आश्विन ३, २०८१ बिहीबार | ०६:४६:४४
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने
शनिबारको दिन अनन्त तामाङ

‘निर्विकल्प’ जब्बर रक्षक

काठमाडौं । थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबबीचको किचलोका कारण वर्ष ०७५ एन्फा एकेडेमीका उत्पादन अनन्त तामाङका लागि बिर्सनलायक रह्यो ।

नेपाली फुटबलका दुई महारथीबीचको हानथापका कारण अनन्तले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्ने अवसर गुमाउनुपरेको थियो । तर, गल्ती उनकै थियो । अनन्तले दुवै क्लबमा सम्झौता गरेका थिए ।

एन्फा एकेडेमीबाट निस्कनेबित्तिकै उनले व्यावसायिक फुटबलका लागि मनाङ रोजेका थिए । तर, पछि थ्री स्टारबाट खेल्ने योजना बनाएर पाटने टोलीसँग पनि सम्झौता गरे । अब उनी अप्ठेरोमा परे । पहिला हस्ताक्षर गरेका कारण मनाङको अनुमतिविना उनले थ्री स्टारबाट खेल्न पाउने थिएनन् ।

मनाङले सोच्यो, यति राम्रा खेलाडी घरेलु फुटबलको सबभन्दा चिरप्रतिद्वन्द्वी क्लब जानका लागि किन अनुमति दिनु ? यही कारण एकेडेमीबाट खारिएर बाहिर निस्केको पहिलो वर्ष सबै सहपाठीले लिग खेले । अनन्तमात्र बाहिर रहे । उनको दैनिकी भने कागजी प्रक्रिया मिल्ला र खेलौंला भन्ने आशामा एन्फा धाउँदैमा बित्यो । अनन्तका केही सहकर्मीसमेत अनुबन्ध गरेको मनाङले त्यो वर्ष रेलिगेसनको प्रावधानविना गरिएको लिग जित्यो ।

पहिलो सिजन आफ्नै अपरिपक्वताका कारण ठूलै हण्डर खाएका अनन्तले ०७६ र ०७८ को लिग थ्री स्टारबाट खेले । व्यवस्थापन पक्ष कमजोर हुँदै गएको थ्री स्टारबाट राम्रो प्रदर्शन भए पनि रेलिगेसनबाट जोगिनुभन्दा ठूलो उपलब्धि हासिल भएन । टिम नै कमजोर भएपछि राष्ट्रिय टोलीबाट प्रभावशाली प्रदर्शन गर्दै आएका अनन्तले पनि घरेलु लिगको उपाधि चाख्न पाएनन् । 

उमेर समूहमा यु-१९ साफ च्याम्पियनसिप, २३ वर्षमुनिको टोलीले खेल्ने १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत  फुटबल तथा सिनियर टोलीबाट बंगबन्धु कप र एएफसी सोलिडारिटी कप उपाधिमा अनन्तले नाम लेखाइसकेका छन् । स्पेनको मार्बेला युनाइटेडमा प्रशिक्षणको मौका पाएका उनले इस्ट बंगालबाट भारतको इन्डियन सुपर लिग (आइएसएल) पनि खेले । तर, देशभित्रको घरेलु फुटबलमा उनको उपलब्धि शून्य थियो ।

०७८ को सिजन घरेलु फुटबलमा आक्रामक सुरुआत गरेको चर्च ब्वाइज ‘बी’ डिभिजनको च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको थियो । क्लबले पहिलो सिजन नै लिग जित्ने योजनामा ठूला स्टार नाम अनुबन्ध गर्न थाल्यो । रक्षापंक्तिमा चुस्त प्रदर्शन गर्दै आएका अनन्त चर्च ब्वाइजको नजरमा नपर्ने कुरै थिएन । चर्चले उनलाई अनुबन्धमात्र गरेन, कप्तानको जिम्मेवारी पनि २५ वर्षीय अनन्तलाई नै दियो ।

केही स्तरीय विदेशी खेलाडीको समेत साथ जुटाएर चर्च ब्वाइजले ‘डेब्यु’ सिजनमै उपाधिमा कब्जा जमायो । राष्ट्रिय स्तरका ६० भन्दा बढी खेलाडी विदेश पलायन हुँदा लिगमा घरेलु प्रतिभाको खडेरीजस्तै थियो । विदेशी खेलाडी निश्चित संख्यामा मात्र अनुबन्ध गर्न पाइने । तर, चर्च ब्वाइज यस मामिलामा भाग्यमानी ठहरियो । तुलनात्मक रूपमा चर्चका खेलाडी कममात्र विदेसिए ।

यही कारण चर्च ब्वाइजले लिग उपाधि जित्यो । तेस्रो प्रयासमा लिग जित्न सफल अनन्त पनि लिगकै सर्वाेत्कृष्ट खेलाडी भए । ‘मिहिनेत र लगावले यो उपाधि जितेका छौं । पहिलो उपाधि सधैं महत्त्वपूर्ण हुन्छ,’ अनन्त भन्छन् ।  

लिग च्याम्पियन बन्ने क्रममा चर्चले २६ खेलबाट ४८ अंक जोड्यो । साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई तीन अंकले पछि पारेको थियो । टोलीले १३ जित निकाल्दा ९ बराबर र ४ हार बेहो¥यो । यसैगरी लिगमा ३४ गोल गर्दा चर्चले १५ गोल बेहोरेको छ । गोलकिपर एभ्स प्रिसोले ११ खेलमा कुनै गोल खाएनन् । रक्षापंक्तिमा जब्बर अनन्तको साथ पाउँदा प्रिसोलाई फाइदा पुगेको थियो ।

झापाका यी खेलाडीले लिगमा २६ मध्ये २२ खेल खेले । मैदान उत्रिएका सबै खेलमा उनले पूरा समय मैदानमै बिताए । एक हजार ९ सय ८० मिनेट खेल्ने क्रममा अनन्तले ४ गोल गरेका छन् । एपिएफविरुद्ध दुई तथा मनाङ र न्युरोड टिम (एनआरटी) विरुद्ध एक÷एक गोल गरेका थिए ।

अनन्तको खेल जीवन एन्फा एकेडेमीबाट सुरु भयो । सन् २०१३ मा साफ यु-१६ च्याम्पियनसिमा नेपाल उपविजेता भयो । सन् २०१४ मा एएफसी यु-१६ च्याम्पियनसिप खेले । सन् २०१५ मा एन्फा कम्प्लेक्समा यु-१९ साफ च्याम्पियन भए । त्यही वर्ष एन्फा एकेडेमीबाट निस्किए ।

सन् २०१६ मा अनन्तले एएफसी यु-२३ च्याम्पियनसिप छनोट खेलेका सेन्ट्रल ब्याक अनन्त विशेषतः सेटपिसमा विपक्षीका लागि टाउको दुखाइको विषय बन्छन् । आफ्नो पोजिसनमा विपक्षी स्ट्राइकरलाई खुबै निगरानीमा राख्छन् । जसका कारण नेपाली फुटबलको उनको विकल्प भेटिएको छैन ।

अनन्तसँगै अञ्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, तेज तामाङ, र सुनील बल एकेडेमीको एउटै ब्याचबाट दीक्षित भएका थिए । दिनेश, तेज र सुनीलले सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया रोजेका छन् । एन्फा एकेडेमीकै प्रभावशाली ब्याचका अब अनन्त, अञ्जन, विमलमात्रै बाँकी छन् ।

अनन्त भने विदेश जाने योजना नरहेको सुनाउँछन् । यसबीच अनन्त आफ्नो सपना पूरा गर्न फिलिपिन्स हुँदै भारतको बैंगलुरु जाँदै छन् । जहाँ साबिक उपविजेता नेपालले पुनः एक पटक साफ च्याम्पियनसिप जित्न प्रयास गर्नेछ । अनन्त नेपाललाई साफ च्याम्पियसिप जिताउन हरसम्भव प्रयासरत हुनेछन् ।