भाद्र २३, २०८१ आइतबार | ०६:२५:२०
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन कतार विश्वकप २०२२

नेपाली खेलाडीको रोजाईमा ब्राजिल र पोर्चुगल

काठमाडौं । मध्यपूर्वी एसियाली मुलुक कतारमा फिफा विश्वकपको २२औं संस्करण सुरु भइसकेको छ । बिहीबार रातिका खेलसँगै पहिलो चरणका खेल सम्पन्न भएका छन् । कुल ६४ खेलको महाकुम्भले लगभग एक तिहाईको यात्रा तय गरिसकेको छ ।

विश्वभरका उत्कृष्ट ३२ टोलीबीचको प्रतिस्पर्धाले शंसार नै फुटबलमय भएको छ । खेलाडी र खेलकर्मीसँगै व्यवसायिक घरना र राजजीतिकर्मीसमेतलाई अहिले विश्वकपको माहोलले तताएको छ । देश प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको थियो । तर पनि विश्वकपको माहोल कम हुन पाएन । समूह समूहमा रहेर विश्वकप हेर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

नेपालले अहिलेसम्म खेल्न नसके पनि यो विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता नेपाली फुटबलका लागि निक्कै महत्वपूर्ण रहँदै आएको छ । यही प्रतियोगिताका कारण पूरा देश प्रत्येक चार वर्षमा एक महिनाका लागि फुटबलमय बन्ने गर्छ ।

नेपालको हकमा विश्वकप खेल्ने प्रयास सधै निम्छरो रहँदै आएको छ । नेपालले अहिलेसम्म विश्वकप छनोटमा दोस्रो चरणभन्दा माथि उठन सकेको छैन । त्यसकारण नेपाली फुटबल समर्थकसँगै खेलाडीले पनि विश्वकपको मञ्चमा समर्थन गर्ने टिम र बोक्ने झण्डा साझा छैन ।

आफूलाई मन पर्ने खेलाडी र टिमको आधारमा पूरा नेपाल अहिले ३२ टिममा विभाजित भएको छ । अन्तर्राष्ट्रिय फुटबलको मैदानमा नेपालको झण्डालाई प्रतिनिधित्व गर्ने खेलाडीहरु पनि समर्थनका हिसावले जारी विश्वकपमा विभाजित छन् । विभिन्न समूहमा बसेर विश्वकपका खेलहरुको मज्जा लिइरहेका नेपाली राष्ट्रिय टिमका खेलाडीहरु पनि देशका लागि आफै खेल्दा जस्तो एकमत छैनन् ।

नेपालका लागि मैदानमा सधै डटिरहने राष्ट्रिय खेलाडीहरुसँग कतारमा विश्वकप जारी रहँदा खेलाडी डटकमले उनीहरुलाई मन पर्ने खेलाडी र टिमको बारेमा सोधेको थियो । यसैगरी एसियामा भएको दोस्रो विश्वकपको उपाधि कस्ले जित्ला भनेर पनि हामीले सोधेका थियौं ।

राष्ट्यि टोलीका वर्तमान २३ खेलाडीमध्ये २२ जनासँग सोध्दा धेरैजसो नेयमारको ब्राजिल र क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको पक्षमा देखिए । नेपाली राष्ट्रिय टोलीको रोजाईमा परेका विश्वकपका टिम र खेलाडीहरुः

किरण चेम्जोङमनपर्ने टिमः ब्राजिलमनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डोम आफू गोलकिपर खेल्ने भए पनि मलाई अहिले विश्वमा सबभन्दा मन पर्ने खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो हुन् । विश्वकप खेल्ने सबै ३२ टिम नै माथिल्लो स्तरको फुटबल खेल्न सक्षम हुन्छन् । तर तिमध्ये पनि ब्राजिलको टिम सबभन्दा राम्रो छ । उनीहरुको टिम अत्यन्तै सन्तुलित र क्षमतावान छ । त्यसैले यसपाली ब्राजिलले विश्वकप जित्ने सम्भावना बलियो छ र म पनि ब्राजिलले नै जितोस भन्ने चाहन्छु । 

विमल घर्तिमगरमनपर्ने टिमः ब्राजिल मनपर्ने खेलाडीः नेयमारयसपाली विश्वकप कस्ले जित्ला भन्ने प्रश्नको उत्तर अहिल्यै भन्न सकिँदैन । ब्राजिललाई समर्थन गरेर साथीहरुसँग बसेर हेरिरहेको छु । उसैले जितोस् भन्ने कामना गरेको छु । टिम र त्यहाँ भएका खेलाडी अनि उनीहरुको क्षमता हेर्दा ब्राजिलले पक्कै जित्छ भन्ने लाग्छ । तर सँगै अर्जेन्टिना, इङ्ल्यान्ड, बेल्जियम, फ्रान्सहरु पनि दाबेदार हुन् ।

अन्जन विष्टमनपर्ने टिमः ब्राजिल, पोर्चुगलमनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो, नेयमारक्रिस्टियानो रोनाल्डो मलाई मन पर्ने खेलाडी हो । पोर्चुगलको पनि समर्थन गर्दैछु । तर, ब्राजिलले विश्वकप जितोस् भन्ने लाग्छ, उसैले जित्ला पनि । ब्राजिलमा पनि मलाई मन पर्ने खेलाडी नेयमार छ, बाँकी टिम पनि राम्रा छन् । ब्राजिल सबभन्दा बलियो दाबेदार भए पनि विश्वकप कस्ले जित्ला भनेर सोच्दा पाँच सातवटा टिमको नाम एकै पटक आउँछ । तिमध्ये जस्ले जिते पनि अचम्म हुँदैन ।  

आयुष घलानमनपर्ने टिमः ब्राजिल मनपर्ने खेलाडीः नेयमारयसपटक विश्वकप खासै हेर्न पाएको छैन । फाइलन अर्जेन्टिना र ब्राजिलबीच होस् भन्ने लाग्छ । तर, अर्जेन्टिनाले पहिलो खेलमै हारेको छ । ब्राजिलबाट नेयमार मन पर्ने हुँदा छैटौं पटक विश्वकप जितोस् भन्ने कामना छ । उनीहरुको टिम पनि राम्रो भएकाले आशावादी छु ।

नवयुग श्रेष्ठदेशः पोर्चुगलमनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डोविश्वकप कस्ले जित्छ अहिल्यै भन्न सकिँदैन । यस्तो प्रतियोगितामा जस्तोसुकै नतिजा पनि आउन सक्छ । समूह चरण चलिरहँदा केही राम्रा खेल भए । एसियाली देशले राम्रो गरिरहेका छन् । स्तब्धतापूर्ण नतिजा निस्केका छन् । पोर्चुगल नै फाइनल पुगेर जितोस् जस्तो लाग्छ ।

विकेश कुथुमनपर्ने टिमः ब्राजिलमनपर्ने खेलाडीः नेयमार, एन्डर्सननेयमार बढि मन पर्छ । तर, गोलरक्षक भएकाले एन्डर्सन पनि मन पर्छ । ब्राजिलका दुवै गोलरक्षक राम्रा छन् । विश्वकप ब्राजिलको समर्थनमा हेरिरहेको छु । फाइनल ब्राजिल र अर्जेन्टिनाबीच होस् भन्ने चाहना थियो । तर त्यसो हुने सम्भावना कम छ । तथापि आफूले समर्थन गरेकोले होला, ब्राजिलले जित्ला भन्ने लाग्छ ।  

तेज तामाङमनपर्ने टिमः पोर्चुगल मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो रोनाल्डोको समर्थनमा विश्वकप हेरिरहेको छु । ट्रफी चहि ब्राजिलले जित्छ जस्तो लाग्छ । उनीहरुको टिम निक्कै राम्रो भएकाले जित्ने सम्भावना बलियो छ । यसो भन्नुको अर्थ पोर्चुगल कमजोर छ भन्न खोजेको होइन । इङ्ल्यान्ड, डेनमार्क, बेल्जियम, स्पेन र जर्मनीजस्ता युरोपेली टिमहरु पनि बलिया छन् । दक्षिण अमेरिकाकै अर्जेन्टिना पनि बलियो टिभम हो । तर, यसपाली सबै पक्षमा ब्राजिल माथि छ ।

अनन्त तामाङमनपर्ने टिमः जर्मनीमनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डोमलाई मन पर्ने टिम जर्मनी भए पनि यसपाली जर्मनीको सम्भावना कम देख्छु । यसैगरी रोनाल्डोले विश्वकप जितुन भन्ने लाग्छ । तर उनको पनि सम्भवाना त्यति देखिन्न । यसपाली विश्वकपमा ब्राजिल सबभन्दा बलियो देखिएको छ । ब्राजिलले फेरि यसपालीको विश्वकप जित्ला भन्ने लागेको छ । तर यति ठूलो प्रतियोगितामा यसै भन्न सकिन्न ।

सुजल श्रेष्ठमनपर्ने टिमः पोर्चुगल मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डोअहिलेसम्मको खेलको अवस्था हेर्दा इङ्ल्यान्ड बलियो देखिएको छ । पोर्चुगल पनि राम्रो छ । त्यसैले यिनै दुई टिमको सम्भावना बलियो देखिन्छ । तर, इङ्ल्यान्डले जित्ने सम्भावना अली बढि देखेको छु । इङ्ल्यान्डको टिममा लामो समयदेखि सँगै खेलेका खेलाडीहरुको बाहुल्य छ । उनीहरुसँग एउटा टिमको रुपमा र व्यक्तिगत खेलाडीको रुपमा पनि अनुभवको कमी छैन ।

दीनेश राजवंशीमनपर्ने टिमः पोर्चुगलमनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डोयसपाली पोर्चुगलले नै जितोस् भन्ने लागेको छ । सँगै एसियाका टिमले राम्रो गरुन भन्ने पनि कामना छ । पोर्चुगल फाइनल चाँही पुग्ला, तर कस्ले जित्छ भन्ने चाँही अहिल्यै भन्न कठिन छ । ब्राजिल, इङ्ल्यान्ड, अर्जेन्टिना, स्पेन र बेल्जियम पनि दाबेदार हुन् ।

एरिक विष्टमनपर्ने टिमः जापान मनपर्ने खेलाडीः थिअगो अल्कान्टारा विश्वकपः खासमा एसियाली टिमले राम्रो गरुन भन्ने चाहना छ । बेल्जियमको टिममा विश्वकै उत्कृष्ट खेलाडीहरु छन् । उनीहरुले नै जित्लान जस्तो लाग्छ । टिमका रुपमा पनि संगठित छन् । तर विश्वकप जस्तो प्रतियोगितामा उपाधि जित्नका लागि धेरै खासका संयोग मिल्नुपर्छ । सबै संयोग मिले यसपाली बेल्जियम दाबेदार हो ।

सुरज जिउ ठकुरीमनपर्ने टिमः स्पेनमनपर्ने खेलाडीः मार्काे एसेन्सियोसर्जियो रामोस मन पर्ने खेलाडी थियो । उसकै कारण स्पेन मेरो प्रिय टिम हो । तर, उमेर ढल्किइसकेका रामोसले यसपाली विश्वकपको टिममा स्थान बनाउनै सकेनन् । रामोस नभए पनि फाइनल स्पेनले नै जितोस् जस्तो लाग्छ । स्पेनले पहिलो खेलमा कोस्टारिकासँग जुन खालको फुटबल खेल्यो, त्यसले पनि उनीहरु संगठित छन् भन्ने सन्देश दिएको छ । उनीहरु उपाधिका दाबेदार हुन् ।

विशाल श्रेष्ठमनपर्ने टिमः ब्राजिल मनपर्ने खेलाडीः म्यानुअल नुयुरब्राजिलको टिम राम्रो छ । उनीहरुसँग युरोपमा राम्रो गरिरहेका खेलाडीको समूह छ । टिमवर्क पनि राम्रो भएकाले उनीहरु यसपाली विश्वकपको मुख्य दाबेदार हुन् । ब्राजिलले नै जित्ला भन्ने लाग्छ । सँगै अर्जेन्टिना, इङ्ल्यान्ड, स्पेन र बेल्जियमलाई पनि कमजोर आक्न सकिन्न ।

विशाल राईमनपर्ने टिमः स्पेनमनपर्ने खेलाडीः लुका मोड्रिचइङ्ल्यान्डले यसपाली विश्वकप जित्छ भन्ने मलाई लागिरहेको छ । इङ्ल्यान्ड विश्व फुटबलमा सधै एउटा महत्वपूर्ण शक्ति हो । तर १९६६ यता उनीहरुले कहिल्यै पनि ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका छैनन् । सधै दाबेदार भएर पनि निराश हुँदै आएको इङ्ल्यान्डले पछिल्लो विश्वकपदेखि नतिजा पनि राम्रो ल्याउन थालेको छ । चार वर्षअघि रुसमा राम्रो खेल्नाका बावजुद सेमिफाइनलमा निराश भएको टोली गत वर्षको युरोपियन च्याम्पियनसिपमा फाइनल पुगेको थियो । यसपाली चाँही जित्लान भन्न लागेको छ ।

दीप कार्कीमनपर्ने टिमः पोर्चुगलमनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डोपोर्चुगलको समर्थन हो । रोेनाल्डोको कारण पोर्चुगलले जितोस भन्ने लागेको छ । खासमा रोनाल्डोले जितेर संन्यास लियोस् भन्ने आसा छ । अर्काे टोलीमा ब्राजिल फाइनल पुग्छ जस्तो लाग्छ । तर आफ्नो चाहनाको कुरा एउटा हो, नतिजा अर्कै हुन पनि सक्छ । विश्वकप खेल्ने सबै टिम बलिया हुन्छन् ।

विकास तामाङमनपर्ने टिमः इङ्ल्यान्डमनपर्ने खेलाडीः ह्यारी केनइङ्ल्यान्ड यसपाली फाइनल पुग्छ भन्नेमा निक्कै आसावादी छु । फाइनल ब्राजिलसँग परोस भन्ने लागेको छ । फुटबलमा यो स्तरमा अनुमान गर्न गाह्रो हुन्छ । मैले नाम लिएका टिम सेमिफाइनल नै नपुग्न पनि सक्छन् । तर ब्राजिलसँग परोस र इङ्ल्यान्डले जितोस भन्ने छ ।

विकास खवासमनपर्ने टिमः जर्मनीमनपर्ने खेलाडीः भर्जिल भान डाइकमलाई मन पर्ने टोली जर्मनी हो । तर पहिलो खेलमै पराजित भएको छ । पहिलो खेलमा जर्मनीको प्रदर्शनमा पनि अपेक्षा गरेअनुसारको परिपक्वता थिएन । त्यसैले यसै भन्न सकिन्न । सेमिफाइनलसम्म साना टिमले पनि सनसनी मच्चाउन सक्छन् । तर विश्वकपको उपाधि जित्न चाँही क्षमतासँगै परिपक्वता पनि चाहिन्छ । त्यसैले ब्राजिल, अर्जेन्टिना, स्पेन, बेल्जियम, इङ्ल्यान्डहरु मध्येबाटै कसैले उपाधि जित्नेछ 

सेसेहाङ आङदेम्बेमनपर्ने टिमः अर्जेन्टिनामनपर्ने खेलाडीः लियोनेल मेसीलियोनेल मेसी ३५ वर्षको उमेरमा पनि उच्च प्रदर्शन गरिरहेका छन् । जस्तोसुकै परिस्थितीमा पनि नतिजा उल्टाउन सक्ने क्षमता राख्छन् । पहिलो खेलमा अर्जेन्टिना अनपेक्षित रुपमा साउदी अरबसँग पराजित भयो । तर मेसीको प्रेरणा र उत्कृष्ट खेलाडीहरुको समूह भएकाले अर्जेन्टिनाले नै जित्न सक्छ ।

आशिष चौधरीमनपर्ने टिमः अर्जेन्टिनामनपर्ने खेलाडीः मेसी खेल हो भन्न सकिदैन । त्यसमाथि विश्वकपजस्तो प्रतियोगितामा फुटबल झनै अनपेक्षित हुन्छ । विश्वकपमा जुनसुकै टिमले जोसुकैलाई पनि हराउने क्षमता राख्छन् । अर्जेन्टिना र ब्राजिलबीच फाइनल होला जस्तो लागेको छ । त्यो अवस्थामा जुनसुकै टिमले पनि बाजी मार्न सक्छ ।  

रितिक खड्कामनपर्ने टिमः ब्राजिलमनपर्ने खेलाडीः खेलाडी विशेष कोही छैनम ब्राजिलको समर्थक हो । व्यक्तिगत रुपमा ब्राजिलका सबै खेलाडी मन पर्छ । यहि खेलाडी भन्ने छैन । यसपटक ब्राजिलले उपाधि जितोस भन्ने मेरो कामना छ । तर, इङ्ल्यान्ड र स्पेन पनि बलियो देखिएका छन् । यिनै दाबेदारहरुको बीचबाट कसैले जित्छ ।

पुजन उपरकोटीमनपर्ने टिमः जर्मनीमनपर्ने खेलाडीः खास कोही छैनस्पेन र ब्राजिलमध्ये एउटाले जित्ला जस्तो लाग्छ । दुवैको टिम राम्रो छ । दुवै टिममा उत्कृष्ट खेलाडीहरुको राम्रो तालमेल छ । क्लब स्तरमा ब्राजिल र स्पेनका खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । मलाई चाँही स्पेनको युवा टोलीबाट अली बढि आशा लागेको छ । पहिलो खेलमा पनि उनीहरुले निक्कै उच्चस्तरीय प्रदर्शन गरे । यसअर्थमा उनीहरुले नै जित्लान भन्ने बढि लागेको छ ।

निशान खड्कामनपर्ने टिमः ब्राजिलमनपर्ने खेलाडीः लियोनेल मेसीयसपाली विश्वकपमा ब्राजिल र इङ्ल्यान्ड फाइनल पुग्लान भन्ने लाग्छ । तर उपाधि चाँही ब्राजिलले नै जित्ला । दुवै टिममा राम्रा खेलाडीहरु छन् । राम्रो लयमा छन् । ब्राजिल र इङ्ल्यान्डसँगै स्पेनको टिम पनि राम्रो छ । उनीहरुले राम्रो गरिरहेका छन् । तर स्पेनको टिम निक्कै युवा भएकाले जित्ने सम्भावना कम छ । ब्राजिल विश्वकपमा सधैको दाबेदार हो । यसपाली चाँही उनीहरुको सम्भावना अझै बलियो देखिन्छ । उनीहरुले नै जित्लान ।

(तस्बिरहरुः सामाजिक सञ्जालबाट)