जर्मन फुटबलमा दोहोरिएको कथा

काठमाडौं । अप्रिल २७, २०२१ ,यो दिन प्रशिक्षक युलियन नागेल्सम्यान जर्मन च्याम्पियन बायर्न म्युनिखको प्रशिक्षकमा नियुक्त भएका थिए । ३४ वर्षीय युवा प्रशिक्षक नागेल्सम्यानले त्यति बेला बायर्नमा हान्सी फ्लिकलाई प्रतिस्थापन गरेका थिए । करिब साढे दुई वर्षपछि त्यही कथा दोहोरिएको छ ।

फ्लिक बर्खास्तगीमा परेको दुई सातापछि नै जर्मन फुटबल संघ (डिएफए)ले राष्ट्रिय टोलीको जिम्मेवारी नागेल्सम्यानलाई दिएको थियो । सेप्टेम्बरमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानसँग ४-० ले पराजित भएपछि फ्लिक बर्खास्त भएका थिए । जापानअघि जर्मनी कोलम्बिया र पोल्यान्डसँग पनि हारेको थियो ।

जर्मन मूलका नागेल्सम्यान अहिले ३६ वर्षका भए । एक दशक अगाडि नागेल्सम्यानले बल्ल आफ्नो प्रशिक्षण करियर सुरु गरेका थिए । उनी विश्व फुटबलको शक्तिशाली राष्ट्रको जिम्मेवारीमा आइपुगेका छन् ।

सधैं महत्त्वाकांक्षी नागेल्सम्यानले सुरुदेखि नै घरेलु लिग बुन्डेसलिगाका मुख्य प्रशिक्षकमा आफ्नो नजर राखेका थिए । टुचेल र पेप ग्वार्डिओला जस्ता प्रशिक्षकका खेल अवलोकन गर्न र सिक्न इच्छुक थिए । प्रभावशाली यी प्रशिक्षकप्रेरित नागेल्सम्यानले आफू पनि एकदिन राम्रो प्रशिक्षक बन्ने अठोट लिए ।

घुँडाको चोटका कारण नागेल्सम्यानले २० वर्षको उमेरमै व्यावसायिक फुटबलको अन्त्य गरेका थिए । त्यस समय नागेल्सम्यान पूर्व बोरुसिया डर्टमन्ड, चेल्सी र पेरिस सेन्ट-जर्मन प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको स्थानीय अग्सबर्गको रिजर्भ टोलीमा खेलिरहेका थिए । टचेल हाल क्लबविहीन छन् । 

एक दशकसम्म घरेलु फुटबलमा राज गरेको बायर्नको जिम्मेवारी एक वर्ष सम्हालेका टचेल यसै सिजनको अन्त्यमा क्लबबाट अलगिएका छन् । टुचेलले नै नागेल्सम्यानलाई प्रतिस्थापन गरेका हुन् । टुचेलले त्यतिबेला २० वर्षीय नागेल्सम्यानसँग भोलि गएर राम्रो प्रशिक्षक बन्न सक्ने गुण देखेका थिए । नभन्दै अग्सबर्गको स्टाफमा सामेल गरे । त्यसपछि नागेल्सम्यानले १८६० म्युनिख क्लबमा सहायक प्रशिक्षक भएर काम गरेका थिए ।

सधैं महत्त्वाकांक्षी नागेल्सम्यानले सुरुदेखि नै घरेलु लिग बुन्डेसलिगाका मुख्य प्रशिक्षकमा आफ्नो नजर राखेका थिए । टुचेल र पेप ग्वार्डिओला जस्ता प्रशिक्षकका खेल अवलोकन गर्न र सिक्न इच्छुक थिए । प्रभावशाली यी प्रशिक्षकप्रेरित नागेल्सम्यानले आफू पनि एकदिन राम्रो प्रशिक्षक बन्ने अठोट लिए ।

सन् २०१५ मा नागेल्सम्यानले वर्तमान बेल्जियन प्रशिक्षक डोमेनिको टेडेस्कोसँगै फुसबल-लेहरर कोर्समा आफ्नो प्रशिक्षण सुरु गरे । लेहररको प्रशिक्षणपछि अक्टोबर १५, २०१५ मा नागेल्सम्यान त्यति बेला लिगमा संघर्ष गरिरहेको टिएसजी होफेनहाइमको मुख्य प्रशिक्षकमा नियुक्त भए । प्रशिक्षकमा नियुक्ति भएको चार महिनापछि बल्ल टोलीलाई सम्हाल्न पाएका नागेल्सम्यान बुन्डेसलिगा इतिहासकै सबैभन्दा कान्छो प्रशिक्षक बने । त्यतिबेला नागेल्सम्यान मात्र २८ वर्षका थिए । सिजनको अन्त्यमा होफेनहाइमलाई रेलिगेसनबाट बचाए । लिगका बाँकी १४ खेलमा होफेनहाइमले ७ खेलमा स्पष्ट ३ अंक जोडेको थियो ।

अर्को वर्ष २०१६-१७ सिजनमा नागेल्सम्यानको नेतृत्वमा होफेनहाइमले शीर्ष चारमा लिग टुंग्यायो र युरोपेली फुटबल महासंघ (युइएफए) च्याम्पियन्स लिगको प्लेअफलाई छनोट भयो । प्लेअफमा ६ पटकको विजेता लिभरपुलसँग संकुचित हार बेहोरेपछि होफेनहाइम प्रतियोगिताका लागि छनोट हुन सकेन । तर, नागेल्सम्यान २०१७ मा आफ्नो पहिलो पूर्ण सिजनमा वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए ।

लगातार १० पटक उपाधि जितेको बायर्नले गत सिजन लिग जित्न अन्तिम खेलसम्म कुर्नुपरेको थियो । जसका कारण सबै नागेल्सम्यानको आलोचनामा खनिए । नागेल्सम्यान र खेलाडीबीच तालमेल नमिलेको र गोलकिपर तथा कप्तान म्यानुयल नोयरसँग झगडा भएको कुरा बाहिर आएको थियो ।
 

जर्मन लिगमा पारेको प्रभावले नागेल्सम्यान युरोपका ठूला क्लबहरूको नजरमा परे । केही क्लबहरूको प्रस्ताव पनि आयो । तर, नागेल्सम्यानले उक्त प्रस्ताव अस्वीकार गर्दै होफेनहाइमसँग २०२१ सम्म सम्झौता गरे । २०१७-१८ सिजनमा होफेनहाइमले तेस्रो स्थानमा रहँदै लिग टुंग्यायो र च्याम्पियन्स लिगका सोझै छनोट भयो । तर, सिजनको अन्त्यमा नागेल्सम्यान होफेनहाइमसँगको सम्झौता तोड्दै थप चुनौती सामना गर्ने भनी अर्को जर्मन क्लब लाइप्जिग गए ।

लाइप्जिगमा नागेल्सम्यानले दुई वर्ष बिताए । पहिलो वर्ष लाइप्जिगले बुन्डेसलिगामा तेस्रो स्थान हासिल गरेको थियो ।  अर्को वर्ष  क्लबले च्याम्पियन्स लिगमा सेमिफाइनलसम्म यात्रा गर्याे । सोही वर्ष बुन्डेसलिगामा उपविजेता बन्यो । २०२१ मा हान्सी फ्लिकले जर्मन राष्ट्रिय टोली सम्हालेपछि बायर्नले नागेल्सम्यानलाई २५ मिलियन युरो तिरेर प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

बायर्नमा नागेल्सम्यानको सुरुआत राम्रै भएको थियो । बायर्न आउनेबित्तिकै डिएफएल सुपर कपको उपाधि जितेका नागेल्सम्यानले बुन्डेसलिगा पनि जिते । तर, च्याम्पियन्स लिग क्वाटरफाइनलमा भिल्लारियालसँग पराजित भएपछि टोलीभित्र समस्या उत्पन्न भयो । जुन समस्या थप पेचिलो बन्दै गयो ।

लगातार १० पटक उपाधि जितेको बायर्नले गत सिजन लिग जित्न अन्तिम खेलसम्म कुर्नुपरेको थियो । जसका कारण सबै नागेल्सम्यानको आलोचनामा खनिए । नागेल्सम्यान र खेलाडीबीच तालमेल नमिलेको र गोलकिपर तथा कप्तान म्यानुयल नोयरसँग झगडा भएको कुरा बाहिर आएको थियो ।

आश्चर्यजनक रूपमा सिजन सकिनैलाग्दा गत वर्ष बायर्नले नागेल्सम्यानलाई बर्खास्त गरेको हो । आश्चर्यजनक किन पनि भने त्यतिबेला बायर्न लिग उपाधि दौडमै थियो । जर्मन कप, च्याम्पियन्स लिगबाट बाहिरिएको पनि थिएन । पछि टचेलले नागेल्सम्यानको ठाउँ लिए । बायर्न लगातार ११ औं पटक च्याम्पियन बन्यो । यो सिजन क्लबले २०१२–१३ यता पहिलो पटक कुनै पनि उपाधि जितेन ।

ट्याक्टिकल मास्टरमाइन्ड

यद्यपि बायर्नका खेलाडीले कहिलेकाहीँ नागेल्सम्यानको रणनीतिक जटिलताबारे प्रश्न उठाए । नागेल्सम्यानको ठूलो शक्ति भनेकै उनको रणनीतिक दिमाग हुँदै आएको छ । सामान्यतः नागेल्सम्यान एउटै शैली रुचाउँछन् । त्यो हो, द्रुत काउन्टर प्रेसिङ र छरितो पासिङ । एनालिटिक्सको प्रयोग पनि नागेल्सम्यानको उदयमा प्रमुख कारक बनेको छ ।

जर्मनी र नागेल्सम्यान दुवैका लागि सही समय र परिस्थिति महत्त्वपूर्ण छ । जुन १४ बाट घरेलु भूमिमै हुन लागेको युरोपियन च्याम्पियनसिप २०२४ मा राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसरका कारण नागेल्सम्यानलाई करिब ९ महिना क्लब प्रशिक्षणबाट विश्राम लिन लोभ्याएको थियो भन्न सकिन्छ ।

‘तपाईंले दर्शकलाई लोभ्याउनुपर्छ । प्रशिक्षकको हैसियतमा तपाईंले खेलाडीको हित होइन, टिमको हितलाई प्राथमिकतामा राख्नुपर्छ,’ नागेल्सम्यानले एक अन्तर्वार्तामा भनेका थिए ।

उनको मनोवृत्तिलाई केही खेलाडीले नरुचाएको हुनसक्छ । तर, धेरैलाई उत्प्रेरित गरेको छ । जस्तो कि जर्मन अन्तर्राष्ट्रिय तथा बायर्नका खेलाडी योसुवा किमिच । किमिच नागेल्सम्यानलाई उत्कृष्ट प्रशिक्षक मान्छन् । भन्छन्, ‘उनी सजिलै मेरो उत्कृष्ट प्रशिक्षकको शीर्ष तीनमा पर्छन् ।’ 

अर्को कुरा केही यस्ता खेलाडी छन्, जसले नागेल्सम्यानको प्रशिक्षणमा धेरै राम्रो गरे । किमिचका सहकर्मी लियोन गोरेट्जका र सर्ज जिनाब्रीले नागेल्सम्यानको समयमा आफ्नो प्रदर्शनमा धेरै सुधार ल्याएका थिए ।

जर्मनी र नागेल्सम्यान दुवैका लागि सही समय र परिस्थिति महत्त्वपूर्ण छ । जुन १४ बाट घरेलु भूमिमै हुन लागेको युरोपियन च्याम्पियनसिप २०२४ मा राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसरका कारण नागेल्सम्यानलाई करिब ९ महिना क्लब प्रशिक्षणबाट विश्राम लिन लोभ्याएको थियो भन्न सकिन्छ । नत्र बायर्नबाट बर्खास्त भएपछि अन्य क्लबबाट अनेकन प्रस्ताव नआएका होइनन् । यसो हेर्दा नागेल्सम्यानको भाग्यमा राष्ट्रिय टोली हेर्ने नै लेखेकै थियो भन्नुपर्छ ।

‘राष्ट्रिय टोलीको जिम्मेवारी पाउनु गर्वको विषय हो । तर, मलाई यो पनि थाहा छ कि मसँग धेरै समय छ र म हरेक दिन मैदानमा रहँदा, प्रशिक्षण गराउँदा साँच्चै रमाइलो गर्छु,’ नागेल्सम्यानले सन् २०२० मा भनेका थिए ।

जर्मनीको प्रारम्भिक प्रशिक्षक ओटो नेर्जपछि इतिहासकै दोस्रो सबैभन्दा कान्छो राष्ट्रिय प्रशिक्षक बनेका नागेल्सम्यानसामु आफूलाई प्रमाणित गर्ने अवसर छ । जर्मनी सम्हाल्दा नेर्ज ३४ वर्षका थिए । गत अप्रिलमा मात्र नागेल्सम्यानले २०२६ फिफा विश्वकपसम्म आफ्नो जिम्मेवारी नवीकरण गरेका थिए । तर, उनको भविष्य सुरक्षित भने पक्कै छैन । जर्मनीले युरोपियन च्याम्पियनसिपको उपाधि नजितेको पनि २८ वर्ष भइसक्यो । यसपालि घरमै हुने प्रतियोगिता टोलीका लागि खास छ ।

घरेलु समर्थकबीच पनि उपाधि नजित्ने हो भने उनको पद जाने सम्भावना बढी हुनेछ । जर्मनीले जुन १५ मा स्कटल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि उसले हंगेरी र स्विट्जरल्यान्डसँग खेल्नेछ । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar