक सहयोगमा स्तरोन्नति गरिएको थियो । 

संग्रहालयमा आरसिटीले क्लबमा आबद्ध खेलाडीले राष्ट्रका लागि जितेको पदक पनि संरक्षण गरेको छ । सन् १९९३ मा नेपालले बंगलादेशमा भएको छैटौं साफ खेलकुदमा फुटबलतर्फ स्वर्ण पदक जितेको थियो । भारतलाई फाइनलमा टाइब्रेकरले हराएर नेपालले पहिलो स्थान हात पारेको थियो । यो उपलब्धिलाई नेपाली फुटबलले चुमेको अहिलेसम्मकै सर्वाधिक ठूलो सफलताका रुपमा लिइन्छ । यो ऐतिहासिक सफलताका हिस्सेदारहरु उमेश प्रधान र कुमार राजभण्डारीले आफूले प्राप्त व्यक्तिगत सफलताहरु संग्रहालयलाई दिएका छन् ।

कुनै समय राजभण्डारी र प्रधान आरसिटीका प्रमुख खेलाडीहरु थिए । राजभण्डारी अहिले काठमाडौंमा छन् । उनी संग्रहालय उद्घाटन समारोहमा पनि उपस्थित थिए । प्रधान भने अमेरिकामा बसोबास गर्दै आएका छन् । कुनै पनि खेलाडीलाई आफूले प्राप्त गरेको पदक घरमै राखौं भन्ने सोच हुन्छ, आखिर यो त एउटा स्वयम्ले दुःख गरेको पदक पनि त हो । तर, यो कहिलेसम्म त । घरमा राख्दा र संग्रहालयमा राख्दा के फरक छ ?

राजभण्डारी भन्छन्, ‘संग्रहालयमा राख्दा आउने पुस्तालाई प्रेरणा मिल्ने गर्छ । यो एउटा क्लबप्रति हामीले गरेको सम्मान पनि हो । काठमाडौंमा फेरि एकपटक फुटबलको माहोल फर्काउन पनि यसले केही हदसम्म विद्यार्थीलाई प्रेरित गर्छ भनेर पनि हामीले संग्रहालयमा पदक दिएका हौं ।’

आरसिटीको नयाँ संग्रालयमा पुर्व खेलाडी उमेश प्रधान, तस्विरः प्रधानको फेसबुकबाट । 

इन्द्रजात्राको अवसर पारेर सोमबार काठमाडौं महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष योगेशकुमार खड्गीले क्लबका अध्यक्ष सुरेशकाजी शाक्यलाई हस्तान्तरण गरेपछि संग्रहालयको आधिकारिक उद्घाटन गरिएको थियो ।

विगतमा सञ्चालनमा आइसकेको संग्रहालयको महानगरपलिका वडा नं. २७ को आर्थिक सहयोगमा स्तरोन्नति गरिएको थियो । स्तरोन्नतिको सम्पूर्ण काम पूरा भएसँगै क्लबले मंगलबार आधिकारिक रुपमा संग्रहालयको उद्घाटन गरेको हो ।

आरसिटीले साप्ताहिक रूपमा १० देखि १६ वर्ष उमेरका बालकहरुलाई फुटबल प्रशिक्षण पनि गर्दै आएको छ । आउने दिनमा ग्रासरुट फुटबललाई थप विस्तार गर्ने आरसिटीको योजना छ । 

कार्यक्रममा क्लबका संरक्षक समेत रहेका वडाध्यक्ष खड्गी, क्लबका पूर्व अध्यक्ष विजयनारायण मानन्धर, संग्रहालय संयोजक नरेश वैद्य, क्लबका पदाधिकारी, शुभचिन्तक र सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

‘पदक सानो र ठूलो भन्ने हुँदैन । पदकको मूल्य धेरै छ । त्यसैले हामीले यसलाई संरक्षण गर्ने उद्धेश्यका साथ सन् २०१२ मा यो अवधारणा ल्याएका थियौं । त्यसको दुई वर्षपछि हामीले संग्राहलय निर्माणको काम थाल्यौं । २०१७ मा हामीले संग्राहलयलाई पहिलो पटक स्थापित गर्यौँ । अहिले योगेशकुमार (खड्गी)को विशेष पहल र सक्रियतामा हामीले संरचनालाई विस्तार गर्न सफल भएका छौं,’ संयोजक नरेश वैद्यले भने ।

आरसिटीले साप्ताहिक रूपमा १० देखि १६ वर्ष उमेरका बालकहरुलाई फुटबल प्रशिक्षण पनि गर्दै आएको छ । आउने दिनमा ग्रासरुट फुटबललाई थप विस्तार गर्ने आरसिटीको योजना छ । यसका लागि आरसिटी, फुटबल एकेडेमी सञ्चालन गर्ने योजनमा छ ।