इतिहासका कुराः पुलिसको त्यो अपराजित ४९ खेल यात्रा

काठमाडौं । फुटबलमा अपराजित यात्राको आफ्नै छुट्टै महत्त्व हुन्छ । अझ विशेष रूपमा लिग फुटबलमा । विदेशी लिगहरूमा फलानो टिमले यति खेलमा आफ्नो अपराजित यात्रा पुर्‍यायो भन्ने समाचार आइरहन्छ ।

यस्तै अपराजित खेलयात्रा नेपाली फुटबलमा चाहिँ कसको नाममा छ त ? त्यो त अहिले नेपाली फुटबलमा अफ–सिजन चलिरहेको छभन्दा हुन्छ, किनभने माथिल्लो स्तरको फुटबल कहिले हुने हो, त्यो टुंगो छैन ।

यस्तोमा एउटा नजिर बस्ने डर थियो, पुलिसलाई लिग फुटबल खेल्न आउँदैन भनेर । त्यस्तोमा एक ठूलो निर्णय आयो, प्रशिक्षक फेर्ने । त्यतिबेलासम्म प्रशिक्षक थिए, योगम्बर सुवाल ।

कुनै पनि बेला नेपाली फुटबलको त्यो अपराजित यात्राबारे चर्चा गर्दा यो अप्रासङ्गिकता भने हुन्न । र, नेपालको घरेलु फुटबलमा यो अपराजित यात्राको कीर्तिमान रहेको नेपाल पुलिस क्लबको नाममा ।

कथा यसरी सुरु हुन्छ, पुलिसले वर्ष ०६० सालदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्न थालेको हो । सुरुआती तीन प्रयासमा पुलिस क्लबले केही गर्न सकेन ।

वर्ष ०६० र ०६१ मा पुलिस दोस्रो स्थानमा मात्रै रहयो । भलै, त्यो बेलाको टिम असाध्यै बलियो थियो । अझ वर्ष ०६३ मा आइपुग्दा त पुलिस चौथो स्थानमा पुग्यो ।

यस्तोमा एउटा नजिर बस्ने डर थियो, पुलिसलाई लिग फुटबल खेल्न आउँदैन भनेर । त्यस्तोमा एक ठूलो निर्णय आयो, प्रशिक्षक फेर्ने । त्यतिबेलासम्म प्रशिक्षक थिए, योगम्बर सुवाल ।

उनले नै पुलिस फुटबललाई उम्दा त बनाए । तर, किन हो लिग जिताउन सकेनन् । यस्तोमा पुलिस टिमको प्रशिक्षकमा आए, विराटकृष्ण श्रेष्ठ ।

भनिन्छ, नेपाली फुटबलले पाएका सबैभन्दा राम्रा प्रशिक्षकमा उनी एक हुन् । खुबै राम्रा रणनीतिकार । तर प्रायः जहिल्यै गुनासो गरिरहने बानी छ उनमा ।

जेहोस्, उनी के आए पुलिसले लिग फुटबलमै नयाँ इतिहास रच्यो । पुलिसले ०६३, ०६६-०६७ र ०६८ मा लगातार तीनपल्ट लिग जित्यो । यो त ऐतिहासिक प्रदर्शन थियो ।

वर्ष ०६३ को संस्करण दोहोरो लिग प्रणाली थियो । सहभागी १४ टिमले एक आपसमा दुईपल्ट खेलेका थिए । पुलिस त्यस वर्ष सुरुआती १४ खेलमा अपराजित रह्यो ।

यो अपराजित यात्रा वर्ष ०६८ को असार २९ सम्म चल्यो । त्यो भनेको ४ वर्ष ६ महिना । वर्ष ०६६-०६७ को लिगमा पुलिस एकै खेलमा पनि पराजित रहेन ।

पुलिसले ३८ अंक बटुलेको थियो । कम्तीमा त्यतिबेला पुलिसलाई कसैले रोक्ने छैन, यस्तै छाँट थियो । तर, पुस २४ मा भएको १५ औं चरणको खेलमा पुलिस ब्वाइज युनियनको हातबाट ३-० ले पराजित रह्यो ।

यो वास्तवमै स्तब्धपूर्ण नतिजा थियो । अविश्वसनीय र सनसनीपूर्ण पनि । पुलिसको लिग उपाधि यात्रामा फेरि शंका उत्पन्न भएको थियो । तर, यसले केही ठूलो गम्भीर धक्का पुगेन ।

पुलिसले लगत्तै पुस २९ मा भएको १६ औं चरणको खेलमा संकटालाई १-० ले हरायो । यसमा निर्णायक गोल गर्ने खेलाडी थिए, जुमानु राई । यही दिनबाट सुरु भएको हो, पुलिसको दुर्लभ ऐतिहासिक यात्रा । त्यो दिनबाट पुलिस लगातार ४९ खेलमा अपराजित रहेको थियो ।

यो अपराजित यात्रा वर्ष ०६८ को असार २९ सम्म चल्यो । त्यो भनेको ४ वर्ष ६ महिना । वर्ष ०६६-०६७ को लिगमा पुलिस एकै खेलमा पनि पराजित रहेन ।

सबै २२ खेलमा पुलिस अपराजित रह्यो । यो पनि दोहोरो लिग थियो । सहभागी १२ टिमले एकअर्काविरुद्ध दुईपल्ट खेलेका थिए । वर्ष ०६८ को लिगमा १८ टिम थिए । प्रतियोगिता भने एकै चरणको ।

पुलिसले त्यस लिगको १६औं चरणको खेलमा थ्री स्टार क्लबलाई १-० ले हराएपछि लगातार तेस्रोपल्ट उपाधि जित्ने निश्चित भइसकेको थियो । मात्र औपचारिकता बाँकी थियो ।

त्यो जितमा सुमन सुवेदीले निर्णायक गोल गरेका थिए । यो जितपछि पुलिसको ४४ अंक भएको थियो । दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लब ४१ अंकमा थियो ।

लिगको अन्तिम खेलमा यिनै पुलिस र मनाङ भिडेका थिए । त्यसमा मनाङ १-० ले विजयी रह्यो । गोल गर्ने खेलाडी थिए, अनिल गुरुङ । यसरी पुलिसको ४९ खेलको अविजित यात्रा टुंगिएको थियो ।

तर, पुलिसलाई मनाङले लिग जित्नबाट भने रोक्न सकेन । दुवै टिम समान ४४ अंकमा रहेको थियो, तर पुलिस गोल अन्तरले उपाधि जित्न सफल भएको थियो । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar