एनएसएलमा जम्दै विश्वकपदेखि युरोपियन लिग खेलेका खेलाडी (कुन टिममा कस्ता विदेशी खेलाडी नामावलीसहित)

काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण काठमाडौंमा चलिरहेको छ । कुल ४० खेल हुने प्रतियोगितामा दोस्रो चरणका खेल सम्पन्न भइसकेको छ । सहभागी ९ टोलीले समान दुई खेल खेल्दा स्थानीय खेलाडीभन्दा विदेशी खेलाडीको प्रभाव बढी देखिएको छ ।

अधिकांश खेलमा विदेशी खेलाडी नै छाएका छन् । प्रायः टोलीको जितमा विदेशी खेलाडी नै निर्णायक भएका छन् । ६० भन्दा बढी अनुभवी नेपाली खेलाडी विदेशिएका कारण एनएसएल सुरु हुनुभन्दा अगाडि नै टिमहरूमा संकटको बादल मडारिसकेको थियो । यही कारण आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले सहभागी क्लबको अनुरोधअनुसार ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने निर्णय लिएको थियो । त्यसमध्ये पाँच विदेशी खेलाडी मैदान उतार्न पाइने भयो ।

यसपटक लिगमा घानाबाट सर्वाधिक १२, क्यामरुनबाट १०, सेनेगलबाट ४, नाइजेरिया र उज्वेकिस्तानबाट समान ३ खेलाडी एनएलएलमा छन् । लेवनान, गुएना, स्पेन, फ्रान्स र भारतबाट समान २ खेलाडी रहँदा मोन्टेनेग्रो, अमेरिका, सर्बिया, प्यालेस्टाइन र कंगोबाट समान एक खेलाडी नेपाली फुटबलमा देखिएका छन् ।

साबिक उपविजेता धनगढी एफसीसँगै ललितपुर सिटी एफसीले समान ६ खेलाडी अनुबन्ध गरेका छन् । बाँकी सात टोलीले समान ५ खेलाडी अनुबन्ध गरेका छन् । समग्रमा यसपालि ४७ विदेशी खेलाडी एनएसएलमा आबद्ध छन् । ९ मध्ये ६ टोलीले गोलकिपर पनि विदेशी नै रोजेका हुन् । झापा एफसी, ललितपुर र चितवन एफसीले त प्रशिक्षकमा पनि विदेशीकै भर लिएका छन् ।

फ्रेन्चाइज टोलीले विश्वकपदेखि युरोपियन लिग खेलेका खेलाडीसमेत अनुबन्ध गरेका छन् । जसको प्रभाव मैदानमा पनि देख्न पाइन्छ । कुनै पनि टोली कमजोर देखिएका छैनन् । ‘खेल निकै प्रतिस्पर्धात्मक छ । कुनै टोली कमजोर भन्न नै सकिँदैन,’ स्पोर्टिङ इलाम एफसीका प्रशिक्षक मेघराज केसी भन्छन्, ‘स्तरीय विदेशी खेलाडी छन् । त्यसैले पनि प्रतियोगिता प्रतिस्पर्धात्मक र रोमाञ्चक छ । विदेशी खेलाडीबाट हाम्रा खेलाडीले सिक्ने अवसर पनि हो,’ केसीले भनेका थिए ।

यसपटक लिगमा घानाबाट सर्वाधिक १२, क्यामरुनबाट १०, सेनेगलबाट ४, नाइजेरिया र उज्वेकिस्तानबाट समान ३ खेलाडी एनएलएलमा छन् । लेवनान, गुएना, स्पेन, फ्रान्स र भारतबाट समान २ खेलाडी रहँदा मोन्टेनेग्रो, अमेरिका, सर्बिया, प्यालेस्टाइन र कंगोबाट समान एक खेलाडी नेपाली फुटबलमा देखिएका छन् ।

कुन टोलीमा कस्ता विदेशी खेलाडी ?

एफसी चितवन


एफसी चितवन
युसिफ मुबारिक (घाना)
टोरिक जेब्रिक (घाना) 
राफिक अमिनु (घाना)
अफ्रियी अक्वाह (घाना)
मार्काे इभानोभिक (मोन्टेनेग्रो)

एनएसएल खेल्न आएको ठूलो नाम हो घानाका अफ्रियी अक्वाह । ३१ वर्षीय यी डिफेन्सिभ मिडफिल्डरले चितवनका लागि  तीन  खेल खेलेका छन् । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप खेलेका अफ्रियीका लागि एनएसएल सोचेजस्तो हुन सकेको छैन । उनले सन् २०१२ देखि २०२१ सम्म घानाको लागि ३९ खेल खेल्दा एक गोल गरेका छन् । सन् २०१४ को विश्वकपमा घानाको २६ खेलाडीभित्र उनको नाम पनि थियो । उनी पोर्चुगलसँग २–१ ले पराजित हुँदाको खेलमा ७६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । चितवनले अनुबन्ध गरेका टोरिक र राफिकले सहिद स्मारक लिग खेलिसकेका छन् । मार्काे र मुबारिक नेपाली फुटबलका लागि नयाँ नाम हुन् ।

धनगढी एफसी

आफिज ओलाडिपो ओलावाले (नाइजेरिया)
फलोउ डियाग्ने (सेनेगल)
मोहम्मद टाहा- गोलकिपर (लेवनान)
रिचार्ड असेइ अग्यमाङ (घाना)
फोडे फोफाना (गुएना)
अहमेद हिजाजी (लेवनान)

साविक उपविजेता धनगढीले च्याम्पियन हुने लक्ष्यसहित ३४ वर्षीय रक्षक फलोउ डियाग्नेलाई अनुबन्ध गरेको छ । उनी एनएसएलमा जोडिने दोस्रो ठूलो नाम हो । घानाका यी खेलाडीले फ्रेन्चसहित युरोपियन लिग खेलेका छन् । सहिद स्मारक लिगमा सानदार प्रदर्शन गरेका अहमेद हिजाजी, आफिज ओलावालेसँगै फोडे फोफाना छन् । आफिज पछिल्लो दशक नेपाली फुटबलका चर्चित नाम हुन् । पछिल्लो ए डिभिजन लिगमा गोलकिपर टाहाले थ्री स्टारबाट खेलेका थिए । रिचार्ड भने नयाँ नाम हो ।

झापा एफसी

धिरज थजाली (अमेरिका)
स्टेफन कुपिक- गोलकिपर (सर्बिया)
फर्नान्डो कोजार टोरेस (स्पेन)
योर्गे पेलाय सान्चेज (स्पेन)
समान्दर अचिलोभ (उज्वेकिस्तान

पहिलो पटक एनएसएल खेलेको झापाले अनुबन्ध गरेका पाँचै खेलाडी नेपाली फुटबलका लागि नयाँ नाम हुन् । उसले प्रशिक्षक ओरिओल सेगुरासँगै दुई खेलाडी स्पेनबाट भित्र्याएको छ । सर्बिया, अमेरिका र उज्वेकिस्तानबाट समान तीन खेलाडी छन् । अनुबन्ध भएका स्ट्राइकर योर्गे सान्चेज स्पेनिस ला लिगा क्लब ग्रानाडाको उत्पादन हुन् ।


काठमाडौं रेजर्स

जुनियर एन्केन्गुइ (क्यामरुन)
आन्द्रेस निया (क्यामरुन)
साख्रुख महमुद सोजियेभ (उज्वेकिस्तान)
कोमिलजोन टोजिडिनोभ (उज्वेकिस्तान)
जुवान ओलिभर सिमो किंगे (क्यामरुन)

साबिक विजेता काठमाडौं रेजर्सले यसपालि उपाधि रक्षा गर्ने लक्ष्यसहित पाँच विदेशी खेलाडी अनुबन्ध गरेको छ । तीन क्यामरुनका छन् भने दुई खेलाडी उज्वेकिस्तानका हुन् । मिडफिल्डर कोमिलजोन टोजिडिनोभले उज्वेकिस्तानको शीर्ष श्रेणीको लिग खेलेका छन् । जसको प्रभाव पहिलो खेलमा इलामबीच प्रस्ट देखियो । मिडफिल्डर निया र एन्केन्गुइ भने डिभिजन लिग खेलेका खेलाडी हुन् । थप तीन खेलाडी नेपाली फुटबलको लागि नयाँ नाम हुन् ।  

ललितपुर सिटी एफसी

जेफरी बाल्तुस–गोलकिपर (फ्रान्स)
पाबा केबे (फ्रान्स) 
इमोह इजेकियल (नाइजेरिया)
जोनाथन भिभियाना (प्यालेस्टाइन)
ओमोलाजा करिम (नाइजेरिया)
निखिल सुरेश राव कदम (भारत)
अस्ट्रेलियाका प्रशिक्षक इयान गिल्सनको प्रशिक्षणमा रहेको ललितपुरले ६ खेलाडी अनुबन्ध गरेको छ । त्यसमा दुई फ्रेन्चसहित दुई नाइजेरियन, प्यालेस्टाइन र भारतका समान एक खेलाडी छन् । भाटभटेनी सुपर मार्केटको स्वामित्वमा रहेको ललितपुरमा आबद्ध करिम मात्र नेपाली फुटबलमा परिचित नाम हो । अन्य पाँच नयाँ नाम हुन् ।

बुटवल–लुम्बिनी एफसी

निकोलस सर्ज सन (क्यामरुन)
स्टेफन समिर बिनोङ (क्यामरुन)
मोहमोदोउ–गोलकिपर (क्यामरुन)
अर्नेस्ट टम्पी (क्यामरुन)
आन्द्रे थेरी बियिक (क्यामरुन)
बुटवल–लुम्बिनीको घरेलु फुटबलमा रहेकै क्यानरुनका चार खेलाडी अनुबन्ध गरेको छ । क्यामरुनकै गोलकिपर मोहमोदोउ मात्रै नयाँ टोली हुन् । क्लबको नयाँ स्वामित्वसँगै क्लबले च्याम्पियन हुने भन्दा पनि प्लेअफ पहिलो लक्ष्य राखेको छ । रक्षक अर्नेस्ट, आन्द्रे र स्ट्राइकर बिनोङले ए डिभिजन लिगमा सानदार प्रदर्शन गरेका थिए ।

पोखरा थन्डर्स

गुइल्युम प्रिसो–गोलकिपर (क्यामरुन)
फ्रान्कलिन क्युट टला (क्यामरुन)
जोय आइडु (घाना)
मोसेस ग्याबाह (घाना)
स्टेफन कोजो अनोर (घाना)

पोखराले पनि बुटवलजस्तै घरेलु फुटबलमा सानदार प्रदर्शन गरेका खेलाडीलाई स्थान दिएको छ । अनुबन्ध भएकामध्ये चार खेलाडीले सहिद स्मारक ए डिभिजन लिग खेलेका छन् । गोलकिपर प्रिसो र रक्षक टलाले लिग च्याम्पियन चर्च ब्वाइज र मिडफिल्डर जोय र मोसेसले उत्कृष्ट प्रदर्शन गर्दै विभागीय टोली नेपाल पुलिस क्लबलाई रेलिगेसनबाट मात्रै जोगाएनन् तेस्रो स्थानमा उकालेका थिए ।

स्पोर्टिङ इलाम एफसी

इब्राहिम जिट (सेनेगल)
अमाथ ड्व (सेनेगल)
अब्दुल्लाये बा (सेनेगल)
फोडे क्यामरा (गुएना)
सुरज सिंह (भारत)
नयाँ टोली एनएसएलले उपाधि जित्ने लक्ष्यसहित पाँच विदेशी अनुबन्ध गरेको छ । पाँचै खेलाडी नेपाली फुटबलको लागि नयाँ  नाम हो । मेघराज केसीको प्रशिक्षणमा इलामले औसत प्रदर्शन गरिरहेको छ । राष्ट्रिय टोलीका गोलरक्षक तथा मार्की विकेश कुथु रहेको इलामका लागि सेनेगलका अमाथ ड्वले आफ्नो प्रभाव देखाइसकेका छन् । उनी विपक्षीका लागि घातक बन्दै आएका छन् ।

वीरगन्ज युनाइटेड

विलियम ओपोकु (घाना)
डिजाड्जी गुस्ताभो (कंगो)
ह्यान्स कोफी (घाना)
ओबेट ओसुबु (घाना)
ऐकिन्स बफोर (घाना)
वीरगन्ज युनाइटेडले प्लेअफको लक्ष्यसहित पाँच खेलाडी अनुबन्ध गरेको छ । पहिलो पटक एनएसएल खेलिरहेको वीरगन्जले सनोज श्रेष्ठलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । टोलीमा चार घाना र एक कंगोका खेलाडी छन् । मिडफिल्डर विलियम ओपोकु मात्रै घरेलु लिगमा देखिएका खेलाडी हुन् । 

शनिबारका अन्य स्टोरीः
फुटबल कमेन्ट्रीमा ‘डन डिरेक्टर’को पुनरागमन
जर्मन बुन्डेसलिगामा ‘लेभरकुजन क्रान्ति’
अबिच्युरीः रहेनन् फुटबलका ‘ट्रयु जेन्टलम्यान’ भीम थापा
यस्तो छ अक्सनअघिको आइपिएल टोली
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar