भाद्र २३, २०८१ आइतबार | ०६:२५:३५
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन युराे २०२४

युरो २०२४: समूह चरणका हेर्नैपर्ने पाँच खेल

काठमाडौं । गए राति जर्मनीले स्कटल्यान्डलाई ५-१ ले पराजित गरेसँगै युरोपियन फुटबलको कुम्भमेला ‘युइएफए युरोपियन च्याम्पियनसिप २०२४’ को औपचारिक सुरुआत भएको छ ।

अबको एक महिना जर्मनीका रंगशालाहरूमा नाटकीय दृश्य देख्न पाइनेछ, जसमा मनोरञ्जन भरपूर मात्रामा हुनेछ ।

प्रतियोगितामा कुल २४ टोलीको सहभागिता छ । यी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । इङ्ल्यान्ड र फ्रान्सलाई संयुक्त रूपमा उपाधि दाबेदार मानिएको छ । त्यस्तै साबिक विजेता इटाली र स्टार खेलाडीले भरिएको अर्को टोली पोर्चुगललाई पनि सम्भावित विजेतामा हेरिएको छ । तीन पटकको च्याम्पियन जर्मनीले पनि १९९६ पछि उपाधि जित्ने लक्ष्य राखेको छ ।

फाइनल खेल जुलाई १४ मा ७४ हजार दर्शक क्षमता रहेको बर्लिनको ओलम्पियास्टाडियोन रंगशालामा हुनेछ । त्यसअघि समूह चरणका ३६ खेल अनि नकआउटका १४ खेल हुनेछ । 

सबैभन्दा पहिला समूह चरण । समूह विभाजनका हिसाबमा यसपालि केही यस्ता खेल छन्, जुन छुट्टाउनै नहुने खालका छन् । यी हुन् सुरुआती चरणका हेर्नलायक पाँच खेल ।

स्पेनविरुद्ध क्रोएसिया, जुन १५ 

गत संस्करण यी दुई टोलीबीचको भेट अन्तिम १६ मा भएको थियो । खेल प्रतियोगिता अवधिभरकै सबैभन्दा रोचक खेल रह्यो । निर्धारित समय सकिन ५ मिनेट बाँकी छँदासम्म स्पेन ३-१ को अग्रतामा थियो । तर, अन्तिम मिनेटमा क्रोएसियाले दुई गोल गर्यो र खेल अतिरिक्त समयमा धकेलियो । यद्यपि अतिरिक्त समयमा दुई गोल गर्दै स्पेन ५-३ ले विजयी रह्यो । टोलीले अन्तिम आठमा स्विट्जरल्यान्डसँगको भेट पक्का गरेको थियो ।

शनिबार (आज) ओलम्पियास्टडियोन रंगशालामा हुने खेलमा पनि नाटकीय खेलको अपेक्षा राखिएको छ । क्रोएसियाले २०२२ फिफा विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो भने अन्तिम १६ स्पेनको चुनौती मोरक्कोले समाप्त गरेको थियो ।

इङ्ल्यान्डविरुद्ध डेनमार्क, जुन २०

उपाधिको निकै करिब आएर पनि इङ्ल्यान्ड युरो २०२० मा उपविजेतामै सीमित बन्न पुगेको थियो । निर्धारित समय र टाइब्रेकरमा अग्रता लिएको इङ्ल्यान्डलाई अन्ततः इटालीले स्तब्ध पारेको थियो । उपाधिको भोको इङ्ल्यान्ड यसपालि युरो ट्रफी जसरी पनि घर लाने लक्ष्यमा छ । समूहको पहिलो खेलमा सर्बियाको सामना गरेपछि टोलीले डेनमार्कसँग खेल्नेछ । 

डेनमार्क त्यही टोली हो, जसको चुनौती गत संस्करण इङ्ल्यान्डले सेमिफाइनलमा समाप्त पारेको थियो । अतिरिक्त समयमा कप्तान ह्यारी केनको विवादास्पद पेनाल्टी गोलमा इङ्ल्यान्डले डेनमार्कलाई २-१ ले हराएको थियो । यसपालि डेनमार्क त्यही हारको बदला लिने सोचमा छ ।

 इङ्ल्यान्ड स्टारहरूले भरिएको टोली हो । डेनमार्कमा पनि राम्रा खेलाडीको कमी छैन । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रास्मस होइलन्ड इङ्ल्यान्डका लागि खतरा बन्न सक्छन् । इङ्ल्यान्डले यसपालि होइलन्डका क्लब सहकर्मी मार्कस रासफोर्ड र जार्डन सान्चोलाई टोलीमा समावेश गरेको छैन । गत संस्करण इटालीविरुद्ध बुकायो साकासँगै यी दुई खेलाडीले पेनाल्टी मिस गरेका थिए ।

पोर्चुगलविरुद्ध टर्की, जुन २२

युरो २०१६ को विजेता पोर्चुगलले समूहका खेलमा चेक रिपब्लिक र जर्जियाको सामना गर्दा टर्कीविरुद्धको खेलले सबैको ध्यान तान्ने अनुमान गरिएको छ । एसिया महादेशसँग जोडिएको टर्कीका घरेलु समर्थकहरू जर्मनीमा बाक्लो रूपमा प्रस्तुत भइसकेका छन् । 

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि फेरि एक पटक अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने अन्तिम अवसर छ । तर, उसलाई सहज भने छैन । अरू खेल तुलनात्मक रूपमा सहज भएता पनि यो भने पक्का छ कि टर्कीले पोर्चुगललाई कडा प्रतिस्पर्धा दिनेछ । इटालियन प्रशिक्षक भिन्सेन्जो मोन्टेलाको टोली रक्षात्मक रूपमा निकै बलियो छ । त्यस्तै रियाल मड्रिडका युवा मिडफिल्डर अर्दा ग्युलरको उपस्थितिले टोलीको आकर्षण थप बढाएको छ ।

स्पेनविरुद्ध इटाली, जुन २०

स्पेन, क्रोएसिया, अल्बानिया र इटाली रहेको समूह ‘बी’ यसपालिको ग्रुप अफ डेथ हो । आफ्नो दोस्रो खेलमा स्पेनले इटालीविरुद्ध खेल्नेछ । जुन खेललाई समूह चरणकै सबैभन्दा ठूलो खेलका रूपमा हेरिएको छ । 

स्पेनले गत संस्करण सेमिफाइनलमा इटालीविरुद्ध टाइब्रेकरमा हार बेहोरेको थियो । त्यसको एक वर्षपछि नेसन्स लिगमा स्पेनले सेमिफाइनलमै इटालीको चुनौती समाप्त पारेको थियो । यी दुई टोलीको पछिल्लो भेटले पनि यो खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । अघिल्लो चरणमा पुग्ने हो भने दुवैलाई यो जित अत्यावश्यक हुनेछ । पेड्री, लामिन यमलसम्मिलित स्पेनको युवा टोलीले इटालीविरुद्ध आफ्नो शतप्रतिशत कला देखाउन आवश्यक छ ।

फ्रान्सविरुद्ध नेदरल्यान्ड्स, जुन २१

फ्रान्स सहभागी टोलीमध्ये सबैभन्दा बलियो टोली हो । कप्तान किलियन एमबाप्पे विश्व फुटबलकै स्टार खेलाडी हुन् भने अन्य खेलाडी पनि निकै लोकप्रिय छन् । उता नेदरल्यान्ड्स भने युवा खेलाडी बोकेर जर्मनी आएको छ । 

युरो मुखैमा आइपुग्दा महत्त्वपूर्ण खेलाडी फ्रान्क डी जोङ घुँडाको चोटका कारण टाेलीमा उपलब्ध नहुँदा नेदरल्यान्ड्सलाई ठूलो झट्का लागेको छ । यी दुई टोली पछिल्लो पटक युरो क्वालिफायर्समा भेटेका थिए । जहाँ फ्रान्सले दुवै खेल आफ्नो पक्षमा पारेको थियो । 

अवे खेलमा २-१ ले विजयी भएको फ्रान्सले घरेलु मैदानमा नेदरल्यान्ड्सलाई ४-० ले हराएको थियो । लाइप्जिगको रेडबुल एरिनामा हुने खेलमा डच कप्तान भर्जिल भान डाइकलाई विपक्षी कप्तान रोक्ने चुनौती हुनेछ । यसो हेर्दा यो खेललाई कप्तान ब्याटल भन्दा फरक नपर्ला ।

(एजेन्सीको सहयोगमा )