कसरी जित्यो इन्टर मिलानले लिग ?

काठमाडौं । इटालियन फुटबलको शीर्ष डिभिजन सिरी ‘ए’मा यस सिजन रोचक प्रतिस्पर्धा देखिएन । एक दशकभन्दा बढी भइसक्यो, इटालियन फुटबलमा एकाध सिजनबाहेक अरू वर्ष कुनै हेर्नलायक प्रतिस्पर्धा नभएको ।

भन्नुको तात्पर्य, जो जो च्याम्पियन कहलिए सबैले एकतर्फी ढंगले उपाधि जितेका छन् । यसपालि पनि त्यस्तै भयो । लिगले ५ चरणको खेल बाँकी रहेको अवस्थामा नै नयाँ च्याम्पियन पाइसकेको छ ।

सोमबार मात्र छिमेकी प्रतिद्वन्द्वी एसी मिलानलाई २-१ ले पराजित गर्दै इन्टर मिलानले ५ खेलअगावै सिरी ‘ए’को उपाधि हत्याएको छ । क्लब इतिहासको २०औं सिरी ‘ए’ उपाधि जित्न सिमोन इन्जाघीको टोली इन्टरलाई कुनै गाह्रो भएन ।

दोस्रो स्थानको एसी मिलान च्याम्पियन इन्टरभन्दा १७ अंकले पछि पर्नुले पनि यो तथ्य पुष्टि गर्छ इन्टरलाई कति सजिलो थियो भनेर ।

लिग अवधिभर जम्मा १८ गोल खाएको इन्टरले यसपालि एउटा खेलमा मात्र हार बेहोरेको छ । आठ महिनाअगाडि इन्टर घरेलु मैदान सानसिरोमा सासौलोसँग २-१ ले पराजित भएको थियो । खास भन्ने हो भन्ने सिरी ‘ए’मा हेर्नलायक खेलमध्ये यो मात्रै एउटा होला । किनभने अहिले सासौलो पुछारको टोलीभन्दा एक स्थान मात्र माथि छ । रेलिगेसनबाट जोगिन टोलीलाई जितबाहेक अन्य विकल्प छैन ।

प्रमुख स्ट्राइकर लुकाकु लोनमा अर्को इटालियन क्लब एएस रोमा पुगेपछि प्रशिक्षक इन्जाघीले लाउटारो मार्टिनेजलाई थप जिम्मेवारी दिएका थिए । गत सिजन अन्त्यमा पूर्वगोलकिपर समीर हान्डानोभिकले संन्यास घोषणा गरेपछि अर्जेन्टिनी खेलाडी मार्टिनेजलाई कप्तानी जिम्मेवारी दिइएको थियो ।

सिजनअघिको ट्रान्सफर विन्डोमा गरिएका सम्झौताहरू इन्टरको सफलताको जग बन्न पुग्यो । जति नयाँ खेलाडी भित्रिए, ती सबै खेलाडी क्लबको योजनामा फिट रहे । यिनै खेलाडीले क्लबका केही दिग्गज खेलाडीलाई प्रतिस्थापन गरेका थिए ।

इन्टरले फरवार्ड मार्कोस थुराम, रक्षक बेन्जामिन पाभार्ड र गोलकिपर यान सोमरलाई ४० मिलियन युरोभन्दा कम रकममा क्लबले अनुबन्ध गरेको थियो । यी खेलाडीहरूले क्लबका स्टार खेलाडी रोमेलु लुकाकु, मिलन स्क्रिनियर र आन्द्रे ओनानाको ठाउँ लिएका थिए ।

प्रमुख स्ट्राइकर लुकाकु लोनमा अर्को इटालियन क्लब एएस रोमा पुगेपछि प्रशिक्षक इन्जाघीले लाउटारो मार्टिनेजलाई थप जिम्मेवारी दिएका थिए । गत सिजन अन्त्यमा पूर्वगोलकिपर समीर हान्डानोभिकले संन्यास घोषणा गरेपछि अर्जेन्टिनी खेलाडी मार्टिनेजलाई कप्तानी जिम्मेवारी दिइएको थियो ।

मिलानको चिरप्रतिद्वन्द्वी एसी मिलानलाई पनि एक समय उपाधि दाबेदारका रूपमा हेरिएको थियो । तर, प्रमुख खेलाडीहरू लामो समयसम्म चोटबाहिर निस्कन नसक्दा एसी मिलानलाई यसको प्रत्यक्ष असर पर्न गयो ।

इन्टरले फ्रेन्च खेलाडी थुरामलाई जर्मन क्लब बोरुसिया मोेन्सेनग्लाडबाचबाट अनुबन्ध गर्नुको एउटै कारण थियो, मार्टिनेजसँगको साझेदारी । जसमा इन्टरले सोचेअनुरुप फल पायो । इन्टरले कुल ७९ गोल गर्दा थुराम र मार्टिनेजले संयुक्त ३५ गोल गरेका छन् । उनीहरूको नाममा १६ असिस्ट पनि छ ।

यी दुई खेलाडीलाई इटालियन मिडफिल्डर निकोलो बरेलाले राम्ररी साथ दिइरहेका छन् । प्राविधिक खुबी भएका बरेला र टर्किस हाकान कोलोनोलुले इन्टरको मध्यपंक्तिलाई बलियो बनाउँदा लेफ्ट विङ्स ब्याक फेडेरिकोबाट पनि गोल र असिस्ट निस्किरहेको छ ।

यिनै ठोस कारणहरू इन्टर चार वर्षमै दोस्रो पटक उपाधि जित्न सफल भयो । ३३ खेलमा २७ जित निकालेको इन्टरलाई एकसमय मासिमिलानो एलेग्री मुख्य प्रशिक्षक रहेको युभेन्ट्सले कडा चुनौती दिएको थियो । तर, जनवरी अन्त्यसम्म पनि युभेन्ट्स उपाधि दौडमा थियो ।

फेबु्रअरीको सुरुआती दुई खेल हारेपछि इन्टरले दौडबाट युभेन्ट्सलाई उछिन्यो । अहिले युभेन्ट्स तेस्रो स्थानमा छ । फेबु्रअरीको पहिलो खेलमा युभेन्ट्स इन्टरसँगै पराजित भएको हो ।

मिलानको चिरप्रतिद्वन्द्वी एसी मिलानलाई पनि एक समय उपाधि दाबेदारका रूपमा हेरिएको थियो । तर, प्रमुख खेलाडीहरू लामो समयसम्म चोटबाहिर निस्कन नसक्दा एसी मिलानलाई यसको प्रत्यक्ष असर पर्न गयो । एसी मिलानको प्रदर्शनमा मुख्य प्रशिक्षक स्टेफानो पियोलीलाई दोष दिइयो । लगातारको परिवर्तित फर्मेसनका कारण उनी आलोचनाको केन्द्रविन्दुमा रहिरहे ।

साबिक विजेता नेपोलीका लागि यसपालि बिर्सनलायक प्रदर्शन रह्यो । गत वर्ष क्लबलाई उपाधि जिताएका लुसियानो स्पालेटी सिजन सुरु हुनुअघि नै जिम्मेवारीबाट हटेपछि नेपोलीले उनको स्थानमा रुडि गार्सियालाई भित्र्याएको थियो । तर, चार महिनापछि गार्सिया बर्खास्तगीमा परे । उनको ठाउँमा आएका थिए पूर्वप्रशिक्षक वाल्टर मज्जारी ।

मज्जारीले पनि नेपोलीको खराब सिजनलाई सुधार्न सकेनन् । जवाफमा उनी तीन महिनामा नै क्लबबाट टाढिए । मज्जारीपछि अहिले स्लोभाकियन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक फ्रान्सेस्को काल्जोनाले नेपोलीको जिम्मेवारी लिएका छन् । काल्जोना अहिले दुवै टोली सम्हालिरहेका छन् ।

काल्जोनाको नेतृत्वमा नेपोलीले मात्र ३ खेलमा जित हासिल गरेको छ । र, अहिले टोली तालिकाको आठौं स्थानमा छ । गणितीय हिसाबमा अर्को वर्ष हुने युइएफए च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना समाप्त भएको छ ।

इन्टरले सिजन सुरु हुनुभन्दा अगाडि सायदै सोचेको थियो होला, यति सहज तरिकाले लिग जित्न सकिएला । गत वर्ष च्याम्पियन्स लिगको फाइनल खेलेको इन्टरको अबको लक्ष्य हुनेछ, इटालियन फुटबलको पावरहाउस बनिरहने अनि युरोपियन फुटबलमा आफ्नो साख फिर्ता ल्याउने । यी लक्ष्यहरू यसपालि जितेको लिग उपाधिको यात्रा जस्तो सहज भने हुने छैन ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar