एटलान्टा खुसी र लेभरकुसन पीडामा लट्ठ

काठमाडौं ।  इटालीमा त्यस्तो एउटा फुटबल क्लब छ, जुन खासै चर्चामा रहेको छैन । क्लबको उति साह्रो चमकधमक पनि छैन । फेरि यो क्लब प्रायः दुई छिमेकी इन्टर मिलान र एसी मिलानको छायाँमा पर्छ । यतिमात्र होइन, यसलाई इटालीको प्रान्तीय क्लब भनिन्छ ।

यहाँ चर्चा गरिरहेका छौं एटलान्टाको । बेरेगामोको यो क्लब किन प्रायः ओझेलमा छ भने यसले खासै केही जित्दैन । फुटबल भनेकै निर्दयी छ । यसमा जित्न नजान्नेको खासै चर्चा हुन्न ।

एटलान्टाले ६१ वर्षपछि जितेको यो नै पहिलो उपाधि हो । यति धेरै वर्ष यो क्लबको प्रदर्शन कस्तो रह्यो होला ? त्यसै अनुमान गर्न सकिन्छ ।

बायर लेभरकुसन । यो भयो जर्मनीको फुटबल क्लब । यसको चर्चा त हुन्छ तर नकारात्मक ढंगले । यो त साँच्चै केही जित्न नजान्ने क्लबका रूपमा रहेको थियो । स्थापना भएको १००वर्षभन्दा बढी भइसक्यो । उपाधि जित्ने कहिल्यै होइन । उपाधिको नजिक त पुग्ने, तर जहिलै फेल खाने । त्यसैले विरोधीले क्लबको नामै राखिएको छ ‘नेभरकुसन’ । यो क्लबको इतिहास भनेकै सफलताको नजिक पुगेर नराम्रोसँग चुक्ने र अन्त्यमा दुःखमै डुब्ने हो ।

यिनै दुई क्लब भर्खर युरोपा लिग फुटबलको फाइनलमा भिडे । विजेता रह्यो एटलान्टा । डब्लिनमा भएको फाइनलमा एटलान्टा ३-० ले विजयी रह्यो । त्यसैले अहिले एटलान्टामा खुसी मात्रै छाएको छ । 

लेभरकुसन भने दुःख मनाइरहेको छ । सबैको आ-आफ्नो भाग्य न हो । फाइनलका नायक रहे, इङ्ल्यान्डमा जन्मेर पनि नाइजेरियाका लागि खेल्ने बाटो रोजेका एडेमोला लुकम्यान । उनले खेलमा ह्याट्रिक नै गरे । फाइनलमा उनको प्रदर्शन वास्तवमै सनसनीपूर्ण थियो ।

फाइनलमा पराजित रहे पनि लेभरकुसनका लागि यो सिजन गजब नै रह्यो । यो सिजन जत्तिको राम्रो टोलीका लागि कहिल्यै भएको थिएन । लेभरकुसनले एक साता जति भयो जर्मन बुन्डेसलिगा जितेको ।

यसको अर्थ के भने एटलान्टाले ६१ वर्षपछि जितेको यो नै पहिलो उपाधि हो । यति धेरै वर्ष यो क्लबको प्रदर्शन कस्तो रह्यो होला ? त्यसै अनुमान गर्न सकिन्छ ।

 अहिलेको सफलताका लागि भने प्रशिक्षक जियान पिएरो गास्पेरिनीलाई श्रेय भने दिर्नैपर्छ । उनले क्लब सम्हाल्न थालेको केही वर्ष भयो । उनी के आए, यो क्लबले जित्न सुरु गरिहाल्यो । एटलान्टा च्याम्पियन्स लिगका लागि छनोट हुने टिम भएको छ । त्यसैले एटलान्टामा अहिले सुखै सुख छ ।

फाइनलमा पराजित रहे पनि लेभरकुसनका लागि यो सिजन गजब नै रह्यो । यो सिजन जत्तिको राम्रो टोलीका लागि कहिल्यै भएको थिएन । लेभरकुसनले एक साता जति भयो जर्मन बुन्डेसलिगा जितेको ।

त्यो भनेको लेभरकुसन नयाँ जर्मन च्याम्पियन हो । क्लबले आफ्नो इतिहासमै जितेको यो नै एकमात्र उपाधि हो । फेरि आजै शनिबार टोलीले जर्मन कपको फाइनल पनि खेल्दै छ काइजस्लर्टनविरुद्ध । यो फाइनलमा जित्ने लेभरकुसन नै हो भनिएको छ ।

तर टोली ले युरोपा कप भने जित्न सकेन । यसअघिसम्म यो टिम पूरा सिजन अपराजित थियो । त्यो पनि ५१ खेलसम्म । त्यसैले पनि फाइनलको हार अझ पीडादायी भएको हो । स्थिति जस्तै होस्, लेभरकुसनले गुनासो गर्ने ठाउँ छैन । बरू टोलीले यो सिजनको प्रदर्शनका लागि गर्व गर्न सक्नुपर्छ । यसका लागि लगगभ सबै श्रेय प्रशिक्षक जाभी अलोन्सोलाई दिनुपर्छ । उनी के आए लेभरकुसनको भाग्य नै फेरियो ।


 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar