मंसिर ६, २०८१ बिहीबार | १५:३७:४५
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन बेन्फिका

खेलाडी बेचेरै अर्ब कमाउने व्यापारी बेनफिका

काठमाडौं । बेनफिका, एफसी पोर्टो र स्पोर्टिङ लिस्बनलाई पोर्चुगलमा ‘बिग थ्री’ भनिन्छ । सामान्य भाषामा भन्दा यी त्यहाँका तीन ठूला क्लब हुन् । तीनमध्येको पनि ठूलो चाहिँ बेनफिका । सर्वाधिक ३७ पटक लिग जितेको बेनफिका दुई पटक युरोपियन च्याम्पियन पनि बनिसकेको छ । त्यो पनि सन् १९६१ र १९६२ मा लगातार दुई पटक ।

आधुनिक युरोपियन क्लब फुटबलमा बेनफिकाको परिचय अर्को पनि छ । त्यो भनेको सफल व्यापारी । उसोत त फुटबल आफैंमा व्यापार हो, अर्थतन्त्र हो । वर्षको दुई पटक खेलाडी किनबेच हुन्छ । बेनफिका मात्र होइन अरु क्लब पनि खेलाडी किनबेच गर्छन् । तर यो मामलामा अरु धेरै क्लबभन्दा बेनफिका अगाडि छ ।

युरोपियन क्लब फुटबल मात्र होइन विश्व फुटबलमै नाम चलेका खेलाडीले बेनफिकाबाट खेलेका छन् । जस्तै, पोर्चुगलका लेजेन्ड इयुसेबियो, मारियो कोलुना, लुइसाओ, एञ्जल डी मारिया, नुनो गोमेज, रुबेन डियाज, डेभिड लुइज आदि ।

खेलाडी उत्पादन र तिनको वृत्तिविकास गर्न माहिर छ, बेनफिका । दक्षिण अमेरिका र अफ्रिकाबाट किशोर खेलाडी पोर्चुगल ल्याउने र तिनलाई परिपक्व बनाउने कला बेनफिकासँग छ । यति मात्र होइन, बेनफिका एकेडेमीकै उत्पादन भन्न मिल्ने कयौं खेलाडीले युरोपका ठूला क्लबमा आफूलाई स्थापित गरेका छन् । केही उदाहरण हुन्, जाओ फिलिक्स, रेनाटो सान्चेस, यान ओब्लाक र भिक्टर लिन्डलोफ ।२१औँ शताब्दीमा बेनफिकाले खेलाडी बिक्रीबाट एक अर्ब युरोभन्दा बढी आम्दानी गरिसकेको छ । बेनफिकाले गरेका पछिल्ला दुई ठूला बिक्री इन्जो फर्नान्डेज र डार्विन नुनेज हुन् । उरुग्वेका नुनेजलाई ६ महिनाअघि आठ करोड युरोमा लिभरपुलले अनुबन्ध गरेको थियो । फर्नान्डेज भने केही दिनअघि मात्र चेल्सी पुगे । उनका लागि चेल्सीले १२ करोड युरोभन्दा बढी तिरेको छ । यो स्थानान्तरण रकमका कारण फर्नान्डेज इङ्लिस प्रिमियर लिगका सर्वाधिक महँगा खेलाडीका रुपमा दर्ज भएका छन् ।  

यस आलेखमा हामी बेनफिकाले पूरा गरेका १० महँगा स्थान्तरणबारे चर्चा गर्नेछौंः

रेनाटो सान्चेज, २०१६

बेनफिका एकेडेमीका उत्पादन रेनाटो सान्चेज सन् २०१६ मा बार्यन म्युनिखसँग आबद्ध भएका थिए । उनका लागि जर्मन च्याम्पियनले तीन करोड ५० लाख युरो तिरेको थियो ।सन् २०१५ मा बेनफिकाको सिनियर टिममा बढुवा भएका मिडफिल्डर सान्चेज बायर्न पुग्दा मात्र १८ वर्षका थिए । बढुवा भएको सिजन नै सनसनी मच्चाएका सान्चेजलाई अनुबन्ध गर्न युरोपका अन्य ठूला क्लबहरु पनि चाहन्थे । तर उनले रोजे, बायर्न । उनका लागि खर्च गरिएको रकम त्यसबेला पोर्चुगिज लिग खेल्ने खेलाडीका लागि गरिएको सबैभन्दा ठूलो खर्च थियो ।युरोपका प्रतिभावान् युवा खेलाडीलाई दिइने प्रसिद्ध पुरस्कार ‘गोल्डन ब्वाई अवार्ड’ जितेको केही महिनापछि नै सान्चेज युरो २०१६ च्याम्पियन बनेका थिए । दुर्भाग्यवश बायर्नमा उनी टिक्न सकेनन् । बीचमा विभिन्न क्लब पुगेका उनी हाल फ्रान्सको लिलमा छन् । जहाँ उनको साख फर्किएको छ । फलतः एकपटक फेरि उनी युरोपका ठूला क्लबसँग जोडिन थालेका छन् ।

भिक्टर लिन्डेलोफ, २०१७

भिक्टर लिन्डेलोफ १७ वर्षका थिए, जब उनलाई बेनफिकाले आफ्नो बनायो । सन् २०१२ मा स्विडेन छाडेर पोर्चुगल पुगेका किशोर लिन्डेलोफ सुरुमा रिजर्भ टिमका सदस्य बने । त्यसको केही समयपछि त उनलाई सिनियर टिममा बढुवा गरिहालियो ।

सन् २०१६-१७ सिजन उनका लागि निर्णायक ठहरियो । बेनफिकाले लिग जित्दा उनी टिमका स्टार खेलाडी थिए । युरोपभर चर्चा भयो बेनफिकासँग एक उमदा युवा रक्षक छन् भनेर । त्यसपछि प्रिमियर लिगका ठूला क्लबहरु स्थान्तरण प्रस्ताव बोकेर बेनफिकाको ढोकामा पुग्न थाले । आखिरमा लिन्डेलोफ म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध भए । सन् २०१७ को त्यो स्थान्तणका लागि युनाइटेडले तीन करोड ५० लाख युरो तिर्नु परेको थियो ।

नेल्सन सेमेडो, २०१७

नेल्सन सेमेडो पनि बेनफिका एकेडेमीको गर्व गर्न लायक उत्पादन हुन् । सन् २०१२ मा स्थानीय क्लब सिन्ट्रेन्सेबाट राजधानी लिस्बन गएका सेमेडो केही सिजन बेनफिकाको रिजर्भ टिममा रहे । केही वर्षपछि नै यी राइटब्याकलाई सिनियर टिमका प्रशिक्षकले खोसिहाले ।

सन् २०१६/१७ उनका लागि ‘ब्रेकथ्रु’ सिजन रह्यो । प्राविधिक रुपमा निपुर्ण सेमेडो रक्षापंक्तिमा मात्र होइन आक्रमण गर्ने मामलामा पनि उत्तिकै सबल थिए । एक सिजन गरेको प्रदर्शनकै आधारमा उनलाई बार्सिलोनाले अनुबन्ध ग¥यो । सन् २०१७ मा भएको त्यो सरुवामा बार्सिलोनाको तीन करोड ५७ लाख खर्च भयो ।बार्सिलोनामा सेमेडोले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । कुरा के पनि हो भने बार्सिलोनाले उनमाथि धैर्य राख्न सकेन । आखिरमा उनी प्रिमियर लिगको उल्भरह्याम्पटनतिर सर्नुपर्यो । बार्सिलोनामा तीन सिजन बिताएपछि उनी सन् २०२० मा उल्भरह्याम्पटनसँग अनुबन्धित भएका हुन् ।

