एनएसएलको केन्द्रबिन्दुमा विदेशी खेलाडी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको शुक्रबार औपचारिक उद्घाटन भइसकेको छ । उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा भयो । खेल १-० ले काठमाडौंको पक्षमा रह्यो ।  गोल गर्ने खेलाडी थिए राजिव लोप्चन।

उद्घाटन गोल नेपाली खेलाडीले गरे पनि मैदानभित्र विदेशी खेलाडीको प्रभाव धेरै देखिएको थियो । घरेलु लिगमा राम्रो प्रदर्शन गरिरहेका ६० भन्दा बढी खेलाडी भविष्यको खोजीमा विदेश पलायन भएपछि आयोजकले पहिलो पटक एक क्लबले सुरूवातमै पाँच विदेशी खेलाडी मैदान उतार्न पाउने नियम बनाएको छ । एक क्लबले ६ खेलाडी अनुबन्ध गर्न पाउनेछन् । 

यसले सबै टोली विदेशी खेलाडीमा निर्भर हुनेछन् । केही टोलीले यसपालि युरोपमा उत्कृष्ट प्रदर्शन गरेका विदेशी खेलाडी अनुबन्ध गरेका छन् । केही टिमले घरेलु फुटबलमा पछिल्लो केही वर्षदेखि अनुभव बटुलिरहेका विदेशी खेलाडी नै समावेश गरेका छन् ।

साबिक विजेता काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जन पनि विदेशी खेलाडी नै निर्णायक हुने बताउँछन् ।

दोस्रो संस्करणमा सहभागी ९ टोलीले ४५ माथि विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् । २/३ विदेशी प्रशिक्षक पनि यसपालि टचलाइनमा देखिने छन् । साथै दुई रेफ्री पनि भारतबाट झिकाइएको छ । प्लेइङ सेटमै ५ विदेशी खेलाडी खेलाउन पाउने हुँदा सबै प्रशिक्षकको योजना नै त्यसैअनुसार हुनेछ । उनीहरूले बुझेका छन्, विदेशी खेलाडी नै निर्णायक हुनेछन् ।

साबिक विजेता काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जन पनि विदेशी खेलाडी नै निर्णायक हुने बताउँछन् । ‘पहिलो सिजन पनि स्थानीय र विदेशी खेलाडीको भरमै जितेका थियौं । यसपालि आयोजकले पाँच विदेशी खेलाडी खेलाउन पाउने नियम राखेपछि सबैको ध्यान नै त्यसैमा छ । विदेशी खेलाडी नै निर्णायक हुनेछन्,’ महर्जनले सुनाए ।

महर्जनले भने जस्तै हिसुब थपलिया मार्की रहेको काठमाडौंले एसियाली मुलुक उज्वेकिस्तानका तीन र क्यामरुनका दुई  खेलाडी समावेश गरेको छ ।

नयाँ टोली इलाम पनि विदेशी खेलाडीमै निर्भर छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी र उमेर समूहमा सानदार प्रदर्शन गरेका खेलाडी इलाममा छन् ।

पहिलो संस्करण खेलका अधिकांश खेलाडी अस्ट्रेलियालगायतका देशमा पुगेपछि क्लबहरूकै अनुरोधमा आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले ५ विदेशी खेलाडी मैदान उतार्न पाउने नियम बनाएको हो । यसअघि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पनि क्लबहरूको अनुरोधपछि विदेशी खेलाडी कोटा ३ बाट ४ बनाइएको थियो ।

यसपटक अस्ट्रेलिया पुगेका चार खेलाडी भने एनएसएल खेल्न स्वदेश फर्किएका छन् । स्ट्राइकर विमल घर्तीमगर, आशिष लामा, मिडफिल्डर तेज तामाङ र रक्षक दिनेश राजवंशी फर्किएका हुन् ।

पहिलो संस्करणमा सात टोली रहेको एनएसएलको दोस्रो संस्करणमा तीन नयाँ टोली समावेश छन् । स्पोर्टिङ इलाम, झापा एफसी र वीरगन्ज युनाइटेड नयाँ टोली हुन् । पहिलो संस्करण निकै चर्चा कमाएको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएको छ ।

काठमाडौं, इलाम, झापा, वीरगन्ज, बुटवल लुम्बिनी, एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र धनगढी एफसी सहभागी लिगमा ४० खेल हुनेछ ।

उपाधि जित्ने योजनासहित चितवनले स्पेनिस खेलाडी भित्र्याएको थियो । तर, उनी पारिवारिक समस्यापछि घर छाडेका छन् । अहिले टोलीमा घानाका चार खेलाडी छन् । 

नयाँ टोली इलाम पनि विदेशी खेलाडीमै निर्भर छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी र उमेर समूहमा सानदार प्रदर्शन गरेका खेलाडी इलाममा छन् । तर, विदेशी खेलाडी शारीरिक, प्राविधिक र रणनीतिक रूपमा सफल हुने हुँदा इलाम विदेशी खेलाडीमै केन्द्रित छ ।

इलामले अफ्रिकी राष्ट्र सेनेगलका तीन, गुयना र भारतका खेलाडी अनुबन्ध गरेको छ । इलामका प्रशिक्षक केसी विदेशी खेलाडी नै निर्णायक हुने र उनीहरुबाट नेपाली खेलाडीले सिक्ने अवसर रहेको बताउँछन् । ‘यो कुरा भन्नै पर्दैन । सबैलाई थाहा भएको कुरा हो । यो लिगमा विदेशी खेलाडी नै निर्णायक हुनेछन् । उनीहरु राम्रो स्तरका छन् । हाम्रा खेलाडीले उनीहरुबाट केही सिक्न सक्छन्,’ केसीले भनेका छन् । 

बुटवल लुम्बिनीले ‘ए’ डिभिजन लिग खेलिरहेका क्यामरुनी खेलाडी लिएको छ । साबिक उपविजेता धनगढी एफसीले नाइजेरिया, लेवनानजस्ता देशका खेलाडीलाई स्थान दिएको छ ।

उपाधि जित्ने योजनासहित चितवनले स्पेनिस खेलाडी भित्र्याएको थियो । तर, उनी पारिवारिक समस्यापछि घर छाडेका छन् । अहिले टोलीमा घानाका चार खेलाडी छन् । स्पेनिस प्रशिक्षक भित्र्याएको झापाले स्पेनबाट दुई खेलाडी झिकाएको छ । सर्बिया, अमेरिका र एसियाली मुलुक उज्वेकिस्तानका समान एक खेलाडी छन् ।

पहिलो संस्करण प्लेअफबाट बाहिरिनुपरेको ललितपुरले उपाधि जित्ने लक्ष्यसहित दोस्रो संस्करण खेल्न अस्ट्रेलियन प्रशिक्षक भित्र्याएको छ । टोलीमा युरोपेली मुलुक फ्रान्स र अफ्रिकी राष्ट्र नाइजेरियाका समान दुई खेलाडी छन् । एसियाली मुलुक प्यालेस्टाइनका मिडफिल्डर अनुबन्ध गरेको छ । ललितपुरमा मार्की अनन्त तामाङसँगै वर्तमान राष्ट्रिय टोलीका चार खेलाडी छन् ।

पोखराले पनि घरेलु फुटबलमा राम्रो छवि बनाएर विदेशीलाई लिएको छ । टोलीले गोलकिपरदेखि हरेक पोजिसनमा विदेशी खेलाडीलाई स्थान दिएको छ ।

पोखराले पनि घरेलु फुटबलमा राम्रो छवि बनाएर विदेशीलाई लिएको छ । टोलीले गोलकिपरदेखि हरेक पोजिसनमा विदेशी खेलाडीलाई स्थान दिएको छ । टोलीमा घानाका तीन रहँदा क्यानरुनका दुई खेलाडी छन् ।

वीरगन्जले ‘ए’ डिभिजन लिगमा सानदार प्रदर्शन गरेका विलियम ओपोकुलाई अनुबन्ध गरेको छ । विलियमसँगै घानाका चार खेलाडी छन् । एक खेलाडी कंगोका एक खेलाडीको प्रतिनिधित्व रहनेछ ।

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका निर्देशक श्रेयन्स कार्की विदेशी खेलाडीको आगमनसँगै एनएसएलको रौनक र प्रतिस्पर्धा बढ्ने बताउँछन् । उनी नेपाली खेलाडीले स्तरीय विदेशी खेलाडीबाट सिक्ने अवसर रहेको मान्छन् । ‘हामीले विदेशी खेलाडीको आगमन बढेसँगै लिगको रौनकसँगै प्रतिस्पर्धा बढ्ने विश्वास गरेका छौं,’ निर्देशक कार्कीले भने, ‘साथै नेपाली खेलाडीले विदेशी खेलाडीसँग सिक्ने ठूलो अवसर पनि हो ।’

शनिबारका अन्य स्टोरीः 
भारत विश्व क्रिकेटको नयाँ चोकर हो ?
एनएसएलले ‘मिस’ गर्ने खेलाडीहरू
नेपाल सुपर लिगः ओलामाउको गोलदेखि गोलसम्म पहिलो संस्करण
युरोपियन च्याम्पियनसिपः यस्ता छन् छनोट २१ राष्ट्र, अझै तीन बाँकी

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar