मंसिर २४, २०८२ बुधबार | १५:२०:३६
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन लियोनल मेसी

थप महान हुने बाटोमा लियोनल मेसी

काठमाडौं ।  त्यसै पनि लियोनल मेसी फुटबलका महान खेलाडी हुन् । यो पुस्ताका फुटबल पारखीका लागि उनको खेल हेर्न पाउनु नै पनि ठूलो भाग्य हो । यी अर्जेन्टिनी खेलाडीसामु भने अझ बढी महान बन्ने छाँट मिलेको छ ।

भयो के भन्दा अहिले अमेरिकामा चलिरहेको कोपा अमेरिकामा अर्जेन्टिना सेमिफाइनल पुगिसकेको छ । अब दुई खेलमात्रै जित्नुपर्छ, अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि रक्षा गर्नेछ ।

आखिरमा अर्जेन्टिना कोपा अमेरिकाको साविक विजेता  हो । यसपल्टको कोपाको पहिलो क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई हराएर सेमिफाइनल बाटो तय गरेको हो । त्यसो त यो जित सजिलो रहेन । टाइब्रेकरमा मिलेको हो । त्यसमाथि पेनाल्टी शुटआउटमा सुरुमै मेसी चुके । तर यो महँगो साबित भएन । आखिरमा संघर्ष गर्नुपरे पनि जित अर्जेन्टिनाकै रह्यो ।

सेमिफाइनलको चुनौती आफैंमा कडा हुनेछ, यसमा दुईमत छैन । अन्तिम चारमा टोलीको भेट कि त भेनेजुएलाविरुद्ध हुनेछ होइन भने क्यानडा । तर, जुन टिममा मेसी जत्तिको खेलाडी हुन्छ, कप्तान उनी आफैं हुन्छन्, आस त धेरै हुनु स्वभाविक छ । मूल कुरा केभन्दा मेसी अझ बढी महान किन हुनेछ त ?

विश्वकपपछि ठूला दुई प्रतियोगितामा एउटा कोपा अमेरिका पनि भयो । अर्जेन्टिनाले पालो पालो लगातार यी दुवै प्रतियोगिता जित्न सक्यो । अब एक अर्को कोपाको पालो । के यसमा पनि अर्जेन्टिना च्याम्पियन हुनेछ त ? सम्भावना ब्यापक नै छ ।

आधुनिक फुटबलले देखेका साँच्चैका उच्च कोटीका खेलाडी हुन् उनी । बार्सिलोनाका लागि क्लब फुटबल खेलेर उनले सबै खाले सफलता पाएका छन् । आफ्नो जादुयी खेलले सबैको मन जितेका छन् । त्यसैले उनी महान भए ।

बार्सिलोनामा रहेर भएभरको उपाधि जितिसक्दा पनि उनले लामै समय अर्जेन्टिनाका लागि केही जित्न सकेनन् । हुँदाहुँदै खेलजीवन सकिन लागिसकेको थियो, तर अर्जेन्टिनाका लागि केही जित्न सकेको थिएनन् ।

त्यसैले मेसीको खेलजीवनका कालो धब्बा पनि छ है भन्ने गरिन्थ्यो । तर, यो कुरा पछिल्लो कोपा अमेरिकामा गलत साबित भयो । उनले अर्जेन्टिनाका लागि दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेका थिए अनि त्यसपछि कतारमा विश्वकपको उपाधि पनि उचाले । विश्वकप भनेको विश्वकप नै हो, अर्जेन्टिना विश्व च्याम्पियन भएपछि मेसीको खेलजीवनलाई लिएर शंका गर्ने कुनै कसर बाँकी रहेन ।

विश्वकपपछि ठूला दुई प्रतियोगितामा एउटा कोपा अमेरिका पनि भयो । अर्जेन्टिनाले पालो पालो लगातार यी दुवै प्रतियोगिता जित्न सक्यो । अब एक अर्को कोपाको पालो । के यसमा पनि अर्जेन्टिना च्याम्पियन हुनेछ त ? सम्भावना ब्यापक नै छ ।

फेरि मेसीको यो अन्तिम कोपा रहनेछ । त्यसैले उनीसामु एउटा इतिहास रच्ने अवसर छ । इतिहास पनि कस्तोभन्दा यसअघि कसैले लेख्न नसकेको । दुर्लभ नै भन्दा हुन्छ ।

यहाँनिर नचाहेर पनि मेसीको क्रिस्टियानो रोनाल्डोसँग तुलना हुने गर्छ । यी पोर्चुगाली खेलाडी अहिले जर्मनीमा छन् । आफ्नो देशका लागि युरो २०२४ खेलिरहेका छन् । प्रश्न उठ्न सक्छ, के पोर्चुगलले यसपल्टको युरो जित्ने छ त ? यो त खासमा पूरक प्रश्न हो, किनभने मूल प्रश्न हो, के मेसीले अर्जेन्टिनाका लागि यसपल्टको कोपा अमेरिका जित्ने छन् त ? एउटा नजर मेसीतर्फ, अर्को नजर युरोतिर । फुटबलका पारखीहरू भने यसैबारे गनगन गरेर रोमाञ्चकतामा मालामाल भइरहेका छन् ।