फाल्गुन १७, २०८२ आइतबार | ०६:२३:१४
यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल
शनिबारको दिन नेपाली फुटबल

साफ यु-२०ः उपाधि घरमै राख्ने लक्ष्य

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप आयोजना गर्दै छ । आइतबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने प्रतियोगितामा दक्षिण एसियाका पाकिस्तानबाहेक ६ राष्ट्रले भाग लिएका छन् ।

दशरथ रंगशालाको मैदान हिलाम्मे भएपछि यो प्रतियोगिता सातदोबाटोमा सारिएको हो । एएफसी च्यालेन्ज कपमा भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइजले खेल्दा मैदानको कमजोर हविगत थप पर्दाफास भएको थियो ।

 ‘राम्रो तयारी गरेका छौं । चर्च ब्वाइज र आर्मीसँग अभ्यास खेल खेल्यौं । घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै उपाधि अन्त जान नदिने लक्ष्य छ,’ श्रेष्ठले भने, ‘फुटबलमा केही भन्न सकिन्न । सबै प्रतिस्पर्धा उस्तै हुन् । कसैलाई पनि कमजोर मान्नु हुँदैन । सबैको आ–आफ्नै राणनीति र योजना हुन्छ । आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने हो । हरेक खेल फाइनल सम्झेर खेल्ने छौं ।’

समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै छन् । यो प्रतियोगिता सन् २०१५ मा साफ यु-१९ कै नाममा नेपालबाटै सुरु भएको हो । ६ टोली सहभागी प्रतियोगिताको फाइनलमा भारतलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

सन् २०१७ मा भुटानले साफ यु-१८ को नाममा यस प्रतियोगिता आयोजना गरेको थियो । यसपल्ट नेपालले आफ्नो उपाधि रक्षा गरेको थियो । सहभागी पाँच टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि अंकतालिकाको शीर्षस्थानमा रहने टोलीलाई विजेता घोषणा गरिएको थियो । बंगलादेशसँग समान अंक रहे पनि  नेपाल ‘हेड टु हेड’मा अगाडि रह्यो ।

सुरुआती दुई संस्करणको च्याम्पियन नेपालले त्यसयता भने राम्रो प्रदर्शन गर्न सकिरहेको छैन ।

पछिल्ला तीन संस्करणमा भारत च्याम्पियन बनेको छ । भारतले सन् २०१९ मा साफ यु-१८, सन् २०२२ मा यु-२० र गत वर्ष यु-१९ च्याम्पियनसिपको उपाधि जितेको थियो । सन् २०१९ र २३ मा नेपाल तथा २०२२ मा भारतले प्रतियोगिता आयोजना गरेका थिए ।

यस पटक नेपाली टोलीको नेतृत्व मिडफिल्डर कुशल देउवाले गर्नेछन् । उनले नेपाली यु-१९ टोलीको पनि प्रतिनिधित्व गरिसकेका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ उपाधि घरमै राख्ने लक्ष्यसाथ मैदान उत्रने बताउँछन् । ‘राम्रो तयारी गरेका छौं । चर्च ब्वाइज र आर्मीसँग अभ्यास खेल खेल्यौं । घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै उपाधि अन्त जान नदिने लक्ष्य छ,’ श्रेष्ठले भने, ‘फुटबलमा केही भन्न सकिन्न । सबै प्रतिस्पर्धा उस्तै हुन् । कसैलाई पनि कमजोर मान्नु हुँदैन । सबैको आ–आफ्नै राणनीति र योजना हुन्छ । आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने हो । हरेक खेल फाइनल सम्झेर खेल्ने छौं ।’

यस पटक नेपाली टोलीको नेतृत्व मिडफिल्डर कुशल देउवाले गर्नेछन् । कुशलले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा च्याम्पियन ललितपुर सिटीबाट खेलेका थिए । उनले नेपाली यु-१९ टोलीको पनि प्रतिनिधित्व गरिसकेका छन् ।

नेपाली टोलीको गोलकिपरमा जियारथ शेख, विशाल बिसी, कृशल मोक्तान तथा रक्षकमा आश्विन घोरासैनी, सीमान्त थापा, समिन घिमिरे, विक्रम तामाङ, मदन पौडेल, निन्साङ लिम्बु, राम थापा, आयुश तिम्सिना छन् । मिडफिल्डरमा कप्तान कुशल देउवासँगै लक्षु थापा, अविनाश स्याङ्ताङ, जनप्रकाश बम, सरोज दर्लामी तथा स्ट्राइकरमा नीराजन धामी, रोहन खड्गी, समीर तामाङ, अनिल बम्जन, धर्मेन्दर कुँवर, हरिशराज भट्ट र  नीरज कार्की छन् ।

समूह चरणमा नेपालका प्रतिद्वन्द्वी

श्रीलंका यस उमेर समूहमा श्रीलंका र नेपालबीच हालसम्म मात्र एक खेल भएको छ । गत संस्करणमा नेपालले ३-० को सहज जित निकालेको थियो ।

बंगलादेशनेपाल र बंगलादेशबीच हालसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई जित हात पार्दा एक खेल बराबरीमा सकिएको छ । सन् २०१५ र २०१७ मा नेपालले समान २-१ को जित निकाल्दा गत संस्करणमा दुवै टोलीले १-१ को बराबरी खेलेका थिए ।