किरणको कोसेढुंगा, प्रशिक्षकसँग गोप्य नवीकरण

काठमाडौं । ‘हामी जसरी हुन्छ यो खेलमा अंक गुमाउँदैनौं । सकेसम्म जित्न खेल्छौं नसके बराबरी गर्छौं,’ नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले यमनसँग खेल्नुअघि भनेका थिए ।

समूह ‘एच’ मा लगातार चार हार भोगेपछि नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटबाट बाहिरिइसकेको थियोे । पाँचौं खेल खेल्न साउदी अरेबिया पुग्दा त्यहाँ पनि सुखद नतिजा सम्भव भएन । नेपाल फेरि युएईसँग ४–० ले पराजित भयो । जसले नेपाली फुटबलको दुरुह तस्बिर थप उजागर गरायो । अर्थात नेपालले गोल गर्न नसकेको खेलसंख्या ५ पुग्यो अनि खाएको गोलसंख्या १८ ।

एउटा गर्विलो कोसेढुंगा


मंगलबार मध्यरातमा छैटौं खेल यमनसँग थियो । पछिल्ला खेलहरूको बिर्सनलायक प्रदर्शनले ठूलो आस थिएन । तर, यो खेलले नेपाली फुटबलमा एउटा अनुपम इतिहास बनाउँदै थियो । एउटा यस्तो कोसेढुंगा बन्दै थियो, जसले राष्ट्रिय टोलीका कप्तान किरणको नाममा दुर्लभ कीर्तिमान लेखिँदै थियो ।

राष्ट्रिय टोलीबाट किरण एक सय खेल खेल्दै थिए । यसकारण पनि निराशाजनक नतिजाको शृंखला भोगिरहँदा यो खेल नेपाल र नेपाली फुटबलका लागि विशेष बनेको हो । त्यस्तो विशेष खेलमा हारको नतिजा नेपाली फुटबललाई प्रिय हुने थिएन । सायद नियतिलाई पनि त्यो स्वीकार्य थिएन । सय खेलको कोसेढुंगा छुने तयारीमा रहँदा स्वयं किरण पनि यो खेलमा अंक गुमाउने पक्षमा थिएनन् । उनी आफ्नो सय खेल स्मरणीय बनाउने योजनामा थिए ।

विश्वकप छनोटमा पूरा यात्रा बिर्सनलायक भए पनि यो खेलसँगै प्रतियोगितामा सुखद अन्त्य गर्न नेपाल सफल भयो । 

भयो त्यस्तै । नेपाल र यमनबीचको नतिजा २–२ को बराबरी निस्कियो । खासमा कप्तानको विशेष खेलमा नेपाल जितको राजमार्गमा हुइँकिसकेको थियो । तर, खेलको अन्त्यतिर यमनले एकोहोरो दबाब सिर्जना गर्यो । फलस्वरुप इन्ज्युरी समयमा गोल थप्दै यमनले नेपाललाई जितविमुख बनायो ।

कप्तान किरणको सय खेल विशेष बनाउन अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई पनि साउदी अरेबिया पुगेका थिए । उनले कप्तानलाई बधाई दिए, १०० खेलको जर्सी प्रदान गरे । जसका कारण माहोल थप भावुक बन्यो ।

बिर्सनलायक यात्रा


विश्वकप छनोटमा पूरा यात्रा बिर्सनलायक भए पनि यो खेलसँगै प्रतियोगितामा सुखद अन्त्य गर्न नेपाल सफल भयो । किरणले खेलअघि भनेका थिए, ‘यो खेलमा अंक खोस्यौं भने एसियन कप छनोट खेल्न सजिलो हुन्छ ।’

किरणले भनेझै यही मनोबलले नेपालाई एएफसी एसियन कप २०२७ छनोट खेल्न पक्कै सहज हुनेछ । विश्वकप छनोटको दोस्रो चरणमा आफ्नो समूहमा चौथो स्थानमा सीमित भएपछि नेपालले सान्त्वनास्वरुप एएफसी एसियन कपको तेस्रो चरणको छनोट प्रतियोगिता खेल्ने मौका पाएको छ । छनोट खेल सन् २०२५ मार्चदेखि सुरु हुनेछ । त्यसअघि यही वर्षको डिसेम्बरमा खेल तालिका तय हुनेछ ।

यमनविरुद्ध आफ्नै गल्तीमा गोल खाएको स्वीकार्दै कप्तान किरण यसबाट आगामी खेललाई शिक्षा मिल्ने बताउँछन् । ‘हामीले आफ्नै गल्तीमा गोल खायौं । जितिसकेको खेलमा अंक बाँड्नुपर्यो । अवे खेलमा अंक पाउँदा खुसी छौं,’ किरण भन्छन्, ‘युवा टिम छ । चार जनामात्रै अनुभवी छौं । यो नतिजाले आगामी खेललाई राम्रो प्रदर्शन गर्न सहयोग पु¥याउँछ ।’

एन्फाको नियतमाथि निरन्तर प्रश्न उठिरहे । तर एन्फाले भने त्यसलाई सम्बोधन गर्ने भन्दा पनि आन्तरिक राजनीति अनुकूल पार्ने र आफ्नो स्वार्थको पोको खोल्नेबाहेक केही गरेन । 

समग्रमा विश्वकप छनोटमा नेपालको प्रदर्शन बिर्सनलायक थियो । पहिलो चरणमा लाओसविरुद्धको दुई लेगको प्रतिस्पर्धा समग्रमा २–१ ले आफ्नो पक्षमा पार्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो ।

विश्वकप छनोटको तेस्रो चरणका लागि छनोट भएको युएईसँग दुवै लेगमा नेपाल समान ४–० ले पराजित भएको थियो । बहराइनसँग पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित नेपाल यमनसँग दशरथ रंगशालामा भएको पहिलो लेगमा पनि २–० ले पराजित भएको थियो ।

विवादास्पद ‘होम म्याच’


विश्वकप छनोटअन्तर्गत घरेलु खेल आफ्नो मैदानमा खेलाउन नसक्दा नेपाली फुटबलको प्रशासनिक निकाय एन्फा आलोचनाको केन्द्रमा रह्यो । दशरथ रंगशाला खेल गराउन लायक नरहेको भन्दै सुरुमा बहराइनविरुद्धको खेल उतै गएर खेल्न राजी भएको एन्फाले युएईसँगको खेल पनि घरमा गराउन सकेन वा चाहेन ।

एन्फा नेतृत्वले राजनीतिक स्वार्थप्रेरित विभिन्न प्रलोभनका कारण घरेलु खेल घरमै खेल्न पाउनुपर्ने टिमको अधिकारमाथि कुठाराघात गर्यो । समर्थकले घरेलु मैदानमा आफ्नो टिमले खेलेको हेर्न पाउनुपर्ने स्वाभाविक हक खोसियो । अझ विपक्षी टिमको स्वार्थअनुरुप खेल सारिएको विश्लेषणले नेपाली फुटबलको भविष्यमाथिको आशा झन निराशामा परिणत गरायो । साथमा नेपाललाई एउटै घरेलु मैदान नभएको देशका रूपमा अन्तर्राष्ट्रियजगतमा बदनाम गराइयो ।

एनेससँग थप एक वर्षका लागि सम्झौता भइसकेको छ । तर कार्यसमितिबाट पास गर्नुपर्ने वैधानिक व्यवस्थाका कारण अहिले सार्वजनिक गरेका छैनौं । अबको कार्यसमिति बैठकमा निर्णय गरेर सार्वजनिक गर्छौ।

एन्फाको नियतमाथि निरन्तर प्रश्न उठिरहे । तर एन्फाले भने त्यसलाई सम्बोधन गर्ने भन्दा पनि आन्तरिक राजनीति अनुकूल पार्ने र आफ्नो स्वार्थको पोको खोल्नेबाहेक केही गरेन । आन्तरिक राजनीति मिलाउन अनावश्यक पदाधिकारीलाई विदेश भ्रमण गराउन खोजेपछि राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले पत्र नै काटेर स्पष्टीकरण मागेका थिए । मन्त्री विराजभक्त श्रेष्ठले एन्फालाई कारबाही गर्न निर्देशन पनि दिए । तर मन्त्री र राखेप दुवै स्टन्डबाजीमै रमाए । नेपाली फुटबलमा बिग्रिएको थिति बसाल्न प्रभावकारी कदम कतैबाट चालिएन ।

प्रशिक्षकको सम्झौता नवीकरण !


विश्वकप छनोटको खेलसँगै कार्यकाल सकिएका प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेससँग एन्फाले गोप्य सम्झौता गरेको छ । तर कार्यसमितिबाट निर्णय भइनसकेकाले एन्फा नेतृत्वले यसलाई सार्वजनिक गर्ने आँट भने गरेको छैन ।

एन्फाले २०७९ फागुनमा एनेससँग एक वर्षका लागि सम्झौता गरेको थियो । पहिलो सम्झौता सकिएपछि गते फागुनमा तीन महिनाका लागि नवीकरण गरिएको थियो । विश्वकप छनोटअन्तर्गत उनकै नेतृत्वमा चार खेल खेलिसकेका कारण बाँकी दुई खेलका लागि उनलाई नै निरन्तरता दिने भन्दै एन्फाले त्यतिबेला सम्झौता नवीकरण गरेको हो । थप तीन महिनाको अवधि पनि यमनविरुद्धको खेलसँगै समाप्त भयो ।

‘एनेससँग थप एक वर्षका लागि सम्झौता भइसकेको छ । तर कार्यसमितिबाट पास गर्नुपर्ने वैधानिक व्यवस्थाका कारण अहिले सार्वजनिक गरेका छैनौं । अबको कार्यसमिति बैठकमा निर्णय गरेर सार्वजनिक गर्छौ,’ एनेसलाई विभिन्न टिमबाट प्रस्ताव आइरहेका कारण तत्काल सम्झौता गरेको तर्क गर्दै एन्फा सचिवालयका एक पदाधिकारीले भने, ‘तत्काल नवीकरण नगरे उनलाई गुमाउनुपर्ने कारण नेतृत्वको निर्देशनअनुसार यस्तो निर्णय गरिएको हो ।’

असफलताकै निरन्तरता !


एनेसको नेतृत्वमा विश्वकप छनोटका ६ खेल खेल्ने क्रममा ९ नयाँ खेलाडीले नेपालको जर्सी लगाउने मौका पाए । समग्रमा एनेसको कार्यकालमा नेपालले १९ खेल खेल्दा २२ खेलाडीले डेब्यूको मौका पाए । एनेसको नेतृत्वमा नेपालले सबैखाले गरी कुल १९ खेल खेल्दा ११ हारकोे तथ्यांक छ । बाँकी ८ खेलमा भने ४ बराबर र ४ जितको नतिजा निस्किएको छ । त्यसक्रममा ३७ गोल खाएको नेपालले १२ गोलमात्र गरेको थियो ।

तथ्यांकमा हेर्दा एनेसको नेतृत्व सफल देखिँदैन । तथापि एन्फा नेतृत्व लगातार उनलाई नै टिमको नेतृत्व दिन आतुर देखिन्छ । जवकि स्वयं खेलाडीहरू नै उनको निरन्तरताबाट खुसी देखिँदैनन् । कतिपय अनुभवी खेलाडीले एनेसको नेतृत्वमा नखेल्ने निर्णय लिइसकेको बताइन्छ ।

 एनेसले एन्फा नेतृत्वको इशारामा टिम छान्ने काम गर्दा राम्रा खेलाडीले मौका पाइरहेका छैनन् । साथमा उनको प्रशिक्षण गराउने र खेल दौरान तय गर्ने रणनीतिबाट पनि खेलाडीहरू सन्तुष्ट छैनन् ।

‘उहाँको टिम ह्यान्डल गर्ने तरिका अत्यन्तै अव्यावसायिक छ । आफ्नै खेलाडीलाई समान व्यवहार गर्नुपर्छ भन्नेसम्मको हेक्का पनि उहाँले राखेको देखिन्न,’ राष्ट्रिय टिमका एक अनुभवी खेलाडी भन्छन्, ‘अहिले पनि कतिपय टिमलाई नभई नहुने खेलाडी विभिन्न बहानामा आएका छैनन् । अभ्यासमै आउन पनि धेरैले अस्वीकार गरेका छन् ।’

ती खेलाडीका अनुसार एनेसले एन्फा नेतृत्वको इशारामा टिम छान्ने काम गर्दा राम्रा खेलाडीले मौका पाइरहेका छैनन् । साथमा उनको प्रशिक्षण गराउने र खेल दौरान तय गर्ने रणनीतिबाट पनि खेलाडीहरू सन्तुष्ट छैनन् ।

‘उहाँको नेतृत्वमा नेपालको फुटबल झन तल झर्ने खतरा देखेपछि थुप्रै सिनियर दाइहरूले एन्फा कम्प्लेक्समै गएर एन्फा पदाधिकारीलाई गुनासो पनि गर्नुभएको थियो,’ एक युवा खेलाडीले भने, ‘एन्फाले खेलाडीको कुरा सुनेन । आफैले अनुगमन पनि गरेन । अहिले आइरहेका नतिजाले त्यसलाई प्रमाणित गरेको छ । कतिपय खेलाडी त प्रशिक्षककै कारण पनि नेपाली फुटबल छोडेर विदेसिएका हुन् ।’

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar