मंसिर ६, २०८१ बिहीबार | १५:२५:२५
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन विदेशी खेलाडी

लिगमा छाइरहेका विदेशी खेलाडी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९-८० को सिजन सुरु भएको छ । दोस्रो चरणका खेल समाप्त भइसक्दा तेस्रो चरणका खेल सुरु भएका छन् । यसक्रममा केही अप्रत्यासित त केही स्वभाविक नतिजा निस्के । साविक दुई पटकको विजेता मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो खेल हारेको छ  र रेलिगेशन क्षेत्रमा छ ।

मछिन्द्रसंँगै उपाधिमा दाबेदारी प्रस्तुत गरेको संकटाले स्वभाविक खेल खेल्न सकेको छैन । उपाधि जित्ने योजना बनाएका नवप्रवेशी टोली चर्च ब्वाइज युनाइटेड र खुमलटारले औसत प्रदर्शन गरेका छन् । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब, तीन पटकको उपाधि विजेता थ्री स्टार र पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लब (शाही सासनमा दुई पटक) को यसपाली उपाधिमा दावेदारी छैन ।

प्रतियोगिता सुरु हुनुभन्दा अघिसम्म कागजी रुपमा कमजोर मानिएको जावलाखेल युथ क्लबले लगातार दोस्रो जित निकालेको छ । जसका कारण लिगले स्वभाविक रुपमा आकर्षण बढाउँदै लगेको छ । नेपालमा राम्रो भविश्य नदेखेर झण्डै चार दर्जन खेलाडी सिजनको मुखैमा विदेसिएपछि यसपटक एन्फाले लिगमा विदेशी खेलाडीको कोटा थप गर्ने क्रममा चारबाट पाँच पुर्याएसँगै प्रतियोगिताको रौनक केही बढेको छ ।

अधिंकाश टोलीमा विदेशी खेलाडी नै मुख्य हतियार बनेका छन् । एन्फाले अघिल्लो संस्करणको नियमलाई परिमार्जन गर्दै पाँच विदेशी खेलाडी राख्न पाउने नियम ल्याएको थियो । जसमा एक दक्षिण एसिया र अर्काे एसियन कोटा अनिवार्य छ । तर, मैदानमा चारमात्रै खेलाडी उत्रन पाउनेछन् ।

लिगमा दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लबले विदेशी खेलाडी भित्र्याएका छैनन् । पुलिसले प्रयास गरिरहेको बताएको छ । आर्मी भने नेपाली खेलाडीबाटै लिगमा धमका मच्चाउने योजनामा छ । सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले अघिल्लो सिजनकै तीन विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । यद्यपि केही क्लबले श्रम स्विकृति प्राप्त नगरेकाले पाँचै खेलाडी मैदानमा उतार्न भ्याइसकेका छैनन् । खुमलटारले भने पाँच जना नै खेलाडी मैदान भित्र्याइसकेको छ ।

लिगमा भित्रिएका विदेशी खेलाडी

खुमलटार

अभिषेक बर्मा- भारतस्टेफन समिर विनोङ- क्यामरुनमेसौके ओलोमोउ- क्यामरुनथेओफिलस अपो- घानासनविल डी कोस्टा- भारत

खुमलटारले सहिद स्मारक लिगमा नियमअनुसार सबै पाँच विदेशी खेलाडी भित्र्याइसकेको छ । पहिलो खेलमा फ्रेन्ड्सविरुद्ध क्यामरुनका स्ट्राइकर जोडी स्टेफन समिर र मेसुके तथा घानाका थेओफिलस अपोले पूरा समय मैदान बिताए । भारतीय खेलाडी अभिषेकले ४६ मिनेट खेल्दा डी कोस्टाले ४४ मिनेट मैदानमा बिताएका थिए । मेसुकेले दुई खेलमा दुई गोल गरेर आफू लयमा रहेको संकेत गरेका छन् ।

फ्रेन्ड्स

अख्रोरबेक उक्तामोभ- उज्वेकिस्तानअस्मिर गोङ्बा- उत्तम राई- भारत

पहिलो खेलमा खुमलटारविरुद्ध फ्रेन्ड्सले तीन विदेशी खेलाडीलाई अनुबन्ध गरेको थियो । उज्वेकिस्तानको अख्रोरबेकले पूरा समय मैदान बिताए ।

चर्च ब्वाइज युनाइटेड

फ्राङ्किङ कुइटे टल्ला- क्यामरुनप्रिसो एजान्गा- क्यामरुन जोसपे ओवुसु वेम्पा- घाना

पहिलो खेलमा नेपाल पुलिसविरुद्ध विदेशी खेलाडी टल्लालाई मैदान उतारेको चर्चले दोस्रो खेलमा खुमलटारविरुद्ध गोलकिपर प्रिसो र मिडफिल्डर जोसपे वेम्पालाई मैदान उतारेको थियो ।

एपिएफ

याया कुरियामा- जापानअर्मान्ड बेअडुम- चाडअडामा डोउम्बिया- माली

एपिएपले अघिल्लो सिजन २०७८ कै विदेशी खेलाडीलाई पहिलो खेलबाटै निरन्तरता दियो । थ्री स्टारविरुद्ध २-० को जितमा तीन खेलाडीले पूरा समय मैदान बिताएका थिए । तीनै खेलाडीको प्रदर्शनमा एपिएफ २०७८ को लिगमा सम्भावित रेलिगेशन टारेको हो ।  

थ्री स्टार

सिफमान्ड्ला सेलो माथेन्ज्वा- साउद अफ्रिकामार्टिन्स कयोडे अजयी- नाइजेरियाताहा मोहमद- लेवनान

पहिलो खेलमा माथेन्ज्वा र मार्टिन्स दुवैले पूरा समय खेले पनि प्रभाव जमाउन सकेनन् । दोस्रो खेलमा फ्रेन्ड्सविरुद्ध मार्टिन्सको एक गोल मद्धतमा थ्री स्टारले ३–३ गोलको बराबरी खेलेको थियो । ताहाले फ्रेन्ड्सविरुद्ध ‘डेब्यु’ गरेका थिए ।

मनाङ मर्स्याङ्दी क्लब

डिआवान्डोउ निआन्ग डिग्ने- सेनेगलसाडिदजामोल देभलात्जोनोभ- उज्वेकिस्तान यस टुकराम मात्रे- भारतसाहीद ओलुवासिना आफिज- नाइजेरिया

पहिलो खेलमा मनाङले तीन विदेशी खेलाडी मैदान उतारेको थियो । डिग्नेलाई मात्रै पहिलो रोजाईमा खेलाएको मनाङले दोस्रो हाफमा दुई खेलाडीलाई ‘डेब्यु’ गराएको थियो । संकटाविरुद्ध दोस्रो खेलमा १-० को जित निकाल्दा उज्वेकिस्तानका देभलात्जोनोभले निर्णायक गोल गरेका थिए । संकटाविरुद्ध तीनै विदेशी खेलाडीले पहिलो रोजाईमा स्थान बनाए ।

हिमालयन शेर्पा क्लब

पिस्टोन भुन्योली मुतम्बा- केन्यामोहम्मद कडो- लेबनानअबायोमी ओलुवासेउन फाकुन्ले- नाइजेरिया

पहिलो खेलमा मनाङविरुद्ध १–१ गोलको बराबरी खेल्दा पिस्टोन मुतम्बा र मोहम्मद केडोले उत्कृष्ट प्रदर्शन गरेका थिए । मुतम्बाले पूरा समय र केडोले ८१ मिनेट मैदान बिताएका थिए । दोस्रो खेलमा फाकुन्ले थपिँदा हिमालयन शेर्पाले पुलिसविरुद्ध जित निकाल्न सफल भयो ।

न्युरोड टिम (एनआरटी)

सैभिस सिंह- भारतनिकोलास सर्ज सोङ- क्यामरुनलाल नुन्जामा- भारतजिअन एनिसेट एमबाउमी- क्यामरुन

पहिलो खेलमा सातदोबाटोविरुद्ध एनआरटीले तीन विदेशी खेलाडी मैदान उतारेको थियो । दुई भारतीय र क्यामरुन खेलाडी हुन् ।

सातदोबाटो युथ क्लब

विलियम अपोकु असिडु- घानाउमेश राई- भारतइभान मेरिक- सर्वियाअब्दुल लातिफ अबुबाकरी- घानासार्दाेरवेक मात्तुरातोभ- उज्वेकिस्तान

पहिलो खेलमा एनआरटीविरुद्ध प्राप्त जितमा सातदोबाटोले दुई विदेशी खेलाडी मैदान उतारेको थियो । दोस्रो खेलमा एपिएफविरुद्ध सातदोबाटोले थप दुई खेलाडी खेलायो ।

संकटा क्लब

जुनियर ओन्गुइने एनकेन्गे- क्यामरुन नेल्सन युनियो कोन्फर- क्यामरुनआन्द्रे थिअरी वियिक वियिक- क्यामरुन

पहिलो खेलमा आर्मीविरुद्ध संकटाले तीन विदेशी खेलाडीलाई मैदान उतारेको थियो । ओनगुइन र नेल्सनले प्लेइङ सेटमा सुरुआत गर्दा आन्द्रे थिअरी वियिक दोस्रो हाफमै खेलेका थिए ।

मछिन्द्र फुटबल क्लब

आन्द्रेस निया टिचौन्कुइ- क्यामरुनओमालाज नुरैन करिम- नाइजेरियाओलाआलो आफिज- नाइजेरियायतासुजुकी- जापान

अनुबन्ध गरेका विदेशी खेलाडी घाइते भएपछि मछिन्द्रले पहिलो खेलमा जावलाखेलविरुद्ध कुनै विदेशी खेलाडी खेलाएन । आन्द्रेसनिया समेत बेन्चमै रहेका थिए । दोस्रो खेलमा समेत आन्द्रेसनिया बेन्चमै रहँदा रक्षक करिम मैदानमा देखिएका थिए । तेस्रो खेलबाट मछिन्द्रले नाइजेरियाका ओलावाले आफिज र जापानका यतासुजुकीलाई मैदान उतार्नेछ ।

जावलाखेलफोडे फोफाना- गिनी एकोटो  सेनोस मासोअबी- लेसोथो अब्दुल्लाजिज निसोनबाइभ- उज्वेकिस्तानराहुल राहुल - भारतपहिलो खेलमा जावलाखेलले मछिन्द्रविरुद्ध चार विदेशी खेलाडी खेलाएको थियो । चारै खेलाडीले पहिलो रोजाईबाट सुरुआत गरेका थिए ।