फाल्गुन १५, २०८२ शुक्रबार | ०७:३६:४८
भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा
शनिबारको दिन नेपाली फुटबल

अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो उपलब्धि चुम्नेहरू

काठमाडौं । एसियाली महिला फुटबलका लागि यसपल्ट एउटा नयाँ प्रतियोगिता आयोजना भएको छ । यो हो, एएफसी वुमेन्स च्याम्पियन्स लिग । एसियाली फुटबल महासंघ (एएफसी) ले महिला फुटबलका लागि पछिल्लो समय कुनै एउटा राम्रो काम गरेको छ भने यसलाई माने हुन्छ ।

फुटबलको विकासका लागि राष्ट्रिय टिमको प्रतियोगिताले मात्र पुग्दैन । क्लब प्रतियोगिता पनि चाहिन्छ । त्यो पनि उम्दा खाले । विश्वास गरौं, वुमेन्स च्याम्पियन्स लिग यस्तै प्रतियोगिता हुनेछ ।

नेपालका लागि यो ऐतिहासिक प्रतियोगिता खेल्ने पहिलो टिम बन्यो एपिएफ । समूह ‘सी’ मा परेको एपिएफले दुई खेल खेल्यो, तर एउटै जित निकाल्न सकेन । एउटा हार र एउटा बराबरी रह्यो । 

नेपाली महिला फुटबलका लागि यो प्रतियोगिता आयोजना हुनु असाध्यै खुसीको समाचार हो । अब नेपाली क्लबले महिला फुटबलमा घरेलु प्रतियोगितामै मात्रै अल्झेर बस्नुपर्ने छैन । प्रतियोगिताको प्रारम्भिक चरणको खेल भइसकेको छ । त्यसमा नेपालका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रतिनिधित्व गरेर खेलेको थियो । यसैक्रममा अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालका लागि पहिलो सबैखाले उपलब्धि चुम्ने खेलाडी र टिम को-को त भनेर मज्जाको तथ्यांक तयार पार्न सकिन्छ ।

एएफसी वुमन्स च्याम्पियन लिगको प्रारम्भिक चरण खेलेको एपिएफको महिला टोली ।

यसै साता दुई महत्त्वपूर्ण तथ्यांक तयार भयो । पहिलो थियो, नेपालका लागि यो ऐतिहासिक प्रतियोगिता खेल्ने पहिलो टिम बन्यो एपिएफ । समूह ‘सी’ मा परेको एपिएफले दुई खेल खेल्यो, तर एउटै जित निकाल्न सकेन । एउटा हार र एउटा बराबरी रह्यो । गोल पनि गर्न सकेन । डेब्युको कीर्तिमान बन्यो ।

तर, निराश हुनुपर्ने स्थिति पनि छैन । नेपालकी खेलाडीले यो प्रतियोगितामा गोलको उपलब्धि चुमेको थियो । उनी थिइन्, रेखा पौडेल ।

युएईको अबुधाबी काउन्ट्री क्लबका लागि रेखाले वुमेन्स च्याम्पियन्स लिगमा गोल गरिन् । यसक्रममा उनी यो प्रतियोगितामा गोल गर्ने पहिलो नेपाली खेलाडी बनिन् । महिला फुटबलका लागि क्लब प्रतियोगिताको इतिहास सुरु भएको छ, त्यसैले यो छोटो भयो ।

पहिलो ह्याट्रिक गर्ने खेलाडी जमुना गुरुङ थिइन् । उनले त्यही दक्षिण एसियाली खेलकुदमा श्रीलंकाविरुद्ध यो उपलब्धि चुमेकी हुन् ।

यस्तै कीर्तिमान नेपाली राष्ट्रिय टिमका लागि नि ? यसका खास इतिहास यस्तो छ । नेपालले सबैभन्दा अन्तर्राष्ट्रिय फुटबल खेलेको भनेको सन् १९८६ भयो । प्रतियोगिता थियो एएफसी वुमेन्स च्याम्पियनसिप ।पहिलो कप्तान थिइन्, रमा सिंह । पहिलो प्रशिक्षक खेम गुरुङ अनि पहिलो प्रतिद्वन्द्वी थियो हङकङ ।

राष्ट्रिय महिला फुटबल टोलीकी पहिलो कप्तान रमा सिंह । 

नेपालका लागि पहिलो गोल गर्ने खेलाडी हुन्, पेमा डोल्मा लामा । उनले यही एएफसी वुमेन्स च्याम्पियनसिपमा गोल गरेकी हुन् । वर्ष थियो सन् १९९९ । विपक्षी टिम थियो, उज्वेकिस्तान । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पराजित गरेको पहिलो प्रतिद्वन्द्वी टिम हो, बंगलादेश । यो अवसर जुरेको थियो, सन् २०१० को ११औं ढाका दक्षिण एसियाली खेलकुदमा ।

पहिलो ह्याट्रिक गर्ने खेलाडी जमुना गुरुङ थिइन् । उनले त्यही दक्षिण एसियाली खेलकुदमा श्रीलंकाविरुद्ध यो उपलब्धि चुमेकी हुन् । नेपाल पहिलो पटक फाइनल पुगेको प्रतियोगिता यही रह्यो ।

जमुना गुरुङ (७ नम्बर जर्सी), तस्विरः जमुनाको फेसबुकबाट ।

त्यसपछि भने नेपालले एकपछि अर्को गरेर शृंखलाबद्ध रूपमा फाइनल खेलेको छ, तर जित्न भने सकेको छैन । अब नेपाली फुटबलको प्रतीक्षा भनेको यही पहिलो उपाधिको हो । प्रतीक्षा गरेको पनि लामै समय भइसक्यो । विश्वास गरौं, यो अब चाँडै आउनेछ ।