युरोको ज्वरोमा विश्व फुटबल

काठमाडौं । विश्वकपपछि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता के त ? युरो कि कोपा ? जति मुख, उत्तिकै उत्तर हुनेछ यो प्रश्नको । खुसीको संयोग के भने अबको साता दिनपछि यिनै दुई ठूला प्रतियोगिता आयोजना हुँदै छन् ।

सबैभन्दा पहिले पालो, युरो २०२४ को । अनि त्यसले प्रदान गर्ने सनसनीको । फुटबल भनेपछि हुरुक्कै हुने जर्मनीमा जुन १४ प्रतियोगिता सुरु हुँदै छ । त्यो भनेको अर्को साताको शुक्रबार । फेरि खेलहरू युरोपकै सबैभन्दा आधुनिक र सुविधासम्पन्न रंगशालाहरूमा हुनेछ ।

युरोपेली फुटबल पारखीलाई के विश्वास छ भने यसपल्टको प्रतियोगिता पनि उत्तिकै सम्झनलायक हुनेछ, जति त्यो विश्वकप भएको थियो । त्यो विश्वकप जितेको थियो इटालीले । अहिले यही इटाली डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगिता खेल्दै छ ।

उपाधिका लागि दुई प्रमुख दाबेदार रहेका छन् फ्रान्स र इङ्ल्यान्ड । एक महिना चल्ने यो प्रतियोगिता यसअघिको संस्करणभन्दा फरक हुनेछ । तीन वर्षअगाडिको युरो एकै देशमा भएको थिएन । बरू छरिएर युरोपका विभिन्न सहरमा भएका थिए ।

दर्शक पनि सीमित थिए । किनभने त्यो समय कोरोना भाइरस संक्रमण महामारीको बेला थियो । यसपल्ट एउटै देशमा हुनेछ । दर्शक अपार हुनेछन् नै । कुनै प्रकारको छेकबार हुने छैन । यो तय छ ।

जर्मनीका कुल १० रंगशालामा खेल हुनेछ । यसले सन् २००६ को विश्वकपलाई सम्झाउने छ, जतिबेला जर्मनीले अन्तिम पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेको थियो ।

युरोपेली फुटबल पारखीलाई के विश्वास छ भने यसपल्टको प्रतियोगिता पनि उत्तिकै सम्झनलायक हुनेछ, जति त्यो विश्वकप भएको थियो । त्यो विश्वकप जितेको थियो इटालीले । अहिले यही इटाली डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगिता खेल्दै छ ।

युरोपेली फुटबल पारखीलाई के विश्वास छ भने यसपल्टको प्रतियोगिता पनि उत्तिकै सम्झनलायक हुनेछ, जति त्यो विश्वकप भएको थियो । त्यो विश्वकप जितेको थियो इटालीले । अहिले यही इटाली डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगिता खेल्दै छ ।

सन् २००६ मा जर्मन फुटबल खासै राम्रो समयबाट गुज्रिइरहेको थिएन । तर, सेमिफाइनलसम्म पुगेको थियो । अहिले पनि जर्मन फुटबल खुसीको समयबाट गुज्रिइरहेको छैन । विश्वकपका पछिल्ला दुई संस्करणमा जर्मनी लिग चरणबाटै बाहिरिएको थियो, नकआउट चरण पनि छुन नसकेर ।

के यसपल्ट यस्तै दुर्गति त हुने छैन जर्मनीको ? सायद नहोला । किनभने जर्मन फुटबल आफैंमा बलियो छ । अनि जर्मनीसँगै अहिले पनि उत्तिकै उम्दा खेलाडी छन् ।

फाइनल बर्लिनमा जुलाई १४ मा हुनेछ, ठ्याक्कै सुरुआतको एक महिनापछि । त्यस फाइनलसम्म पुग्न दुई टिम साँच्चै बलिया छन् फ्रान्स र इङ्ल्यान्ड । यसका पनि कारण छन् । फ्रान्स युरोपकै वरीयतामा नम्बर एक टिम हो ।

यो टिम बलियो छ, त्यसैले त फ्रान्सले विश्वकपका पछिल्ला दुई संस्करणको फाइनल खेलेको छ । केलियन एमबाप्पे फ्रान्सका सबैभन्दा ठूलो अस्त्र हुन् । इङ्ल्यान्ड पनि उत्तिकै बलियो छ । समस्या के भने ठूलो अवसरमा यो टिम किन हो, नमीठोसँग चुक्ने गर्छ ।

सम्भवतः क्रिस्टियानो रोनाल्डो आफ्नो खेलाडी जीवनको अन्तिम युरो खेल्दै छन् । त्यसैले उनी पक्कै यसलाई विशेष बनाउन चाहन्छन् ।

पछिल्लो युरो फाइनलमा इटलीको हातबाट त हो इङ्ल्यान्ड पराजित भएको । त्यो पनि टाइब्रेकरमा । इङ्ल्यान्डलाई राम्रो गर्नु छ भने टोलीका दुई खेलाडी चम्कनुपर्नेछ, ह्यारी केन र जुड बेलिङ्घम ।

विश्वकपका पछिल्ला दुई संस्करणमा छनोटसम्म नसकेको इटाली पनि कम त हुने छैन नै । र, यहाँनिर किन पोर्चुगललाई छुटाउने ? सम्भवतः क्रिस्टियानो रोनाल्डो आफ्नो खेलाडी जीवनको अन्तिम युरो खेल्दै छन् । त्यसैले उनी पक्कै यसलाई विशेष बनाउन चाहन्छन् ।


 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar