लिग फुटबलमा बागमती युवाको उडान

काठमाडौं ।  ‘हामीले चार वर्षअघि कार्यसमितिबाट पाँच वर्षभित्र नेपालको शीर्ष डिभिजन लिग खेल्ने प्रतिबद्धता प्रस्ताव पारित गरेका थियौं । त्यही यात्राको क्रममा अहिले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा छनोट भयौं । अखिल नेपाल फुटबल संघ (एन्फा)बाट लिग समयमै भए आगामी वर्ष शीर्ष डिभिजन लिग खेल्ने छौं,’ उपत्यकामा भइरहेको सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष दुईमा स्थान निश्चित गरेर ‘बी’ डिभिजन लिगमा उक्लिएपछि बागमती युवा क्लबका व्यवस्थापक तथा सचिव कुमार प्रधानले लक्ष्य यसरी सुनाए ।

रौतहट र सर्लाहीको सीमा छुट्याउँदै बग्ने बागमती नदीकै नाममा यो क्लब स्थापित भएको हो । क्लब ‘सी’ डिभिजन लिगको पहिलो सहभागितामै दोस्रो डिभिजनमा उक्लन सफल भएको छ ।

दुवै टिमले १३औं चरणको खेल खेल्न बाँकी छ । तर, दोस्रो स्थानको आरसी-३२ सँग स्पष्ट अग्रताका कारण बागमती अझ उपाधि नजिक छ । बागमतीले अब अन्तिम खेलमा तेस्रो स्थानको पुल्चोक स्पोर्टस क्लबविरुद्ध खेल्नेछ ।

त्यसो त बागमतीले लिगमा सुरुआतमै क्लबको लक्ष्य ‘सी’ डिभिजन लिगको उपाधिसहित बढुवा हुने रहेको जनाउँदै आएको थियो । 

दोस्रो डिभिजन लिगमा बढुवा भए पनि प्रतियोगिताको उपाधि छिनोफानो भने हुन बाँकी नै छ । उपाधिका लागि अन्तिम खेल अगावै बागमतीसँगै बढुवा भएको आरसी-३२ फुटबल एकेडेमी पनि होडमा छ ।

बागमती र समाज कल्याण भिड्दै

दुवै टिमले १३औं चरणको खेल खेल्न बाँकी छ । तर, दोस्रो स्थानको आरसी-३२ सँग स्पष्ट अग्रताका कारण बागमती अझ उपाधि नजिक छ । बागमतीले अब अन्तिम खेलमा तेस्रो स्थानको पुल्चोक स्पोर्टस क्लबविरुद्ध खेल्नेछ । १२ खेलबाट २९ अंक जोडेको बागमती तालिकाको शीर्षस्थानमा छ । बागमतीले ९ खेलमा जित निकाल्दा २ खेलमा बराबर र एक खेलमा मात्र हार बेहोरेको छ ।

स्थानीय तहको बलियो साथ

सर्लाहीको बागमती नगरपालिका क्लबको यो सफलताको मुख्य कडी हो । उपत्यका केन्द्रित शीर्ष डिभिजन लिगका क्लबहरू नै व्यावसायिक बन्न नसकेको अवस्थामा बागमतीले स्थानीय तहको सहयोगमा सबै खेलाडीलाई वर्षभर नै पारिश्रमिक र प्रशिक्षणको व्यवस्थासमेत गरेको छ ।

क्लबले महिला र युवा टिमलाई समेत नियमित प्रशिक्षण उपलब्ध गराउँदै आएको छ । खेलाडी मात्र नभई क्लबले अरू कर्मचारीलाई पनि मासिक पारिश्रमिक उपलब्ध गराउँछ ।

व्यवस्थापक प्रधान पनि बागमती  नगरपालिका, मेयर भरत थापा र नगरपालिका कार्यसमितिका सबै टिमलाई क्लबले हासिल गरेको सफलताको श्रेय दिन संकोच मान्दैनन् । उनी भन्छन्, ‘बागमती नगरपालिकाको बलियो साथ रहेकाले नै हामी यो सफलतासम्म आइपुगेका छौं । नगरपालिकाका मेयर भरत सर र उहाँको टिमले दिएको अनवरत साथका लागि क्लब सदैव कृतज्ञ रहनेछ ।’

क्लबमा हाल २५ खेलाडी मासिक पारिश्रमिकमा अनुबन्धित छन् । क्लबले यी खेलाडीलाई स्तरअनुसार मासिक २० हजारदेखि ३५ हजार रुपैयाँसम्म पारिश्रमिक दिँदै आएको छ । अनुबन्धित खेलाडीलाई नियमित प्रशिक्षण त छँदै छ । खाना र आवासका लागि होस्टेलको सुविधासहित क्लबले खेलाडीको शैक्षिक खर्चसमेत आफैंले बेहोरेको छ । यातायातका निम्ति टिमसँग आफ्नै बस छ ।

गोलबजारसँग प्रतिस्पर्धा गर्दै बागमती

क्लबले महिला र युवा टिमलाई समेत नियमित प्रशिक्षण उपलब्ध गराउँदै आएको छ । खेलाडी मात्र नभई क्लबले अरू कर्मचारीलाई पनि मासिक पारिश्रमिक उपलब्ध गराउँछ । तीन प्रशिक्षक, पाँच कर्मचारी, एक अनुशासन इन्चार्ज (डीआई), बस चालक र दुई होस्टेल सञ्चालकलाई क्लबले मासिक पारिश्रमिक दिँदै आएको छ ।

नियमित प्रशिक्षण

बागमतीले शीर्ष डिभिजनको लक्ष्यसहित नियमित प्रशिक्षणको सुरुआत गरेको पाँच वर्ष पुगिसक्यो । बागमती  नियमित फुटबल प्रशिक्षण उपलब्ध गराउने अहिले मोफसलकै एकमात्र क्लब हो ।

केही वर्षअघिसम्म झापा-११ आफ्ना खेलाडीलाई मासिक पारिश्रमिक दिएर राख्ने मोफसलको एकमात्र क्लब थियो । तर, झापाले त्यो प्रयास नियमित राख्न सकेन ।

शीर्ष डिभिजन लिग खेल्नका लागि ‘सी’ डिभिजन लिग छनोट र ‘सी’ डिभिजन लिग गरी दुई खुड्किलो उक्लिसकेको बागमतीलाई घरेलु लिग संरचनाको अनियमिततासँग डर छ । 

अहिले तीन विभागीय टोली (त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ) बाहेक अरू कुनै त्यस्ता क्लब नेपालमा बिरलै भेटिन्छन्, जसले खेलाडीलाई नियमित प्रशिक्षण र मासिक पारिश्रमिकसहित क्लबमा राखेको होस् । अझ मोफसलमा यो संख्या शून्यमा छ । तर, नेपाली फुटबलमा छुट्टै पहिचान बनाउने यात्रामा रहेको बागमतीले पछिल्लो पाँच वर्षयता खेलाडीलाई नियमित प्रशिक्षण र मासिक पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

एन्फाबाट लिग नियमित भए अर्को वर्ष शीर्ष डिभिजन उक्लने क्लबको दाबी छ ।

बागमतीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका राज भुसाल (१२ नम्बर जर्सी)

शीर्ष डिभिजन लिग खेल्नका लागि ‘सी’ डिभिजन लिग छनोट र ‘सी’ डिभिजन लिग गरी दुई खुड्किलो उक्लिसकेको बागमतीलाई घरेलु लिग संरचनाको अनियमिततासँग डर छ । पछिल्लो १० वर्षमा ‘ए’ डिभिजन लिगका चार संस्करणमात्र आयोजना हुँदा पनि वाग्मतीको डर जायज रहेको देखिन्छ । तर, एन्फाबाट लिगनियमि भए आगामी वर्ष ‘ए’ डिभिजन लिगमा उक्लिने दृढ उदेश्य छ बागमतीको ।

‘हामीलाई अब एन्फाबाट डर छ । पाँच वर्षमा शीर्ष डिभिजन लिग खेल्ने लक्ष्य भए पनि लिग नियमित नहुँदा त्यो पूरा हुन पाउँदैन कि भन्ने लागेको छ । तर, लिग नियमित भए हामी आगामी वर्ष ए डिभिजन लिगमा जान्छौं भन्नेमा विश्वस्त छौं,’ प्रधान दाबाका साथ भन्छन् । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar