मंसिर २४, २०८२ बुधबार | १५:१९:३६
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन कतार विश्वकप २०२२

अर्जेन्टिना र फ्रान्सको इतिहास

कतार विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिना र साबिक विजेता फ्रान्स प्रतिस्पर्धा गर्दैछन् ।

अर्जेन्टिना साबिक उपविजेता क्रोएसिया र फ्रान्स पहिलोपल्ट सेमिफाइनल पुगेको मोरक्कोलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

लुसेल स्टेडियममा अर्जेन्टिनविरुद्ध मैदान उत्रँदै गर्दा फ्रान्सको लक्ष्य उपाधि रक्षा गर्ने हुनेछ । अर्जेन्टिना पनि फ्रान्सलाई स्तब्ध पार्दै सन् १९८६ पछि पहिलोपल्ट विश्वकप उपाधि जित्न चाहन्छ ।

यसअघि सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिना १९३०, १९९० र २०१४ मा उपविजेता बनेको थियो ।  त्यस्तै सन् १९९८ र २०१८ मा विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता भएको थियो ।

यस्तो छ अर्जेन्टिना र फ्रान्सको इतिहास

अर्जेन्टिना र फ्रान्सले हालसम्म १२ खेलमा एकअर्काविरुद्ध खेलेका छन् । जसमा अर्जेन्टिना ६ र फ्रान्सले ३ जित निकाल्दा ३ खेल बराबरीमा टुंगिएको छ ।

अर्जेन्टिना र फ्रान्सले पहिलो पटक सन् १९३० को विश्वकपमा एकअर्काविरुद्ध खेलेका थिए । उरुग्वेको मोन्टेभिडियोस्थित पक्र्यु सेन्ट्रल स्टेडियममा भएको उक्त खेलमा लुइस फिलिपे मोन्टीले निर्णायक गोल गर्दा अर्जेन्टिना १–० ले विजयी भएको थियो ।

सन् १९६५ मा फ्रान्सको घरेलु मैदान पार्क डेस प्रिसेन्समा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

सन् १९७१ मा अर्जेन्टिनाको ला बोम्बोनेरा स्टेडियममा भएको मैत्रीपूर्ण खेल फ्रान्सले ४–३ ले जितेको थियो । फ्रान्सका चार्ली लोयबेट, जियान डिजार्किफ, जर्ज लिच र हार्भे रिभेरीले गोल गर्दा अर्जेन्टिनाका लागि मिगेल ब्रिन्डिसी, मिगेल निकोलोउ र सिजर लराइग्नीले गोल फर्काएका थिए ।

सन् १९७१ मा नै स्टेडियो जनरल सान मर्टिनमा भएको खेल घरेलु टोली अर्जेन्टिनाले २–० जितेको थियो । अर्जेन्टिनाका लागि सिजर लराइग्नी र नोर्बेटो नडुर्गाले गोल गरेका थिए ।

सन् १९७२ मा ब्राजिलको साल्भाडोरस्थित स्टेडियो फोन्टे नोभमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

सन् १९७४ मा पार्क डेस प्रिन्सेसमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले घरेलु टोली फ्रान्सलाई १–० ले स्तब्ध पारेको थियो । अर्जेन्टिनाका लागि मारियो केम्पसले निर्णायक गोल गरेका थिए ।

सन् १९७७ मा अर्जेन्टिनाको ला बोम्बोनेरा स्टेडियममा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।  

सन् १९७८ को विश्वकपमा घरेलु अर्जेन्टिनाले २–१ को जित निकालेको थियो । स्टेडियो मोनुमेन्टलमा अर्जेन्टिनाका डानियल पासारेला र लियोपोल्डो लुकले गोल गर्दा फ्रान्सका मिचेल प्लाटिनीले गोल फर्काएका थिए ।

सन् १९८६ मा घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको मैत्रीपूर्ण खेल फ्रान्सले २–० ले जितेको थियो । फ्रान्सका जियान मार्स फेरारी र फिलिप भेरक्रुसेले गोल गरेका थिए ।

सन् २००७ को मैत्रीपूर्ण खेल पाहुना टोली अर्जेन्टिनाले १–० ले थियो । स्टेड डी फ्रान्समा अर्जेन्टिनालाई जित दिलाउन जाभियर साभिओलाले निर्णायक गोल गरेका थिए ।

सन् २००९ को मैत्रीपूर्ण खेलमा पनि घरेलु टोली फ्रान्स २–० ले स्तब्ध भएको थियो ।  स्टेट डी भेलोड्रोममा अर्जेन्टिनालाई जित दिलाउँदा जोनस गुटिएरेज र लियोनल मेसीले गोल गरेका थिए ।

सन् २०१८ को विश्वकपमा भएको पछिल्लो भेटमा फ्रान्स ४–३ ले विजयी भएको थियो । रुसको काजान एरिनामा फ्रान्सका लागि केलियन एमबाप्पेले २, एन्टोनी ग्रिजमन र बेन्जामिन पाभार्डले समान एक गोल गरेका थिए ।

अर्जेन्टिनाका एन्जल डी मारिया, गाब्रियल मेर्साडो र सर्जियो अगुइरोले गोल फर्काएका थिए ।