राउल जिमिनेज, २०१९

मेक्सिकोका राउल जिमिनेज उल्भरह्याम्पटनका मुख्य स्ट्राइकर हुन् । ३१ वर्षीय जिमिनेज मेक्सिकोबाट सन् २०१४ मा एट्लेटिको मड्रिड पुगेका थिए । तर उनको नाम चल्न थालेको भने बेनफिका गएपछि हो ।जिमिनेज सन् २०१५ देखि २०१९ सम्म बेनफिकामा रहे । बेनफिकामा एक सय २० खेलमा ३१ गोल गरेपछि उल्भरह्याम्पटनले उनलाई सन् २०१८ मा ऋण सम्झौतामा लग्यो । पछि यो स्थान्तरण स्थायी बसाइमा परिणत भयो । त्यसवापत उल्भरह्याम्पटनले बेनफिकालाई तीन करोड ८० लाख तिर्यो।

इङ्ल्यान्डमा जिमिनेज स्तरीय स्ट्राइकरमा परिणत भएका छन् । यसको प्रमाण हो, ८८ खेलमा २७ गोल ।

एक्सेल विट्सल, २०१२

एक्सेल विट्सल सन् २०११ मा बेनफिका पुग्दा २२ वर्षका थिए । सुरुमा विंगर बनेर खेल्ने विट्सल पछि सेन्ट्रल मिडफिल्डरमा परिणत भए । जम्मा एक सिजन खेलेपछि उनलाई बेनफिकाले बेच्यो । खरिदकर्ता थियो, रुसको जेनिट सेन्ट पिटर्सबर्ग । स्थान्तरण रकम चाहिँ चार करोड युरो ।

करिब चार वर्ष रुसी मैदानमा रहेपछि विट्सल चीनतर्फ लागे । जहाँ उनी एक वर्षभन्दा बढी समय टिकेनन् । एसियाबाट युरोप फर्किएका विट्सल बोरुसिया डर्टमन्डमा ६ वर्ष खेले । ३४ वर्ष पुगिसकेका विट्सल हाल एट्लेटिको मड्रिडमा छन् ।एडरसन, २०१७

खेलाडी सरुवा बजारमा गोलरक्षकको मूल्य अन्य पोजिसनका खेलाडीको जस्तो उच्च हुने गर्दैन । तर एडरसनका लागि म्यानचेस्टर सिटीले सन् २०१७ मै चार करोड युरो हालेको थियो । पेप ग्वार्डिओलाका अनुसार एडरसन सबैभन्दा फुर्तिला गोलरक्षक हुन् । उनी के पनि भन्छन् भने, एडरसन स्पेनिस प्रशिक्षकको रणनीतिमा सर्लक्कै फिट हुने गोलरक्षक हुन् ।एडरसनले बेनफिकामा जम्मा दुई सिजन मात्र खेले । सन् २०१५ मा बेनफिका पुगेका ब्राजिलियन एडरसन सन् २०१६/१७ सिजनमा पहिलो रोजाइको गोलरक्षकका रुपमा स्थापित भएका थिए । त्यस सिजन लिगसहित तीन उपाधि जितेका एडरसन सिटी हानिए । जहाँ उनले जितेका उपाधिको सूची लामो छ ।

रुबेन डियाज, २०२०

रुबेन डियाज बेनफिका एकेडेमीका उत्पादन हुन् । सन् २०२० मा सिटीसँग अनुबन्धित हुँदा उनी विश्व फुटबलको महँगा रक्षकमध्ये एक बने । उनको स्थान्तरणका लागि सिटीले ६ करोड ८० लाख युरो तिरेको थियो ।

सन् २०१७ मा बेनफिकाको सिनियर टिममा ‘डेब्यु’ गरेका डियाजलाई टिमको मुख्य रक्षक बन्न धेरै समय लागेन । बेनफिकामा उनले सन् २०१८ मा लिग र अर्को वर्ष घरेलु कप जिते । बेनफिकामा गरेको प्रदर्शनका आधारमा उनलाई अनुबन्ध गर्न चाहने क्लबहरुको लाइन लामो थियो । तर आखिरमा सिटीले बाजी मार्यो ।

डार्विन नुनेज, २०२२

डार्विन नुनेजलाई लिभरपुलले सन् २०२२ मा आठ करोड युरोमा खरिद गरेको हो । सन् २०२० मा मात्र बेनफिका पुगेका नुनेज लगभग एकै सिजनमा बेनफिकामा स्थापित भए । सन् २०२१-२२ सिजनमा उनले ४१ खेलमा ३४ गोल गर्दा युरोपका सबैजसो ठूला क्लब छक्क परे ।च्यामिपयन्स लिगमा लिभरपुलविरुद्ध गोल गरेका नुनेजलाई योर्गान क्लोपले तुरुन्तै मन पराए । लिभरपुलको प्रतिद्वन्द्वी युनाइटेड पनि उरुग्वेका यी स्ट्राइकरलाई अनुबन्ध गर्न चाहन्थ्यो । तर यो प्रतिस्पर्धाको विजेता लिभरपुल बन्यो ।

इन्जो फर्नान्डेज, २०२३

इन्जो फर्नान्डेज बेनफिका पुगेको सन् २०२२ को जुनमा मात्र हो । उनलाई अनुबन्ध गर्न बेनफिकाले अर्जेन्टिनाको रिभरप्लेटलाई एक करोड युरो मात्र तिरेको थियो । लिस्बनमा फर्नान्डेज चाँडै चम्किए । विश्वकपमा अर्जेन्टिनाका लागि गरेको प्रदर्शनले त झन् उनलाई विश्व फुटबलको नयाँ स्टारमा परिणत गर्यो ।

त्यसैले त विश्वकपमा फर्नान्डेज उत्कृष्ट युवा खेलाडी घोषित भए । मिडफिल्डर फर्नान्डेजलाई जनवरी ट्रान्सफर विन्डोमा अनुबन्ध गर्न केही ठूला क्लबहरुले बेनफिकासँग सम्पर्क गरेका थिए । तर स्थान्तरण रकम प्रस्ताव चाहिँ चेल्सीले मात्र गर्यो । सुरुमा त उसको प्रस्ताव बेनफिकाले अस्वीकार गरिरह्यो । तर अन्ततः १२ करोड १० लाख बराबरको प्रस्तावमा बेनफिका राजी भयो ।

जाओ फिलिक्स, २०१९

जाओ फिलिक्सको उदयले पोर्चुगल मात्र होइन विश्व फुटबल नै अवाक् बनेको थियो । सन् २०१८ मा मात्र हो उनले सिनयर टिममा खेल्न पाएको । पहिलो सिजन नै उनले २६ खेलमा १५ गोल गरे । त्यो पनि स्ट्राइकर होइन, विंगर वा अट्याकिङ मिडफिल्डर बनेर ।

सन् २०१९ मा एट्लेटिकोले उनलाई १२ करोड ७० लाख खर्च गरेर अनुबन्ध गर्यो । एकै सिजनमा स्टार बनेका फिलिक्स बेनफिकाले बिक्री गरेका सबैभन्दा महँगा खेलाडी हुन् । अनि विश्व फुटबलका दोस्रो महँगा किशोर खेलाडी । समग्रमा चाहिँ चौथो महँगा ।

एट्लेटिकोमा फिलिक्सले कुल चार सिजन खेले । पहिलो सिजन ला लिगामा ६ गोल गरेका उनले त्यसपछिका तीन सिजनमा सात, आठ र चार गोल गरे । सन् २०२२/२३ सिजनमा १४ खेलमा चार गोल गरेपछि उनी प्रिमियर लिग पुगेका छन्, बाँकी रहेका आधा सिजन खेल्न । चेल्सीले उनलाई ऋण सम्झौतामा अनुबन्ध गरेको हो । चेल्सीमा गर्ने प्रदर्शनले उनलाई अर्को सिजन कहाँ पुर्याउँछ टुंगो छैन ।

(एजेन्सीहरुको सहयोगमा)